Page 11

प्रधानमन्त्रीको सपथसंगै मन्त्रीहरुको नियुक्तिहुने तयारी हुंदैछ ः कांंग्रेस प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा..प्रकाशशरण महतले प्रधानमन्त्रीको शपथ सँगै अन्य मन्त्रीहरुको पनि नियुक्ति हुने बताएका छन् ।
कांग्रेस कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा बन्ने सरकारमा सहभागी हुने निर्णय गरेको हो । मन्त्रीहरु छनोटलाई मापदण्ड अनुसार अगाडी बढाउने त्यसका लागि योगदान र योग्यता, समावेशीता र प्रादेशिक सन्तुलन मिलाएर मन्त्री छनोट गरिने प्रवक्ता डाप्रकाशशरण महतले बताए ।

उनले मन्त्री छनोट र मन्त्रालयको भागभण्डका लागि आन्तरिक गृहकार्य जारी रहेको बताएका छन् । सपथ ग्रहणपछि मात्र मन्त्रालयको भागभन्डाका बारेमा थाहा पाउने उनको भनाइ छ ।

वाटर ड्रोन र क्यामेरा प्रयोग गरी त्रिशुलीमा हराएका बसको खोजी तीब्र

काठमाडौं । त्रिशुली नदीमा हराइरहेका दुई वटा बस खोज्न वाटर ड्रोन र क्यामेरा प्रयोग गरिएको छ। चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट त्रिशुलीमा खसेका बस खोज्न शनिबारबाट सशस्त्र प्रहरी बलका गोताखोरहरुले वाटर ड्रोन र सोनार क्यामेरा प्रयोग गरीरहेका छन् ।
सशस्त्र प्रहरी बलका सह–प्रवक्ताडीएसपीशैलेन्द्र थापाले भने, हिजो दिनभरि खोज्दा पनि बस फेला परेनन्। मौसमले पनि साथ दिएन। आज बिहानैबाट वाटर ड्रोनको प्रयोग गरेर बस खोज्न थालेका छौँ ।’
बस खोज्न सशस्त्र प्रहरी बलका ९ जना गोताखोर सहितको टिम परिचालन गरिएको छ । नेपाली सेनाका सहित २८ जना गोताखोर परिचालन गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार बिहान ३ बजेर ३० मिनेटमा त्रिशुलीमा दुई वटा डिलक्स बस खसेका थिए। काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र एन्जल वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स नदीमा खसेका थिए ।
एन्जल डिलक्समा २४ जना र गणपति डिलक्समा चालक दलका सदस्य सहित ३१ जना यात्रु सवार थिए। दुईवटा बसमा सवार कम्तीमा ५५ यात्रुको अवस्था अझै अज्ञात छ।

रत्नराज्य पुस्तकालयद्धारा छन्द कविताबाचन कार्यक्रम सम्पन्न

काठमाण्डौ , असार २९ ,रत्नराज्यपुस्तकालय बानेश्वर काठमाण्डौले २११ औं भानुजयनतीको उपलक्षमा छन्द कविता बाचनकार्यक्रम सम्मपन्न गरेको छ । प्रा. डा. रामप्रसाद ज्ञवालीको प्रमुख आतित्थ्यमा सम्पन्न उक्त कार्यक्रममा वर्ष ७ का बालक देखि किसोर–किसोरी, र बृद्ध–बृद्धा सम्मले आफ्ना छन्दबद्ध कविता लयहाली हाली बाचन गरेका थिए । कार्यक्रममा सहभागी कवि कवयत्रीहरुmलाई रुद्राक्षको मालाले स्वागत, अनि प्रमाणपत्र र नगदले सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि प्रा. डा. ज्ञवालीले भानु जयन्तीको महत्वमाथि प्रकाश पार्दै समसामयिक विषमा आफ्ना भनाईहरु राख्नु भएको थियो । कार्यक्रम आफ्नै सभाहल बानेश्रमा गरिएको थियो ।

नबिल बैंक ४१औँ वर्षमा प्रवेश, “संगै अघि ’ भन्ने नाराका साथ दिगो बैंकिङमा जोड

काठमाडौँ । नबिल बैंकले एक भव्यकार्यक्रम आयोजना गरी स्थापनाको ४०औँ वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको कार्यक्रममा दिगो विकासमा बैकिङको भुमिका भन्ने विषयमा छलफल गरिएको थियो ।
काठमाडौँमा आयोजित सो भव्यकार्यक्रममा बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर, इसिमोडका प्रबन्ध निर्देशक डा पेमा ग्याम्त्सो, डब्ल्युडब्ल्यूएफ नेपालका प्रतिनिधि डा घनश्याम गुरुङ, नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, ह्याबिट्याट फर ह्युमनिटी इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक एलिजा स्थापितलगायतको उपस्थिति थियो

कार्यक्रममाअध्यक्ष पौड्यालले पछिल्लो समय बैंक दिगो विकासमा केन्द्रित गरेको उल्लेख गर्दै कार्यक्रम र सेवा प्रवाहलाई सोहीअनुसार अघि बढाइएको जानकारी दिए ।
बैंकले सुरु गरेको दिगो बैंकिङको योजना दीर्घकालीन सोचमा आधारित रहेको उल्लेख गर्दै उनले यसमार्फत कार्बन उत्सर्जन कम गर्न, हरित प्रविधिमा लगानी गर्न र सामाजिक र आर्थिक विकासलाई प्रवद्र्धन गर्ने परियोजना अगाडि बढाउन सहयोग पुग्ने उनले बताए ।
वार्षिकोत्सवका अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले सम्पूर्ण ग्राहक, कर्मचारी, नियामक, सरकारी निकाय, शेयरधनीलगायत सरोकारवालालाई यहाँसम्म आइपुग्नका लागि दिएको साथ र साहयोगका लागि धन्यवाद दिए ।
बैंकले ४० वर्ष पुगेको अवसरमा आगामी ४० दिनसम्म दिगो विकाससम्बन्धी जनचेतना जगाउने उद्देश्यले विभिन्न कार्यक्रम आयोजना गर्ने समेत उनले जानकारी दिए । त्यसका लागि आगामी ४० दिनमा साइकलिङ, प्रभातफेरी, ‘चार दशक नेपालको’ यात्रा झल्काउने तस्बिर प्रदर्शनीलगायतका कार्यक्रम तय भएको उनको भनाइ थियो ।
कार्यक्रममा नेपालका लागि संयुक्त राष्ट्र संघका आवासीय संयोजक हाना सिंगर हाम्डीले दिगो विकासका लक्ष्य प्राप्तका लागि ठूलो लगानी आवश्यक रहेको उल्लेख गर्दै त्यसका लागि नबिल जस्ता बैंकले लगानी गर्नुपर्नेमा जोड दिइन् ।

“दिगो विकासका लक्ष्य पूरा गर्नका लागि विश्वका लागि प्रत्येक वर्ष ४ ट्रिलियन डलर आवश्यक पर्छ, जुन कोरोना महामारीअघि वार्षिक २।५ ट्रिलियन डलर आवश्यक पर्ने अनुमान थियो”, उनले भनिन्, “नेपालका हकमा २३ अर्ब डलर आवश्यक भएको र प्रत्येक वर्ष ६ अर्ब डलर अपुग छ । जुन कुल जीडीपीको ११ प्रतिशत हो ।”

उनले नेपालले दिगो विकासका लक्ष्य पूरा गर्नका लागि ठूलो लगानी आवश्यक भएको र नबिल बैंकले दिगो विकासका क्षेत्रमा ठूलो लगानी बढाउन सक्ने समेत धारणा व्यक्त गरिन् । उनले बैंकको काम आर्थिक कारोबार मात्रै नभएको बरु पर्यावरण जोगाउने जिम्मेवारी समेत भएकाले त्यसतर्फ आफ्ना कार्यक्रम र सेवा प्रवाहलाई केन्द्रित गर्न सुझाव दिइन् ।

त्यस अवसरमा मुख्यवक्ता सामाजिक उद्यमी अनिल चित्रकारले पर्यावरण जोगाउन आवश्यक भएकोमा जोड दिए । नबिल जस्ता बैंकले दिगो विकासका क्षेत्रमा लगानी बढाउन आवश्यक रहेको उनको भनाइ थियो । पर्यावरणमा हामी निर्भर छौँ, पर्यावरण नजोगाउने हो भने भविष्यमा समस्या उत्पन्न हुने उनको तर्क थियो ।

“चितवन राष्ट्रिय निकुञ्जमा बाघ भएकै कारणले काठमाडौँलगायतका सहरका ट्राभल एजेन्सीहरु सञ्चालनमा छन्, पर्यावरण जोगाएकै कारणले रोजगारी सिर्जना भएको छ”, उनले भने । उनले शिवपुरी राष्ट्रिय निकुञ्ज संरक्षण गरेकै कारण आज काठमाडौँबासीले दैनिक तीन करोड लिटर स्वच्छ खानेपानी प्राप्त गरेको तथ्यांक पेस गर्दै यसलाई मूल्यमा हेर्दा दिनहुँ ६० करोड रुपैयाँको भएको बताए ।

सन् १९८४ मा जुलाई १२ मा नेपाल अरब बैंकका नाममा स्थापना नबिल बैंक ग्राहकको सुविधा तथा सरल बैंकिङ सेवालाइ केन्द्रमा राखी सेवा प्रवाह गर्दै आएको छ । बैंकले आफूलाई नेपालको बैंकिङ क्षेत्रमा अग्रणी बैंकका रुपमा स्थापित गरेको छ । स्थापनाकालदेखि नै प्रविधिको प्रयोगमा जोड दिएको बैंकले पछिल्लो समय डिजी बैंकमार्फत ग्राहकलाई सरल र सहज सेवा प्रदान गरिरहेको जनाएको छ ।
नबिलले सन् १९९४ मा पहिलो पटक एटिएम, सन् २०१२ मा पहिलो पटक मोबाइल बैंकिङ, सन् २०१४ मा अन्तर्राष्ट्रिय मास्टर कार्ड तथा डेबिट कार्डमा स्मार्ट चिप सेवा सुरुआत गरेको थियो । सन् २०१६ मा कन्ट्याकलेस पेमेन्ट कार्ड नेपालमा पहिलो पटक ल्याएको थियो । बैंकले पछिल्लो पटक सन् २०२२ मा ‘एन बैंक’ सुरुआत गरी नेपालमा पहिलो पटक मोबाइलबाटै ६० भन्दा बढी बैंकिङ सेवा प्रवाह गरेको थियो ।

 

भोली केपीशर्मा ओलीले प्रधान मन्त्रीमा नियुक्ति पाउने शपथ पनि भोली नै 

काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्त गर्ने भएका छन् । आइतबार साँझ ५ ः ३० बजेसम्म ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्ने समय दिइएको छ । आइतबार साँझ नै ओलीको सपथ ग्रहणसमेत हुनेछ ।
शुक्रबार संविधानको धारा ७६ को उपधारा २ बमोजिम ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गर्न एमाले र कांग्रेसले राष्ट्रपतिलाई सांसदहरुको हस्ताक्षरसहित बुझाएका थिए । ।

राष्ट्रपति पौडेलद्वारा ७६ को उपधारा २ बामोजिम सरकार गठनको आह्वान , आइतबार बेलुका ५ वजेसम्म दाबि पेश गर्न निर्देशन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनको आव्हान गरेका छन्।
राष्ट्रपति पौडेलले संबिधानको धारा ७६ को उपधारा २ अनुसार नयाँ सरकार गठनको आव्हान गरेका हुन्। धारा ७६ को उपधारा २ मा दुई वा दुई भन्दा बढी दलको सरकार गठन हुने प्रावधान संबिधानमा रहेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार संसदमा विश्वासको मत हासिल गर्न नसकेपछि पदमुक्त भएका थिए।
राष्ट्रपति पौडेलले कानुनविदसँगको परामर्श पछि संबिधानको धारा ७६ को उपधारा २ अनुसार नै सरकार गठनको आव्हान गरेका छन् । उपधारा २ मा भनिएको छ, ‘उपधारा १० बमोजिम प्रतिनिधि सभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रतिनिधि सभाको सदस्यलाई राष्ट्रपतिले प्रधानमन्त्री नियुक्त गर्नेछ।’

राष्ट्रपति पौडेलले आइतबार ५ बजेसम्मको समय दिएर सरकार गठनको दाबि पेश गर्न भनेका छन्।

विश्वमा दैनिक आठ सय महिलाको गर्भावस्था र प्रसवका समयमा मृत्यु हुन्छ , अपमान जनक अवस्था होः महासचिवगुटेर्रेस

विश्वभर हरेक दिन लगभग ८०० महिलाको गर्भावस्था र प्रसवको समयमा अनावश्यक मृत्यु हुने गरेको संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले बताएका छन्। यो मृत्युलाइृ उनले महिलाहरुको अपमान ठानेका छन् ।
गुटेर्रेसले हरेक वर्ष जुलाई ११ मा मनाइने विश्व जनसङ्ख्या दिवसमा आफ्नो सन्देशमा यो तथ्याङ्कको खुलासा गरेका हुन् ।
यो वर्ष जनसङ्ख्या र विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ९आइसिपिडी० कार्यक्रमको ३० औँ वार्षिकोत्सवमा प्रतिज्ञाहरूलाई वास्तविकतामा परिणत गर्ने प्रयास र लगानीलाई गति दिने सङ्कल्प गर्ने वर्ष पनि हुनुपर्ने संयुक्त राष्ट्रसङ्घका प्रमुखले बताए ।

कार्यक्रम स्वीकृत भए पछिको दशकहरूमा भएको प्रगतिलाई उल्लेख गर्दै गुटेर्रेसले पहिलेभन्दा धेरै महिलाहरूले आधुनिक गर्भनिरोधकमा पहुँच भएकाले मातृ मृत्यु सन् २००० बाट ३४ प्रतिशतले घटेको छ । महिला आन्दोलन र नागरिक समाज परिवर्तन ल्याउन महत्वपूर्ण रहेको पनि उनले बताए ।

एक्काइसौँ शताब्दीमा पनि लगभग ८०० महिलाहरू हरेक दिन गर्भावस्था तथा प्रसवको समयमा मृत्यु हुनु अपमानजनक अवस्था हो र यसरी ज्यान गुमाउनेको सङ्ख्या विकासोन्मुख देशहरूमा अझै धेरै रहेको गुटेर्रेसले बताए ।
केही स्थानहरूमा, महिलाजनित विकृतिले जोखिम ल्याउनेजस्ता महत्त्वपूर्ण बिषयहरूमा सुधार आएको उनले उल्लेख गरे ।

१६५सांसदको समर्थन लिएर केपीशर्मा ओलीले प्रधानमन्त्रीमा दावी पेश 

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीमा दाबी पेस गर्न हस्ताक्षर बुझाएका छन् । शुक्रबार साँझ नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा रहेको ओलीको कार्यकक्षमा बसेको बैठकमा कांग्रेस–एमालेको बैठकले प्रधानमन्त्रीको दाबीका लागि पत्र तयार पारेको हो ।
कांग्रेसका प्रमूख सचेतक रमेश लेखकले कांग्रेसका ८८ र एमालेका ७७ गरी १६५ सांसदको समर्थन लिएर ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने जानकारी दिए । ‘प्रधानमन्त्री दाबीका लागि बहुमत कांग्रेस र एमालेको समर्थन भए पुग्ने दुई दलको समर्थन पत्र लिएर केपी ओलीजीले दाबी गर्ने उनको भनाइ छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा कांग्रेस, एमाले, राप्रपा, जसपा, जसपा नेपाल, जनमत, लोसपा, नाउपा लगायत दलले मत जाहेर गरेका थिए । तर, ओलीलाई प्रधानमन्त्रीमा नियुक्तका लागि कांग्रेस र एमालेको मात्र समर्थन रहेन छ । जसपा, जसपा नेपाल, जनमत, लोसपा र नाउपालाई एक–एक मन्त्रालय दिएर सरकारमा सहभागी गराउने कांग्रेस एमालेको तयारी छ । ओलीले प्रधानमन्त्रीको विश्वासको मत लिँदा पक्षमा उनीहरुले मतदान गर्नेछन् ।

कांग्रेस–एमाले सत्ता समीकरणमा सामेल हुने अन्य दलले ओलीलाई विश्वासको मत मात्र दिने छन् । कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले उक्त पत्रमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले हस्ताक्षर गरेको बताए । ‘राष्ट्रपतिमा प्रधानमन्त्रीको लागि दाबी पेस गर्ने पत्र तयार भइसकेको छ । नेपाली कांग्रेसले समर्थन गर्ने र केपी ओलीजीले दाबी गर्ने पत्रमा हाम्रो सभापतिजीले हस्ताक्षर गरेर केपी ओलीलाई दिइसकेको उनको भनाइ छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि आह्वान गरेपछि एमाले अध्यक्ष ओलीले प्रधानमन्त्रीमा दाबी पेस गर्ने छन् । ‘

शुक्रबारको प्रतिनिधिसभा बैठकबाट विश्वासको मत प्राप्त गर्न नसकेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सरकार ढलेको छ । नयाँ प्रधानमन्त्री नियुक्त नहुनजेल सम्मका लागि राष्ट्रपति पौडेलले प्रचण्डलाई कामचलाउ प्रधानमन्त्रीको जिम्मेवारी तोकेका छन् ।

सम्बन्धित समाचार

प्रेसकाउन्सिल नेपालले प्रेसस्वतन्त्रताको संवद्र्न र प्रवर्धनमा संविधान र कानूनले दिएको जिम्मेवारी पूरा गरी रहेको छ ः अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस {काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले काउन्सिलले सामाजिक सञ्जाल प्रयोग गरी चलेका सञ्चार माध्यमबाट हुने प्रेस स्वतन्त्रता दुरुपयोग आफ्नो नियमनको दायरामा पर्ने प्रष्ट पार्नुभएको छ । उहाँले परम्परागत तथा न्यु मिडियाले दिने विषयवस्तु, पत्रकाररसञ्चारकर्मीकोे व्यवहार र पत्रकारितामा देखिएका विभिन्न विकृति विसङ्गतिका विषयमा काउन्सिलले नै बोल्नुपर्ने बताउनुभएको हो ।

प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘प्रेस स्वतन्त्रताको अवस्था र चुनौती’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने भए पनि पत्रकारले समेत सीमामा बसेर लेख्नुपर्ने धारणा राख्नुभयो । “आफ्नो ठाउँबाट एक कदम बढेर पनि काउन्सिलले काम गरिरहेको छ ।” स्रोत साधनको सीमितता हुँदाहुँदै पनि काउन्सिलले काम गरिरहेको अध्यक्ष बस्नेतकोभनाइ रहेको छ ।
काउन्सिलले प्रेस स्वतन्त्रताको संरक्षण र प्रवर्धनमा संविधान र कानुनले दिएको जिम्मेवारी पूरा गरिरहेको अध्यक्ष बस्नेतको जिकिर छ ।
जिम्मेवार निकायले आ–आफ्नो भूमिका निर्वाह गर्दा प्रेस स्वतन्त्रता हननका घटना नदोहोरिने सुनिश्चितता हुने उहाँले बताउनुभयो । मिडिया पीडितलाई न्याय दिलाउने संस्थाका रूपमा काउन्सिल रहेको र समाचार लेखेकै आधारमा अप्ठेरो अवस्था सिर्जना गर्न नहुने उहाँको भनाइ छ ।
अब न्युज रूमले पनि आन्तरिक आचारसहिंता बनाएर स्वनियमन प्रणालीको विकास गर्नुपर्ने उहाँको सुझाव छ । “मिडियामा नआउनुपर्ने समाचार बढी आएको पाइएकाले सम्पादकीय प्रक्रिया पूरा गरेर मात्र समाचार सम्प्रेषण गर्नुपर्दछ ।” उहाँले भन्नुभयो ।

पत्रकार राजनीतिक र व्यापारिक लगायत विभिन्न क्षेत्रबाट प्रभावित हुने हुँदा यस्तो प्रवृत्ति प्रेस स्वतन्त्रताको बाधक रहेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “पत्रकारबाट विभिन्न ठाउँबाट प्रभावित भएर आग्रहजन्य सूचना र विचार प्रवाह गर्ने काम भइरहेको छ ।”
राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले मानवअधिकार र अभिव्यक्ति स्वतन्त्रताको विषयमा राज्यको चरित्र उदार नभएको धारणा राख्नुभयो । संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता उल्लेख भएपनि विभिन्न सङ्कुचित पार्ने गरी धाराहरूमा प्रेस स्वतन्त्रतालाई सङ्कुचित पार्ने गरी कानुन बनाउन सकिने गरी व्यवस्था भएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अभिव्यक्ति स्वतन्त्रता भनेको नागरिक अधिकार मात्रै नभएर विश्वव्यापी अधिकारको विषय हो ।”
नेपाल पत्रकार महासङ्घका सचिव पवन आचार्यले परम्परागत मिडिया लोप हुँदै गइरहेको र न्यू मिडियामा ‘गेट किपिङ’ कमजोर रहेको बताउनुभयो । मिडिया साक्षरता त्यसमा पनि डिजिटल मिडिया साक्षरताका लागि काम गर्न आवश्यक रहेको उहाँले औँल्याउनुभयो ।
गृह मन्त्रालयका सूचना अधिकारी एकदेव अधिकारीले प्रेस स्वतन्त्रता देशका लागि अवसर भएको र यसलाई कुनै पनि बहानामा सङ्कुचन गर्न नहुने धारणा राख्नुभयो ।
नेपाल प्रहरीका प्रवक्ता दानबहादुर कार्कीले भीडभाडका समयमा प्रहरीले तोकेको निषेधित क्षेत्रभित्र जाँदा पनि कतिपय यस्ता घटना हुने गरेको बताउनुभयो ।
नेपाली सेनाका महासेनानी खेमराज शर्माले प्रेस स्वतन्त्रताको विषयमा सरोकारवाला मिलेर अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।
सशस्त्र प्रहरी बलका प्रवक्ता कुमार न्यौपानेले एउटै दृश्यमा हेर्ने दृष्टिकोण फरकफरक हुने भएपनि संवेदनशील विषयमा सबैको आँखा एउटै हुन जरुरी रहेको बताउनुभयो । कार्यक्रममा प्रेस सेन्टर नेपालका महासचिव सन्तोष पौडेल, समाजवादी प्रेस सङ्गठनका अध्यक्ष विश्वमणी सुवेदी, प्रेस मञ्च नेपालका कार्यवाहक अध्यक्ष मनोजकुमार यादव, श्रमजीवी पत्रकार सङ्घका अध्यक्ष जन्मदेव जैसी, फ्रिडम फोरमका अध्यक्ष हरि विनोद अधिकारी, सञ्चारिका समूहका अध्यक्ष बिमला तुम्खेवा, मिडिया एक्सन नेपालका अध्यक्ष लक्ष्मणदत्त पन्त, नेपाल आदिवासी जनजाती पत्रकार महासङ्घका महासचिव समीर बलामीलगायतले प्रेस स्वतन्त्रता संरक्षणमा राज्य जिम्मेवार भएर लाग्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा काउन्सिलका मुख्य अधिकृत झबिन्द्र भुसालले आर्थिक वर्ष २०८०र८१ को साउनदेखि हालसम्म भएका अनुगमनका ७९ घटनाका विवरणसहित जानकारी दिनुभयो । कार्यक्रमको सहजीकरण काउन्सिलका वरिष्ठ प्रशासकीय अधिकृत दीपक खनालले गर्नुभएको थियो ।

समावेशीतालाई खारेज गर्ने मनसायले नयाँ गठबन्धन बनेको हो ः प्रधानमन्त्री

प्रम दाहाल काठमाडौँ, २८ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' प्रतिनिधिसभाको शुक्रबारको बैठकमा नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा मन्तव्य व्यक्त गर्दै । तस्बिर : रत्न श्रेष्ठ/रासस

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा खेलवाड नगर्नु आग्रह गरेका छन् । समावेशीतालाई खारेज गर्ने मनासायले नयाँ गठबन्धन बनेको उल्लेख गर्दै उहाँले सम्पूर्ण महिला, दलित, जनजाति, मधेसी, अल्प संख्यकलाई सम्मान गर्नेगरी संविधान संशोधन गर्न प्रस्ताव गरे।
प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिवाद र प्रतिरोधको पहल भएको स्पष्ट पारे । उनले भने, “साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ छलफल ? त्यो तरिकाले पाउँछ जनताको स्वीकार्यता ? राष्ट्रिय सभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्रलाई किनारा लगाएर सम्भव छ संविधान संशोधन ?
कताकता तपाईहरूले स्थिरताका नाममा समावेशी प्रतिनिधित्व समाप्त गर्न खोज्नुभएको षड्यन्त्रको गन्ध आएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले अस्थिरताको कारण देखाएर समावेशी र समानुपातिक प्रतिनिधित्व अनि साना दलहरूको अस्तित्व समाप्त पार्न खोज्नुभएको कि भन्ने शङ्का गरे ।

“संविधान संशोधन नै गर्ने हो भने आउनुस्, खुला छलफल गरौं, प्रत्यक्ष निर्वाचित कार्यकारीमा जाऔं । दलित र महिलाको प्रतिनिधित्व अझै बढाएर जाउँ । उत्पीडित जाति, वर्ग र समुदायका अधिकारलाई अझ सुरक्षित गरौं,” प्रधानमन्त्री प्रचण्डले भने, “विपन्न वर्गको राज्यसंरचनामा प्रतिनिधित्व बढाऔं । महिला, उत्पीडित वर्ग, जाति र क्षेत्रको सम्मानजनक प्रतिनिधित्व यो संविधानको आत्मा हो । यसलाई खोसेर फेरी महिला, दलित आदिवासी जनजाति, मधेसी थारु र मुस्लिमलगायत धार्मिक अल्पसंख्यकलाई पहिले जस्तै राज्यका निकायमा प्रतिनिधित्वविहिन बनाउने षड्यन्त्र किमार्थ सफल हुनेछैन ।”
प्रधानमन्त्रीले थप भने, “हिजो जसको प्रतिनिधित्व केवल प्रतीकात्मक र निरंकुश शासकहरूको दयामा निर्भर थियो, आज त्यो सुनिश्चित र अधिकारपूर्ण छ । हिजो महिला प्रतिनिधित्व राज्य र दलहरूको विमर्शको विषयसम्म थिएन, आज केन्द्र र प्रदेशमा ३३ प्रतिशत र स्थानीय तहमा ४० प्रतिशत प्रतिनिधित्व संविधानबाटै सुनिश्चित भएको छ ।”

 

सुदामा ताजा समाचार

मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबैक्षेत्रको सक्रिय भूमिका आवश्यकःसभामुख...

काठमाडौँ, जेठ १६ गते । सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा...

इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन,बजाइए ५ सय भन्दा बढी च्याब्रुङ बाजा

इलाम, जेठ १६ गते । लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख...

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। विगत दुई—तीन दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान...