भाषा मार्गदर्शक चूडामणि गौतमको ८१ वर्षमा निधन, नेपाली र अंगे्रजीे भाषामा अपूरणीय क्षति

काठमाडौं । ‘ग्रामर गुरु’ भनेर चिनिने प्रख्यात भाषाविद् चूडामणि गौतमको ८१ वर्षको उमेरमा सोमबार काठमाडौंमा उपचारका क्रममा निधन भएको छ। उनको निधनले नेपाली भाषा, साहित्य र शिक्षाक्षेत्रमा अपूरणीय क्षति पुगेको छ।
गौतम अंग्रेजी भाषा शिक्षणका प्रख्यात विद्वान् थिए। उनले अंग्रेजी व्याकरणसम्बन्धी थुप्रै पुस्तकहरू लेखेका थिए, जसले विद्यार्थी र शिक्षकहरूलाई ठूलो मार्गदर्शन प्रदान गर्यो। नेपाली भाषामा समेत उनले उल्लेखनीय योगदान पुर्याएका थिए।
गत वर्ष २०७९ भदौ ११ गते उनले ‘बृहत्तर नेपाली शब्दकोश’ सार्वजनिक गरेका थिए। यसअघि उनले ‘विवादित वर्णविन्यासको नेपाली शब्दकोश’ समेत प्रकाशित गरेका थिए। उनका कृतिहरू नेपाली भाषा र साहित्यको विकासमा मीलको ढुंगा सावित भएका छन्।

LEAVE A REPLY