एउटा संस्थामाथि राज्य नै लाग्नु असान्दर्भिक

सम्पदकलाई चिठी

सम्पादकज्यू
विद्युत महसुल डेडिकेटेड तथा ट्रंकलाइनको विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन प्रधानमन्त्रीदेखि ऊर्जामन्त्रीसम्म र बिचौलियासम्म लाग्नु आफैमा हास्यास्पद र असान्दर्भिक भएको देखिन्छ । कुलमान कर्तव्य र इमान्दारीका साथ आफ्नो कार्य क्षेत्रमा डटेर लागेको विद्वत वर्गदेखि सामान्य सर्वसाधारण सम्मले देखिरहेका छन् तर सरकार भने किन विगत ६ महिनादेखि कुलमान हटाउ अभियानमा डटेर लागेको होला रु अचम्म र जिज्ञासा एकै पटक प्रकट हुन थालेको छ । हुन सक्छ कामका शिलशिलामा कुनै कमी कमजोरी हुन सक्छन् । भएका भए आपसी छलफलमा सच्याउने र सच्चिने काम गर्नुपर्ने होइन र रु कुलमानलाई राम्रोसँग काम गर्न हौसला दिनुपर्नेमा नैराश्य र हतोत्साही पार्ने सरकारको नियत ठीक नभएको सर्वसाधारण मात्रै होइन, बुद्धिजीवि र सत्तागठबन्धन भित्रकै मन्त्री, सांसदहरुले बताउँदै आएका छन् ।
विद्युत माफियाहरुले आम उपभोक्तामाथि षड्यन्त्र गरेर दैनिक १८ घण्टा लोडसेडिङ गराएर हदैसम्मको दःख दिईरहेको बेला कुलमानले त्यो कृत्रिम अभावलाई चिर्दै उज्यालो बनाएका थिए । यदि त्यो प्राकृतिक अभाव थियो भने कुलमानले त्यति चाडै अध्यारोको अन्त र उज्यालोको उदय गर्न सक्ने थिएनन् । तर सबै कृत्रिम अभावको नाटक मात्रै मञ्चन गरिदै आएको थियो । कुलमानको जस्तो काम न त पहिलेका कार्यकारी निर्देशकले गरे न त उनीपछिका ले नै गर्लान् । कुनै पनि काम गर्नका लागि इच्छाशक्ति भए गर्न सकिने रहेछ भन्ने कुराको गतिलो उदाहरण बनेका छन् । त्यसकारण उनी विरुद्ध लाग्न होइन, पुरस्कृत गर्दै उत्साहित गर्न र कार्यकाल समेत थप्न म तपाईको पत्रिका मार्फत सरकारलाई आग्रह गर्दछु । कुलमानसँग मेरो व्यक्तिगत चिनजान छैन । केवल उनले गरेका कामको प्रशंसा मात्र गरेको हो । न त कुलमानले मलार्य चिन्दछन् न त म उनलाई नजिकबाट चिन्दछु । उनीमाथि अन्याय नहोस् भन्ने मेरो मात्र होइन आम विद्युत् उपभोक्ताको चाहना हो ।
दिपक बर्देवा
माडी, चितवन

LEAVE A REPLY