सम्पादकज्यू
गत हप्ता प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले बाँदर बन्ध्याकरणका लागि भौतिक संरचनाको निर्माण गर्न सरलाई निर्देशन दिएको बुझिएको छ । बाँदरले कृषि बालिमा निकै दुःख दिएपछि बाँदरले पुर्याई रहेको क्षतिमा कसरी रोकथाम गर्न सकिन्छ भन्ने विषयमा गत वर्ष समितिले छलफल गरेको बताइए पनि जंगल र ठूला ठूला भिर पाखा चाहार्ने बाँदरलाई समातेर बन्ध्याकरण गर्न र बाली जोगाउन सम्भव छैन । व्यर्थको खर्च मात्रै हो । खर्चका नाममा अर्को भ्रष्टाचार गर्ने बहाना बाजी मात्र हो । यदी बाँदरबाट हुने क्षति रोकथाम गर्ने नै हो भने एक घर एक बाँदर पाल्ने नीति बसाल्नु पर्ने र सोही अनुसार बाँदर पालेर त्यसबाट फाइदा लिन सक्नु पर्दछ । त्यसो गर्दा बाँदर–बाँदर बीच सम्पर्क हुन नपाउने र स्वतह रुपमा बाँदर बन्ध्याकरण गरे जस्तो हुने देखिन्छ । बाँदर समाउने र तालीम गराउने हो भने बाँदरबाट राम्रो फाइदा लिन सकिन्छ । बाँदर बन्ध्याकरणमा करोडौं खर्च गर्दा राष्ट्रको ढुकुटी रित्तिने हुँदा यसतर्फ नलाग्न म तपाईको पत्रिका मार्फत सम्बन्धित निकायलाई आग्रह गर्दछु ।
रामप्रसाद राई
बाँदर पीडित समुह
स्याङ्जा, वालिङ ।