काठमाडौं ,ललितपुरमा जारी केपी ओली कप फुटबल प्रतियोगिता हहिले ११ वजे देखी दुई वटा खेल हुँदैछन्। एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने खेलमा दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब भिड्नेछन्।
दिउँसो ३ बजे एन्फा कम्प्लेक्समै हुने खेलमा केपी ओली फुटबल क्लब र न्यूरोड टिम एनआरटी बीच प्रतिस्पर्धा हुनेछ। नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपालले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा हिजो सशस्त्र प्रहरीको एपीएफ क्लबले विजयी सुरुवात गरेको छ।
एपीएफले उज्वेकिस्तानको ब्ल्याक बुल्स एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ गोलले पराजित गर्दै क्वार्टरफाइनलको यात्रा तय गरेको हो। फागुन १९ गतेसम्म चल्ने प्रतियोगिताको बिजेताले १५ लाख ११ हजार १ सय ११ र उपबिजेताले ५ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्।