राष्ट्रिय मुक्ति पार्टी नेपालमा लेवी र चन्दा संकलनको विषयलाई लिएर अध्यक्ष्यको चको विरोध,लेंवी कस्ले कति बुझाउनु पर्ने ?

काठमाडौं । राष्ट्रिय मुक्ति पार्टी नेपालले पार्टी सञ्चालनका लागि चन्दा सङ्कलन अभियान सञ्चालन गर्ने तयारी गरेको छ ।
अध्यक्ष महतोले आफ्नो पार्टीमा पनि चन्दा उठाउने भन्दै हरेक सदस्यलाई चन्दा बुझाउनुपर्ने अनिवार्य भएको बताएका छन् । सो पार्टीले पार्टी संचालनका लागि उठाउने चन्दा भने मँहगो भएको भन्दै नेता तथा कार्यकर्ताहरुले आलोचना सुरु गरेका छन् ।
उक्त पार्टीका एक केन्द्रीय सदस्यले पार्टीका सबै नेता तथा कार्यकर्ताले चन्दा अनिवार्य दिनुपर्ने तर कति भनेर सिमा नतोकिएको बताए । त्यसबाहेक पार्टीमा लेबीको पनि व्यवस्था गरिएकाले नेता तथा कार्यकर्ताले सो निर्णयका विषयमा आलोचना सुरु गरेको स्रोतले जनाएको छ ।
पार्टीका हरेक सदस्यले अनिवार्यगरेको लेबी बुझाउनुपर्ने निर्णय अनुसार पदाधिकारीले मासिक एक हजार लेबी बुझाउनुर्ने र केन्द्रीय सदस्यले ५०० बुझाउनुपर्ने उल्लेख गरिएको सो पार्टीका एक नेताले बताए । राजनीतिक समिति सदस्यले ७००, विभागका सदस्यहरूले २५० रुपैयाँ मासिक लेबी बुझाउनुपर्ने पार्टीले निर्णय गरेको उनको भनाइ छ ।

सक्रिय सदस्यले वार्षिक १०० रुपैयाँ लेबी बुझाउनुपर्ने भएको छ भने प्रदेश समितिका सचिवालय सदस्य तथा कार्यकारिणी सदस्यहरूले ५०० रुपैयाँ, प्रदेश सदस्यले ३००, जिल्ला कमिटीका पदाधिकारीले ३०० र जिल्ला सदस्यले २०० रुपैयाँ मासिक लेबी बुझाउनुपर्ने नियम बनाइएको छ ।

त्यस्तै, पार्टीबाट कोही प्रधानमन्त्री, उपप्रधानमन्त्री र मन्त्री बनेमा प्रत्येकले मासिक रूपमा २० हजार रुपैयाँ बुझाउनुपर्ने नियम बनाइएको छ । त्यस्तै सांसद हुनेले मासिक १५ हजार रुपैयाँ लेबीको रूपमा बुझाउनुपर्छ । पार्टीबाट मुख्यमन्त्री भएमा मासिक १५ हजार रुपैयाँ, प्रदेश सांसदले १० हजार, समितिका सभापतिहरूले १२ हजार, जिल्ला समन्वय समितिका सदस्यले आठ हजार रुपैयाँ लेबी बुझाउनुपर्ने पार्टीले निर्णय गरेको छ ।

स्रोतका अनुसार स्थानीय तहमा महानगरपालिकाका मेयरले १२ हजार, उपमेयर १० हजार, नगरपालिकाका मेयर १० हजार, उपमेयर पाँच हजार, गाउँपालिका अध्यक्ष आठ हजार, उपाध्यक्ष र वडाध्यक्षले चार–चार हजार रुपैयाँ पार्टीलाई बुझाउनुपर्ने नियम बनाइएको छ । पार्टीबाट कुनै राजनीतिक नियुक्ति भएमा तलबको १० प्रतिशत बुझाउनुपर्ने प्रावधान समेत राखेको छ ।

 

LEAVE A REPLY