काठमाडौं । सरकारले ल्याएका पाँचवटै अध्यादेश राष्ट्रियसभा र प्रििनधी सभा दुवै बाट स्वीकृत भएको छ । आज बसेको बैठकबाट अध्यादेश स्वीकृत भएको हो ।
स्वीकृत भएका अध्यादेशहरूमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन् ।
भूमि अध्यादेश फिर्ता गर्ने सहमतिसँगै जसपा नेपाल अन्य अध्यादेश पास गर्न सहमत भएको थियो ।