काठमाडौं । फागु पर्व आजदेखि विधिवत् रुपमा सुरुवात भएको छ ।
फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौंको बसन्तपुरमा रंगीचंगी ध्वजाले सिँगारिएको चीर उठाइएको हो ।
परा पूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ । चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ
यसरी ठड्याइको चीर फागु पुर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ । चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ ।