Page 10

यी हुन् कांग्रेसबाट पहिलो चरणमा मन्त्री बन्न संभावित नयाँ अनुहार ः
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज असार ३० गते २ बस्ने कांग्रेसको कार्यसम्पादन समितिको बैठकबाट एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्वको सरकारमा मन्त्री पठाउने विषयमा गम्भीर छलफल गर्दैछन। सभापति देउवाले यसपाली सबैको सहमतिमा योग्यता,क्षमता, योगदान भएका, कम विवादित सांसदहरूलाई मन्त्रीमा पठाउने नरम नीति लिएको देखिन्छ । देउवाले भरसक सबै प्रदेश,महिला,दलित,मधेसी,आदिवासी जनजातिलाई मिलाएर मन्त्री पठाउने भएका छन।
देउवाले प्रकाशमान सिंह वा कृष्णप्रसाद सिटौला मध्ये एक जनाको नेतृत्वमा ओली सरकारमा १० मन्त्री पठाउने तयारी गरेका छन् । कांग्रेसबाट पहिलो चरणमा रमेश लेखक गृह, डा।आरजु राणा परराष्ट्र, जीवन परियार श्रम र अजय चौरासिया उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री बन्ने सम्भावना छ ।

एमालेसँगको सहमतिअनुसार कांग्रेसले १० मन्त्रालय पाउदैछ। तर मन्त्रालय बाडफाँड टुंगो लागिसकेको छैन। पार्टीका देउवा इतर पक्षका नेता डा। शेखर कोइरालाले आफ्नो पक्षका लागि चार मन्त्री मागेका छन। आफ्नो भागको मन्त्री चयन गर्न महामन्त्री गगन कुमार थापा सहित पार्टीका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफल गरेका छन् । जीवन परियार,अर्जुन नरसिंह केसी, हृदयराम थानी, रामनाथ अधिकारी,चन्द्र भण्डारी,बद्री पाण्डे,ऐन बहादुर शाही मन्त्री हुन लालायित भएर दौडधुपमा लागेका छन। डा। शशांक कोइरालाले पनि देउवासँग एक जना मन्त्रीको भाग खोजेका छन। डा।ं ंकोइरालाले भाग पाएभने दाङका दिपक गिरी वा संखुवासभाका दिपक खडका मध्ये एकलाई मन्त्रीमा पठाउने सम्भावना छ। सहमहामन्त्री किशोरसिंह राठौर, विनोद कुमार चौधरी, उदय शमशेर राणा पनि मन्त्रीको आकांक्षी थिए, तर देउवाले आफू प्रधानमन्त्री भएको बेलामा मन्त्री बनाउने भन्दै मनाउने प्रयास गरिरहेका छन् ।

उता महामन्त्री गगन कुमार थापाले पनि आफ्नो कोटामा काठमाडौं ५ बाट निर्वाचित केन्द्रीय सदस्य प्रदीप पौडेललाई मन्त्री बनाउन देउवालाई दबाब दिइरहेका छन्, तर पौडेलको नाममा देउवा सकारात्मक भइसकेका छैनन् । थापाले अझै पनि देउवालाई प्रदीपको पक्षमा मनाउने प्रयास छाडेका छैनन् । यस पटक सरकारमा मन्त्री पठाउँदा राष्ट्रपति रामचन्द्र पौडेलको कोटाबाट सप्तरीका तेजुलाल चौधरीलाई मन्त्री बनाउन देउवालाई दबाब परेको छ । देउवाले यसपाली पार्टी भित्र सन्तुलन मिलाएर मन्त्रीमा पठाउने र डेढ वर्षपछि आफू प्रधानमन्त्री बन्ने रणनीति बनाएका छन।

सत्ता परिवर्तन संगै कमजोर बने कुलमान, डेडिकेटेड(ट्रङ्क लाइन विवाद अब केहोला ?

काठमाडौँ । सत्ता परिवर्तन भए संगै पिद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको ‘पावर’ पनि खुम्चिएकोउद्योगीहरुकोभनाईछ । प्रमुख दुई राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर सरकार सञ्चालनको सम्झौता गरेसँगै पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढलिसकेको छ ।
माओवादी सरकार ढल्नासाथ नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङ स्वतः कमजोर बनेका छन् । प्रधानमन्त्री र ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत माओवादी केन्द्रका नै थिए । यसो हुँदा माओवादीसँग नजिक रहेका कुलमान घिसिङले चाहेअनुसार निर्णय गर्ने र गराउने क्षमता राख्दै आएका थिए । यसअघि डेडिकेटेड र ट्रङ्क लाइनको विवादमा घिसिङले गलत रिपोर्टिङ गरेको भन्दै प्रधानमन्त्री नै रिसाएका थिए ।
घिसिङले बालुवाटारमा गरेको रिपोर्टिङ अनुसार प्रधानमन्त्रीले उद्योगीको लाइन काट्न अनुमति पनि दिएका थिए । तर पछि उद्योगीसँगको भेटपछि प्रधानमन्त्री घिसिङसँग रिसाएको बताइएको थियो । त्यसपछि प्रधानमन्त्रीको पहलमा पूर्व न्यायधिश गिरिसचन्द्र लाल नेतृत्वको ३ सदस्यीय छानबिन समिति नै बनेको थियो । समितिले लामो समय लिएर गरेको छानबिनको प्रतिवेदन सरकारलाई बुझाइसकेको छ ।
सरकालाई प्रतिवेदन बुझाउँदै न्यायिक समितिका संयोजक लालले सहजरुपमा कार्यान्वयनमा शङ्का गरेका थिए । उनले भनेका थिए, ‘न्यायिक समितिले अध्ययन गरेर प्रतिवेदन बुझाउने हो । यसलाई कार्यान्वयन गर्ने(नगर्ने पाटो सरकारको हो ।’ लाल नेतृत्वको समितिले २०७२ सालको माघदेखि २०७५ सालको वैशाखसम्मको अवधिको डेडिकेटेड र ट्रङ्क लाइनको बिजुली प्रमाणका आधारमा उठाउन भनेको थियो ।
प्राधिकरणले लाल नेतृत्वको समितिले बुझाएको प्रतिवेदन बमोजिम भन्दै उद्योगीलाई धमाधम बिजुलीको बिल तिर्न ताकेता गरिरहेको छ । समितिले तोकेको अवधिको बिल भन्दै यसअघि पठाइएको रकमबाट घटाउँदै प्राधिकरणले असार २५ गतेसम्मको समय सीमा राखेर उद्योगीलाई बक्यौता भुक्तानी गर्न ताकेता गरेको थियो । प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङका अनुसार ६१ वटा उद्योगीले जरिवानासहित गरी साढे ८ अर्ब रुपैयाँभन्दा बढी रकम तिर्न बाँकी छ ।प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै उद्योगीको आत्मविश्वास बढ्दै गएको छ । किनकि, अब सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्दै छन् । ओलीले पटक–पटक उद्योगीलाई डेडिकेटेड र ट्रङ्क लाइनको नाममा दुख दिन नहुने बताइरहेका छन् । उनले यही २०८१ जेठ अन्तिम साता उद्योगीसँगको भेटमा लाल नेतृत्वको समितिले तयार पारेको प्रतिवेदन कार्यान्वयनमा तलमाथि नहुने बताएका थिए । प्राधिकरणले तारन्तार बक्यौता बुझाउन दबाब दिएपछि उद्योगी अध्यक्ष ओलीलाई भेट्न एमाले पार्टी कार्यालय च्यासल नै पुगेका थिए ।
नेपाल विद्युत् प्राधिकरणले ५ वटा उद्योगको लाइन काटिसकेको छ । प्राधिकरणले जगदम्बा सिन्थेटिक, हुलास स्टिल, रिलायन्स स्पिनिङ मिल्स, अर्घाखाँची सिमेन्ट र जगदम्बा स्टिलको विद्युत् लाइन काटेको छ ।
त्यसक्रममा ओलीले प्राधिकरण र उद्योगीबिचको विवाद समाधान गर्न सरकारले आयोग गठन गरेको र सो आयोगको प्रतिवेदन कार्यान्वयन तलमाथि गर्न नहुने बताएका थिए । त्यसयता प्रचण्डलाई समितिको प्रतिवेदन कार्यान्वयनका लागि ओलीले दबाब दिइरहेका थिए । यसअघि २०८० पुसमा समेत ओलीले उद्योगीको पक्षमा वकालत गरेका थिए । प्राधिकरणले धमाधम लाइन काट्न थालेपछि ओलीले बिजुलीको लाइन काट्नु गलत भएको बताएका थिए । ‘डेडिकेटेड र ट्रङ्क लाइन विवाद बल्झाउँदै उद्योगीको लाइन काट्नु गलत हो,’ ओलीले भनेका थिए ।
यस्तै एक उद्योगीले नाम नखुलाउने सर्तमा सरकार फेरिन साथ घिसिङको शक्ति घट्ने बताउँछन् । ‘यसअघि प्रधानमन्त्रीको काखमा बसेर घिसिङले उद्योगीमाथि दादागिरी देखाए,’ एक उद्योगीले भने, ‘अब सरकार फेरिएपछि हामीलाई सहज हुन्छ । हामीले रकम नतिर्ने नभनेर प्रमाणका आधारमा तिर्ने भनिरहेका छौँ ।’ तर कुलमानले बिना प्रमाण बिल पठाएर तर्साउने र धम्क्याउने गर्नुका साथै लाइन काट्न थालेको ती उद्योगीको भनाई छ । ‘सायद उहाँ उद्योगको लाइन काटेर आगामी चुनावको तयारीमा हुनुहुन्छ,’ ती उद्योगी भन्छन् ।

