‘स्ववियु निर्वाचन’ चैत्र ५ गते नै हुन्छ ः निर्देशक पशुपति अधिकारी

काठमाडौँ , त्रि.वि विद्यार्थी.कल्याण तथा खेलकुद विश्व विद्यालयका निर्देशक पशुपति अधिकारीले चुनाव हुने वा नहुने अन्योलता भईरहेकै बेला त्रिभुवन विश्वविद्यालय त्रिविले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियन स्ववियुको निर्वाचन गर्ने निर्णय भएको बताउनु भएको छ । त्रिविका शिक्षाध्यक्ष खड्ग केसीको अध्यक्षतामा माघ ७ गते बसेको विद्यार्थी कल्याण परिषद्को बैठकले उक्त निर्णय गरेको थियो। त्यही वेला विभिन्न विद्यार्थी संगठनले पनि सहमति जनाएका थिए।
तर केही दिनअघिदेखि भने स्ववियु अध्यक्षहरूले नै त्रिवि कार्यकारी परिषद्ले जारी गरेको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनसम्बन्धी निर्देशिका, २०८१ लाई लिएर विरोध गर्न थालेका छन्।यसैका कारण अन्योलता छाउन थालेको हो ।

त्रिवि विश्वविद्यालय क्याम्पस स्ववियु अध्यक्ष श्यामराज ओझा,पुल्चोक क्याम्पस स्ववियु अध्यक्ष विराज अर्याल र नेपाल ल क्याम्पस स्ववियु अध्यक्ष विष्णु ढुंगेलले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका छन्। फागुन ४ गते जारी विज्ञप्तिमा त्रिवि सभा बैठक तत्काल नराखे त्रिवि पदाधिकारीलाई विश्वविद्यालय प्रवेश निषेध गरिने चेतावनी उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ८२ मा स्ववियु सञ्चालन सम्बन्धी सम्पूर्ण कार्यविधि स्पष्ट व्यवस्था रहेको छ, यसै सन्दर्भमा २०८१।१०।२८ मा त्रिवि कार्यकारी परिषदको बैठकले निर्णय गरेको स्ववियु निर्वाचन सम्बन्धी निर्देशिका २०८१ प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।’

उनीहरूले उक्त निर्देशिकाको बुँदा १३.४० मा ‘स्ववियु सम्पन्न भएको या नभएको दुवै अवस्थामा २०७९ मा निर्वाचित स्ववियु कार्यसमितिको कार्यकाल २०८१ चैत ४ गते देखि स्वतः समाप्त भएको मानिनेछ’ भन्ने व्यवस्था त्रिवि सङ्गठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को नियम ३४८ घ को विपरीत रहेको बताएका छन्।
‘उक्त नियममा स्ववियु कार्यसमितिको पदावधि निर्वाचन भएको मितिले साधारणतया दुई वर्षको हुनेछ तर कुनै कारणवश निर्धारित मितिमा निर्वाचन हुन नसकेमा बढीमा ६,६ महिनाका लागि कार्यसमितिको पदावधि त्रिवि कार्यकारी परिषद्ले थप गर्न सक्नेछ भन्ने स्पष्ट व्यवस्था हुँदाहुँदै विश्वविद्यालयले विद्यार्थीको आधिकारिक साझा संस्थाको अस्तित्व नामेट पार्ने जस्तो घातक निर्णय लिएकोप्रति हाम्रो घोर आपत्ति छ,’विज्ञप्तिमा उल्लेख छ।
निर्देशिकाको १३.४० मा भएको या नभएको भन्ने शब्द राखी स्ववियु निर्वाचनलाई विवादित बनाउने र विश्वविद्यालयलाई विद्यार्थी प्रतिनिधि विहीन बनाएर चलाउने प्रपञ्च रच्नु त्रिवि कार्यकारी परिषद्को गलत नियत रहेको विज्ञप्तिमा उल्लेख छ।

‘माघ २४ मा अधिकार सम्पन्न विश्वविद्यालय सभाको बैठक माग गर्दै उपकुलपतिमार्फत कुलपतिलाई हामीले ध्यानाकर्षण पत्र बुझाइसकेको अवस्थामा विश्वविद्यालय सभाको काम कर्तव्य र अधिकार कार्यकारी परिषदले प्रयोग गर्न खोज्नुले कार्यकारी परिषद्‌को दूषित मनसाय प्रष्ट झल्किन्छ, अधिकार क्षेत्रभन्दा बाहिर गई त्रिवि कार्यकारी परिषद्ले गरेको निर्णय सच्याउन र आजसम्म हामीले राखेका विद्यार्थीसँग सम्बन्धित सबै माग सम्बोधन गर्न अनुरोध गर्दछौँ,’विज्ञप्तिमा उल्लेख छ।

 

 

LEAVE A REPLY