ललितपुर । कुपण्डोल – नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले कुपण्डोलस्थित प्राधिकरणको केन्द्रीय कार्यालयमा अध्यक्षको पदभार सम्हाल्नुभएको छ। यस सँगै उहाँको काँधमा प्राधीकरणको जिम्मेवारी आएको हो । यसअघि, माननीय उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले अर्थ मन्त्रालयमा अध्यक्ष ओझालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको थियो।
नेपाल सरकारको मन्त्रिपरिषद्को हिजो बसेको बैठकले शरद ओझालाई नेपाल बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गरेको थियो। प्राधिकरणमा कार्यभार सम्हाल्नुहुँदै अध्यक्ष ओझाले सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पूरा गर्न आफ्नो सम्पूर्ण ध्यान केन्द्रित गर्ने बताउनुभयो।
अध्यक्ष ओझाले बीमा क्षेत्रमा देखिने गरेको परिवर्तनलाई महशूस गर्न सकिने र सबैको सहकार्यमा कार्यान्वयनयोग्य कार्ययोजना बनाएर काम गर्ने जानकारी दिनुभयो। उहाँले बीमा ऐन, नियम, निर्देशिका र मापदण्ड बमोजिम अगाडि बढ्ने र प्राधिकरणले अवलम्बन गर्दै आएको असल अभ्यासलाई निरन्तरता दिने बताउनुभयो। साथै, आवश्यक अन्तर्राष्ट्रिय असल अभ्यासलाई पनि कार्यान्वयन गर्दै जाने उल्लेख गर्नुभयो।
अध्यक्ष ओझाले बीमा क्षेत्रलाई नियमित, प्रतिस्पर्धी र पारदर्शी बनाउने, बीमितको हित संरक्षण गर्ने, प्राधिकरणका विचाराधीन मुद्दाहरूको शीघ्र समाधान गर्ने र बीमकको वित्तीय स्वास्थ्यलाई बलियो बनाउन प्राथमिकता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो।
Home अर्थतन्त्र सरकारले विश्वास गरेर दिएको जिम्मेवारी पुरा गर्न आफ्नो सम्मपूर्ण ध्यान केन्द्रीत गर्ने...