युरोपेली राजधानी रूसको निशानामा पर्नसक्ने ः क्रेमलिन

मस्को । क्रेमलिनले जर्मनीमा अमेरिकी क्षेप्यास्त्र तैनाथ गर्दा शीतयुद्धशैलीको भिडन्त दोहोरिँदै गर्दा रूसका क्षेप्यास्त्रका लागि युरोपेली राजधानीहरूलाई निशाना बनाउन सक्ने चेतावनी दिएको छ । क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले एउटा ‘विरोधाभास पूर्ण’ कुरा गर्दै भने, ‘युरोप हाम्रो क्षेप्यास्त्रको निशाना हो, हाम्रो देश युरोपमा रहेका अमेरिकी क्षेप्यास्त्रको निशाना हो ।’
रूसी सरकारी टेलिभिजन रसिया–वनसँग कुरा गर्दै उनले भने, ‘हामीसँग यी क्षेप्यास्त्रको सामना गर्न पर्याप्त क्षमता छ तर यी देशका राजधानीहरू सम्भावित पीडितहरू हुनेछन् ।’ कार्यक्रमका प्रस्तोता पावेल जारुबिनले सोभियत सङ्घको पतनसँगै शीतयुद्ध समाप्त भएको औंल्याइरहँदा पेस्कोभले टकरावले समग्र युरोपलाई कमजोर पार्न सक्ने सङ्केत गर्दै भने, ‘अहिलेको युरोप आफ्नो सबैभन्दा राम्रो क्षणमा रहेको छैन । फरक परिप्रेक्षमा इतिहासको पुनरावृत्ति अपरिहार्य छ।’
ह्वाइट हाउसले नाटोको शिखर सम्मेलनका क्रममा सन् २०२६ देखि जर्मनीमा टोमाहक क्रुज क्षेप्यास्त्रलगायत लामो दूरीका हतियारहरू समय समयमा तैनाथ गर्ने घोषणा गरेको थियो । सम्मेलनमा ह्वाइट हाउसले भनेको छ, ‘यी उन्नत क्षमताको प्रयोगले नाटोेप्रति संयुक्त राज्य अमेरिकाको प्रतिबद्धता र युरोपेली एकीकृत निरोधमा अमेरिकाको योगदानलाई प्रदर्शित गर्नेछ ।’
क्रेमलिनले यो कदमको आलोचना गर्दै वासिङ्टनले नयाँ शीतयुद्धतर्फ कदम चालेको र युक्रेनको द्वन्द्वमा प्रत्यक्षरूपमा सहभागी भएको आरोप लगाएको छ । रूसी रक्षा मन्त्री आन्द्रेई बेलोसोभले आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग टेलिफोन वार्ता गरी सम्भावित तनावको जोखिम कम गर्ने विषयमा छलफल गरेको रूसी रक्षा मन्त्रालयले शुक्रबार जनाएको छ । सन् २०२२ मा युक्रेनमा रूसको सैन्य अभियान सुरु भएपछि संयुक्त राज्य अमेरिकाको नेतृत्वमा नाटो सदस्य राष्ट्रहरूले युरोपमा आफ्नो प्रतिरक्षालाई बलियो बनाएका छन् ।

चुनावी र्‍यालीमा चलेको गोली ट्रम्पलाई लाग्यो,घटनाको उच्च नेताहरुबाट भत्र्सना

काठमाडौं । अमेरिकाको पेन्सिलभेनियामा चुनावी र्‍यालीमा गोली चल्दा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । शनिबार राति चुनावी र्‍याली चलिरहेका बेलागोली चलेको हो ।
गोली लागेपछि ट्रम्प भुइँमा लडेका थिए । घटनास्थलको तस्वीरहरुमा ट्रम्पको काननेरबाट गालासम्म रगत बगेको देखिन्छ । उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका थिए ।
घटनामा र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार गोली हान्ने व्यक्ति अमेरिकी सिक्रेट सर्भिसको कारबाहीमा मारिएका छन् ।
ओहायोका सिनेटर तथा रिपब्लिकन नेता जेडी भान्सले पत्रकारहरूसँगको कुराकानीमा ट्रम्पको अवस्था ठीक रहेको बताएका छन् ।
यस घटनाको राष्ट्रपति जो बाइडेनले निन्दा गरेका छन् । उनले हिंसात्मक घटनालाई स्थान नदिइने बताएका छन् । यस्तै, पूर्वराष्ट्रपति बाराक ओबामाले पनि घटनाको भर्त्सना गरेका छन् ।

पत्रकार गीता अधिकारी राष्ट्रिय पत्रकारिता पुरस्कार बाट सम्मानीत

काठमाडौं । ‘विराट म्युजिक एण्ड फिल्म अवार्ड’ को दोस्रो संस्करणमा पत्रकार गीता अधिकारीलाई पुरस्कार एवम् सम्मान गरिएको छ । अवार्डको विशेष समारोहमा पत्रकार अधिकारीलाई कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री एवं नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नगद राशीसहित राष्ट्रिय पत्रकारिता पुरस्कार एवं सम्मान अर्पण गर्नुभएको हो । विगत दुई दशकभन्दा लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा उहाँले पुर्‍याएको योगदानको मूल्यांकन गर्दै सम्मान गरिएको आयोजकले जनाएको छ । पछिल्लो समय हिमालय टाइम्स दैनिकमा कार्यरत अधिकारी मिलाप मासिकको कार्यकारी सम्पादक र मिलाप फाउण्डेशनको अध्यक्ष हुनुहुन्छ । उहाँको केही समयअघि ‘मैले पढेका ५१ पुस्तक’ पाठकमाझ आएको छ ।

संगीतका २४ विधा र फिल्मका सात विधा गरि जम्मा ३१ विधामा अवार्ड प्रदान गरिएको समारोहमा गीतकार बिबी थापालाइ नगद २५ हजार ५५५ सहित दीर्घ साधना सम्मान अर्पण गरिएको थियो । यस्तै, ‘अर्थपथ डटकम’का सञ्चालक तथा सम्पादक विष्णु तारुकेलाई राष्ट्रिय पत्रकारिता सम्मान गरिएको थियो । कार्यक्रममा कलाकार पवनप्रसाद खतिवडा, साहित्यकार सृजना अर्याल, समाजसेवी तथा कवि शोबित उप्रेती, गायक हिमाल श्रेष्ठ, कलाकार तथा टेलिसिरियलका निर्देशक नेत्र राउतलाई पनि सम्मान गरिएको थियो
कार्यक्रममा पूर्वउपप्रधानमन्त्री पोखरेलले नेपाली कला र संस्कृतिको संरक्षणमा कलाकारहरूको महत्वपूर्ण भूमिका हुने बताउनुभयो । ‘समाज रूपान्तरणमा पत्रकार र कलाकारको अतुलनीय भूमिका हुन्छ । नेपाली भाषा, धर्म र संस्कृति र पहिचान जोगाउनु आजको आवश्यता हो,’ पोखरेलले भन्नुभयो, ‘म सम्पूर्ण कलाकर्मी साथीहरूलाई भन्न चाहन्छु, ‘देशको रक्षा आज सबैभन्दा ठूलो कर्तव्य हो
अवार्डको जुरीमा संगीतकार राजु सिंह, लोक गायक राजु परियार, पत्रकार अशेष अधिकारी कलाकार, चन्द्र लामा, गीतकार भीष्मराज फुलारा, मोडल उत्साह घिमिरे रहनुभएको थियो ।
सेलिब्रेटी नेपाल प्रतिष्ठानको आयोजनमा भएको कार्यक्रममा २०७९ सालमा प्रदर्शनमा आएका चलचित्र र गीत संगीत समाबेश गरेर सर्वोतकृष्टलाई अवार्ड प्रदान गरिएको थियो । प्रविन किराती कार्यक्रम निर्देशक रहेको कार्यक्रमको सञ्चालन रघुनाथ सापकोटाले गर्नुभएको थियो । सम्मान कार्यक्रम काठमाण्डौमा गरीएको थियो ।

नारायणी नदीमा भेटिएको शवहराएका बसका यात्रु भएको पुष्टि

चितवन । जिल्लाको भरतपुर महानगरपालिका २८ स्थित नारायण नदी किनारमा फेला परेको शव सिमलतालमा पहिरोले बगाएको बसको यात्रुको भएको पुष्टि भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक भेषराज रिजालले शव बेपत्ता गणपति डिलक्सका यात्रुको रहेको पुष्टि भएको जानकारी दिए ।
‘नदी किनारमा घोप्टो परेको अवस्थामा आज बिहान शव भेटिएको थियो । शवको साथमा केही कागजात पनि भेटिएकाले प्राप्त कागजातको आधारमा शव भारतीय नागरिक ऋषिपल साहको रहेको पुष्टि भएको छ ।’ प्रहरी नायब उपरीक्षक रिजालले भने ।
उनकाअनुसार अहिले शव परीक्षणका लागि भरतपुर अस्पतालको शवगृहमा राखिएको छ ।
साह नेपालमा बसेर काम गर्दै आएका ऋषिका दाई सत्यपाल साहले जानकारी दिए । सत्यपालले आज बिहान फेला परेको शव भाई ऋषिपलको रहेको पुष्टि गरे ।
भारतको मोतिहारी राजमुनुवा घर भएका २८ वर्षीय साह काठमाडौंको जोरपाटीबाट गौर जानका लागि गणपति डिलक्स चढेका थिए ।
काठमाडौंबाट रौतहटको गौरतर्फ आउँदै गरेको गणपति डिलक्सको बस पहिरोमा परेर त्रिशूली नदीमा खस्दा बेपत्ता भएको थियो । बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको बस त्रिशूलीमा खस्दा नन्दन दास, सुरजप्रसाद गुप्ता र जगेश्वर यादव बसबाट हाम फालेर ज्यान जोगाउन सफल भएका छन् ।
भरतपुर महानगरपालिका २९ स्थित सिमलतालमा पहिरो खस्दा दुई वटा यात्रुवाहक बस त्रिशूलीमा खसेको थियो ।
नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालबाट बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स र गणपति डिलक्स नदीमा खसेका हुन् । शुक्रबारदेखि बेपत्ता बस र यात्रीको खोजी कार्य तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ ।
एन्जल वीरगञ्जबाट काठमाडौंतर्फ र गणपति काठमाडौंबाट रौतहटको गौरतर्फ जाँदै गरेको अवस्थामा पहिरोमा परेका थिए । दुवै बसमा गरी करिब ६५ यात्री थिए ।
बेपत्ता बस तथा यात्रीको आज बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको गोताखोरसहितको टोलीले खोजी गरिरहेको छ ।

