सञ्चार विधेयक — मिडिया कजाउने अस्त्र

सरकारले स्वतन्त्र मिडियालाई आफ्नो मुठ्ठिमा ल्याउन सञ्जाल÷सञ्चार विधेयक ल्याएको छ । यो विधेयकले मिडियालाई मुठ्ठिभित्र पारेर दुवै हात बाँधेर राखे सरह पार्नेछ । स्वतन्त्र र निष्पक्ष रुपमा देखे भोगेका समाचार नलेखेर सरकार पक्षकै गुणगान गाउन बाध्य बनाउने छ । भ्रष्टाचार र बेथिति सरकारी ओहदामा रहने र सरकार सञ्चालन गर्नेहरुबाटै हुने गरेका छन् । त्यसविरुद्ध समाचार प्रकाशित गरे जेल चलान हुने र जय जय कार गाए खुशी हुने जस्ता परिस्थिति आउने छन् । पञ्चायती शासनमा पनि यस्तै हुने गरेका थिए । सरकारमा रहने र राजसंस्थाको विरुद्ध कुनै समाचार लेखे प्रहरीको चिसो खोरमा मिडियाकर्मीको बास हुन्थ्यो । अहिले पनि ठीक त्यस्तै अवस्था ल्याउन खोजिदै छ । जो विडम्वनापूर्ण छ ।
सरकारी कतिपय कार्यालयले निजि मिडियालाई विज्ञापन दिन छोडिसके । मिडिया मेरुदण्ड भनेकै विज्ञापन हो । सरकारी मिडियालाई काखा र निजि मिडियालाई पाखा लगाएर विभेदपूर्ण काम सरकारले गरिरहेको छ । यसको अर्थ निजि मिडिया बन्द गर्ने र सरकारी मिडियालाई मात्र सञ्चालन गर्न दिने सरकारले नीति लिएको प्रष्टै छ । सरकारी मिडियाले सरकारको विरुद्धमा लेख्न नमिल्ने भएकाले जे जे गरे पनि हुन्छ, भन्ने सोचका साथ निजि मिडिया बन्द गर्न खोजेको स्पष्ट छ ।
हिजो मुलुक राजनीतिक संकटमा पर्दा संकट मुक्त गर्ने तिनै निजि मिडिया थिए । आज संकटमुक्त भएपछि तिनै मिडिया सरकारका आँखाका कसिंगर बन्न पुगे । यो सारै चित्त नबुझ्ने कुरा हो । सत्ता र सरकारका सूचना कार्य योजना लगायतका समाचार लेखेर जनतालाई सुसूचित गर्ने तिनै मिडिया थिए, जुन आज सत्ताको मुठ्ठिभित्र कजिन पुग्दै छन् । सरकारले मिडियालाई कजाउन प्रयोग गरीरहेको यो अस्त्रलाई बुद्धिजीवि, सरोकारवाला निकाय बीच गहन छलफल गरेर
सरकारतिरै फर्काउनु पर्दछ । अर्थात यो विधेयक फिर्ता लिनुपर्छ । त्यसो त पीत पत्रकारीता गर्ने, धम्क्याउने , एउटा व्यक्तिको शरीरमा अर्को व्यक्तिको टाउको जोडेर व्यक्तिको इज्जतमा आघात पुर्याउने सञ्चार , सञ्जाल माध्यमको पनि कमि त छैन तिनै व्यक्तिको कारण सरकारले यस्तो विधेयक ल्याएको होला । तर यस्तो विधेयकले इमान्दारुी सञ्चार , सञ्जाल पनि हुलमुलमा कारबाहिमा पर्ने हुन कि भन्ने त्राश श्रृजना हुने गरेको छ । उखानै छ नी मकै पिस्दा घुन पनि पिसिन्छ भन्ने । छाडा पनको कारबाहिका लागि विधेयक भन्दा पनि मिडियाको अनुगमन गर्ने नियामक निकाय प्रेसकाउन्सिल नेपाललाई कारबाहिको जिँम्मा दिदा चाहि राम्रो हुन्थ्यो ।

LEAVE A REPLY