पराष्ट्रपतिंं यादवद्वारा महाशिवरात्रीका अवसरमा शुभकामना व्यक्त


काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवले महाशिवरात्रि पर्वका अवसरमा शुभकामना गर्नु भएको छ । उहाँले शिवरात्रीमा गरिने उपवास र ध्यान योगले शारीरिक र मानसिक स्वास्थ्यमा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त व्यक्त गर्नु भएको छ ।
शिवको आराधना र भक्तिको माध्यमबाट धार्मिक आस्था र विश्वासलाई बलियो बनाउँदै मानिसको मन, वचन र कर्ममा शुद्धीकरण गर्नमा सहयोग गर्ने र समाजमा एकता, सहयोग र सद्भावलाई बढावा दिने यो पर्वलाई आपसी मनोमालिन्यता, मतभेद र द्वेषलाई बिर्सने अवसरका रूपमा उपयोग गर्न सक्नुपर्ने उहाँको भनाइ छ ।
उहाँले शुभकामना मन्तव्यका क्रममा भन्नु भयो, ‘हिन्दू धर्मावलम्बीमा महाशिवरात्रि पर्वको धार्मिक, सामाजिक र सांस्कृतिक महत्व रहिआएको छ । यस अवसरमा श्रद्धालुहरू एकत्रित भई सामूहिक रूपमा पूजाअर्चना गर्नु, मेला भर्न जानुले सामाजिक सद्भाव र एकताको भावना अभिवृद्धि हुन्छ । यो पर्वमा सामूहिक उपवास, शिव उपासना र शिव चर्चालगायत अनुष्ठानले समाजमा सद्भाव र मेलमिलाप कायम राख्न तथा मानिसलाई नैतिकता, सत्य र धर्मको मार्गमा हिँड्न अभिप्रेरित गर्दछ ।’

LEAVE A REPLY