आजचौथो पटक प्रधानमन्त्रीमा नियुक्त हुँदै एमाले अध्यक्ष केपी शर्माओली,शपथ खाने चैं भोली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री नियुक्त हुँदैछन्।
राष्ट्रपति रामचन्द्र पौडेलले एमाले अध्यक्ष ओलीलाई चौथो पटक प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन्।
राष्ट्रपति पौडेलले संविधानको धारा ७६ २० अनुसार सरकार गठनका लागि आह्वान गरेसँगै काग्रेस–एमालेले १६६ जना सांसदको समर्थनसहितको दाबी प्रस्तुत गरेका थिए।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आइतबार साँझ प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन्। त्यस्तै आइतबार समय ढिला हुने भएकाले भोली सोमबार बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीहरूको शपथग्रहण कार्यक्रम हुने प्रेस सल्लाहकार पोखरेलले बताए।

नेपालीसाहित्यले राष्ट्रलाई अगाडि बढाउँछ ः सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले नेपाली साहित्यको महत्वलाई दर्शाउँदै साहित्यलाई अगाडि बढाउँदै गर्दा त्यसले राष्ट्रलाई अगाडि बढाउने विश्वास व्यक्त गरेका छन् ।
आदिकवि भानुभक्त आचार्यको २११औँ जन्म जयन्तीको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान र भानु प्रतिष्ठानले यहाँ आज आयोजना गरेको कार्यक्रममा उनले नेपाल जस्तो विभिन्न जातजातिको बसोवास भएको तथा संस्कार संस्कृति रहेको मुलुकमा भाषाले अझ विश्वव्यापी महत्त्व कायम गर्ने बताए ।
वर्तमान आधुनिक युगमा ‘डिजिटलाइज’ गरेर नेपाली साहित्यलाई प्रतिष्ठा बनाउनुपर्ने उनको भनाइ छ । सभामुख घिमिरेले आदिकवि भानुभक्तले गर्नुभएको योगदानको सम्मान गर्दै नयाँ पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिए ।
उनले भानुभक्तले गरेका योगदानलाई समाजमा ल्याउनुका साथै समाजको विकासलाई साहित्यको क्षेत्रबाट अगाडी लैजाने, भाषालाई विकास गर्ने र भाषाको माध्यमबाट विश्वव्यापी रुपबाट राष्ट्रलाई चिनाउनुपर्ने बताए । “नेपाल एकीकरण गर्ने सन्दर्भमा तत्कालीन राजा पृथ्वीनारायण शाहले जसरी राष्ट्रलाई भौगोलिक रुपबाट एक ठाउँमा ल्याउन र विशाल राष्ट्र बनाउने र नेपालीलाई अगाडि बढाउने कुरा एउटा ऐतिहासिक महत्व कायम गर्नुभयो, त्यो आन्दोलनलाई अगाडि बढाउँदै गर्दा वीर रसका धेरै कविता लेखिने गरेको इतिहास छ”, उनले भने ।
सोही अवसरमा प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले प्रज्ञा–प्रतिष्ठानले सबै भाषा सबै ज्ञान ः सबैको प्रज्ञा प्रतिष्ठान भन्ने मूल मन्त्रअनुसार प्रतिष्ठानलाई साझा थलो बनाउने जर्मको गरिरहेको बताए ।
भानु नगरपालिका–४ चुँदीरम्घा, तनहुँमा १८७१ असार २९ गते जन्मिएका आचार्यको १९२५ असोज ६ गते निधन भएको थियो । नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रुपमा परिचित भानुभक्त वाल्मिकी रामायणका अनुवादकका रुपमा प्रख्यात थिए । भानुभक्तले ‘प्रश्नोत्तर’, भक्तमाला, बधुशिक्षालगायतका कृति लेखेका छ भने उनका पाण्डुलिपीलाई सङ्ग्रह गरेर मोतिराम भट्टले पुस्तकाकारमा प्रकाशित गरेपछि उनी नेपाली साहित्यमा चिनिएका थिए ।

चलचित्र ‘आदिकवि भानुभक्त’मा बर्माका दृश्य समेट्ने रहर अपूरै रह्यो ः यादव खरेल

 

काठमाडौँ । यादव खरेललाई चिनाउने अनेकौँ विधा भए पनि पछिल्लो समय उनको चिनारी चलचित्र निर्देशकका रूपमा पनि दरिएको छ । यसबाहेक कवि, गीतकार, प्राध्यापक, समाजसेवी र फुटबलर भनेर समेत जीवनको विभिन्न कालखण्डमा खरेलले आफूलाई चिनाए ।
राणाकालको ऐतिहासिक चलचित्र ‘प्रेमपिण्ड’, ‘श्री स्वस्थानी’ र ‘आदिकवि भानुभक्त’बनाएका छन् खरेलले । खरेलको लेखन तथा निर्देशनमा ‘आदिकवि भानुभक्त’ नेपाली भाषामा बनेको पहिलो वायोपिक फिल्म हो । यो ०५६ तिर नै निर्माण भएको खरेलको भनाइ छ । वायोपिक भनेको कुनै मानिसको जीवनी माथि बनेको कथानक चलचित्र भन्ने बुझिन्छ ।
आदिकवि भानुभक्त आचार्यको जीवनीमा नायक दिलीप रायमाझीले भानुभक्त आचार्यको भूमिका निर्वाह गरेका छन् । फिल्ममा भानुभक्तले विद्या आर्जन गरेदेखि मरणसम्मको घटनालाई देखाइएको निर्देशक खरेलले सुनाए । भानुभक्त निर्माणमा लागि करिब दुई वर्षसम्म अध्ययन गरेको पुरानो फिल्म भएकाले यसको अस्तित्व जोगाउन समस्या भइरहेको बताउँछन् खरेल ।

लोसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष ठाकुरलाई

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा गठन हुने सरकारमा लोकतान्त्रिक समाजवादी पार्टी लोसपा नेपाल सहभागी हुने निर्णय गरेको छ ।
पार्टी कार्यालय बबरमहलमा बसेको संसदीय दलको बैठकले सरकारमा सहभागी हुने मन्त्रीको नाम टुङ्गो लगाउने जिम्मा अध्यक्ष महन्थ ठाकुरलाई दिएको पार्टीका सचेतक रामप्रकाश चौधरीले जानकारी दिए ।
सोही बैठकले बाढीपहिरो र डुबानबाट प्रभावित जनतालाई तत्काल प्रभावकारी राहत उपलब्ध गराउन सरकार र राजनीतिक दललाई आग्रह गरेको छ । बैठकले पहिराका कारण त्रिशूली नदीमा खसेर बेपत्ता भएको दुईवटा बसको खोजी चुस्त बनाउन सरकारको ध्यानाकर्षण समेत गराएको जानकारी दिए ।

 

सुदामा ताजा समाचार

मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबैक्षेत्रको सक्रिय भूमिका आवश्यकःसभामुख...

काठमाडौँ, जेठ १६ गते । सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा...

इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन,बजाइए ५ सय भन्दा बढी च्याब्रुङ बाजा

इलाम, जेठ १६ गते । लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख...

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। विगत दुई—तीन दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान...