Page 14

चालु आर्थिक वर्षको अन्तिम दिन सरकारले गर्यो ३३ अर्ब ६१ करोडको भक्तानी

सरकारले एकै दिनमा ३३ अर्ब ६१ करोड रुपैयाँ बढी सरकारी खर्चको भुक्तानी गरेको छ। चालु आर्थिक वर्षको लागि अत्यावश्यक बाहेक सबै भुक्तानी गरिसक्नु पर्ने अन्तिम दिन सोमबार ठूलो रकमको दायित्व फरफारख गरिएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ।
महालेखाको तथ्यांक अनुसार सोमबार नौ अर्ब ८५ करोड २३ लाख रुपैयाँ बराबरको चालु खर्च भुक्तानी गरिएको छ।
त्यस्तै १४ अर्ब ४० करोड रुपैयाँ बराबरको पुँजीगत खर्चको भुक्तानी भएको छ।
सार्वजनिक ऋणको सावा भुक्तानी र संस्थानहरूमा गरिने लगानीको लागि विनियोजन गरिएको वित्तीय व्यवस्थापन खर्च सोमबार मात्रै नौ अर्ब ३५ करोड ९७ लाख रुपैयाँ भएको छ।
चालु वर्षमा हालसम्म भएको खर्चमा सोमबार मात्रै गरिएको भुक्तानी करिब तीन प्रतिशतको छ। चालु वर्षमा सरकारले १७ खर्ब ५१ अर्ब रुपैयाँको बजेट विनियोजन गरेको थियो। तर अहिलेसम्म १३ खर्ब ५६ अर्ब रुपैयाँको खर्च भएको छ। बजेट समीक्षाबाट १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिए पनि यो खर्च हुन नसक्ने भएको हो।

पुँजीगत खर्चको भुक्तानी भने एकै दिनमा ८ प्रतिशत बढी भएको छ। यो वर्ष सरकारले तीन खर्ब दुई अर्ब रुपैयाँ मात्रै पुँजीगत बजेट विनियोजन गरेको थियो। अहिलेसम्म एक खर्ब ७२ अर्ब रुपैयाँ खर्च भएको छ। यसमध्ये सोमबार एकै दिनमा १४ खर्ब ४० अर्ब पुँजीगत खर्चको बिल भुक्तानी भएको छ। अहिलेसम्म सरकारको पुँजीगत बजेट कार्यान्वयन ५७ प्रतिशत मात्रै पुगेको छ।

सोमबार भएको पुँजीगत खर्च चालु आर्थिक वर्षको पहिले तीन महिनामा भएको खर्च बराबर हो। यो आर्थिक वर्षको साउन १ देखि असोज २६ गतेसम्म १४ अर्ब चार करोड मात्रै पुँजीगत खर्च भएको थियो
यो वर्षलाई ११ खर्ब ४१ अर्ब चालु खर्च विनियोजन गरिएकोमा अहिलेसम्म जम्मा ८१ प्रतिशत खर्च भएको छ। त्यस्तै तीन खर्ब सात अर्ब रुपैयाँ वित्तीय व्यवस्थापन खर्च विनियोजन गरिएकोमा हालसम्म ८१ प्रतिशत नै खर्च भएको छ।

थप खर्च गर्न नपाइने
चालु आर्थिक वर्षको लागि अब नयाँ दायित्व सिर्जना हुने गरी खर्च गर्न पाइने छैन। आर्थिक कार्यविधि तथा वित्तीय उत्तर दायित्व नियमावलीले आर्थिक वर्ष सकिने अन्तिम सातामा नयाँ दायित्व सिर्जना हुने गरी खर्च बन्देज लगाएको छ। त्यस्तै अत्यावश्यक बाहेकको कुनै पनि किसिमको खर्च अन्तिम सातामा भुक्तानी गर्न नपाइने व्यवस्था नियमावलीमा गरिएको छ।
आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली २०७७ को नियम ३० ले आर्थिक वर्ष समाप्त हुनु अघि भुक्तानी निकासा बन्द गर्नु पर्ने व्यवस्था गरेको छ।
यसको उपनियम १ मा ‘विनियोजन ऐनले फ्रिज नहुने भनी तोकेको शीर्षकको रकम बाहेक भुक्तानी दिनु पर्ने अन्य रकम आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा सात दिन अगावै भुक्तानी दिई निकासा र खर्चको लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नु पर्ने उल्लेख गरिएको छ। विनियोजन ऐनले फ्रिज नहुने भनी कुनै पनि शीर्षकलाई तोकेको छैन। अर्थका अधिकारीहरूका अनुसार छुट्टै ऐनबाट सञ्चालन हुने सरकारी कोषहरूबाट हुने खर्चमा फ्रिज नहुने व्यवस्था गरिए पनि सरकारको सञ्चित कोषबाट हुने खर्चमा यस्तो शीर्षक तोकिएको छैन।

उप नियम २ मा दायित्व सिर्जना भइसकेको तर भुक्तानी नभएको रकम भने आर्थिक वर्षको अन्तिम दिन अगावै भुक्तानी गर्ने भनिएको छ। अवधि समाप्त भएपछि कार्यालयलाई कार्यक्रम संशोधन भई थप बजेट प्राप्त भएमा, खर्चको स्रोत परिवर्तन भएमा वा अति आवश्यक काम परी खर्च गर्नु परेमा त्यस्तो खर्च पुस्ट्याइँ गर्ने बिल भरपाई, बजेट थप भएको प्रमाण र अन्य कागजातसहित कोष तथा लेखा नियन्त्रक कार्यालयमा पेस गरी भुक्तानी निकासा माग गर्न सकिनेछ,’ भन्ने व्यवस्था गरिएको छ। यो अवधिमा भुक्तानी दिने वा नदिने निर्णय लिने अधिकार कोष तथा लेखा नियन्त्रकहरूलाई दिइएको छ। यस कारण पनि अनिवार्य भुक्तानीको अन्तिम समय आर्थिक वर्ष सकिनु भन्दा एक साता अघिको अन्तिम दिन रहन्छ।

 

‘विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी छ’ःहिक्मत कार्की प्रदेश मुख्यमन्त्री

मोरङ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की विपद् जोखिम न्यूनीकरणका लागि प्रविधिको प्रयोग जरूरी रहेको बताएका छन् । त्यसका लागि सम्भावित जोखियुक्त स्थानमा जनताको जीउधन सुरक्षाका लागि तत्काल सूचना सम्प्रेषण गर्न निःशुल्क वाइफाई जडान गर्न उनले निर्देशन दिए ।
प्रदेश आन्तरिक मामिला मन्त्रालयद्वारा ‘कोशी प्रदेश विपद् व्यवस्थापन पोर्टल’ दष्उबम।पयकजष्।नयख।लउ को आज शुभारम्भ गर्दै उनले विपद् जोखिममा रहेका र जङ्गली जनावरबाट हुने क्षति रोक्न ती स्थानबाट सहज सूचना दिने उद्देश्यले निःशुल्क वाइफाई जडान गर्नुपर्ने बताए ।
मुख्यमन्त्री कार्कीले विपद्का समयमा नागरिकले प्राप्त गर्ने र स्थलगतरूपमा दिइने सूचनाले समयमै सुरक्षा गतिविधि अगाडि बढाउन सूचना प्रविधिको सञ्चालन महत्वपूर्ण हुने बताए ।
प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले विपद्को अवस्थामा साथ र सहयोग पु¥याउने सरकार प्रतिबद्ध रहेको बताए ।
उक्त पार्टलमा बाढीपहिरो आउने स्थानका नागरिकलाई पूर्वसूचना दिने, नागरिकले आकस्मिक फोन गर्न सक्ने, सुझाव र गुनासा राख्ने, प्रक्रियागत अवस्था, भिडियो सन्देश तथा सम्बोधन, न्युज फिडलगायत सुविधा रहेका पार्टल निर्माणकर्ता दिवस लामिछानेले जानकारी दिए

समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न तीन चरणमा रकम भुक्तानी गर्न सकिने गर्भनर अधिकारीको सुझाव

संसदीय छानबिन विशेष समितिको बैठक – गर्भनर अधिकारी काठमाडौँ, २४ असार ः सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित ‘संसदीय छानबिन विशेष समिति’को सोमबार सिंहदरबारमा बसेको बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी । तस्बिर ः किरणराज विष्ट÷रासस

काठमाडौँ। नेपाल राष्ट्र बैंकले समस्याग्रस्त सहकारीका समस्या समाधान गर्न पाँचबुँदे सुझाव प्रस्तुत गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिको आजको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले पाँच बुँदाका आधारमा अघि बढे सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न सकिने बताएको बैठकपछि समितिका सभापति सूर्यबहादुर थापाले सञ्चारकर्मीलाई जानकारी दिए ।

गभर्नर अधिकारीले तीन चरणमा बचत फिर्ता गर्न सकिने योजना प्रस्तुत गरेका थिए । उनले पहिलो चरणमा एक लाखसम्म, दोस्रो चरणमा पाँच लाखसम्म र तेस्रो चरणमा पाँच लाखभन्दा बढी बचत हुने बचतकर्ताका रकम फिर्ता गर्न सकिने सुझाव दिए ।

समस्या समाधान गर्न ‘डेडिकेटेड’ समूह बनाउने, समस्याग्रस्त बैंकका समस्या समाधान गर्दा अपनाइएका तरिकाका आधारमा अघि बढ्न सकिने प्रस्ताव पनि राष्ट्र बैंकले अघि सारेको छ । भूगोलको सीमा नराखी कारोबार गरेका सहकारीका विषयमा आवश्यक व्यवस्था गर्नुपर्ने गभर्नर अधिकारीको सुझाव थियो ।

सहकारीलाई नियमन गर्ने निकायको स्थापना गरिनुपर्ने, सहकारी स्वनियममा चल्छन् भनी छोड्न नहुने, ऋणीका बारेमा सहकारीलाई कुनै जानकारी नहुने गरेकाले त्यो समस्या समाधानको उपया विषय निश्चित गर्न पनि विज्ञले सुझाएका छन् ।

बैठकमा कर्जा सूचना केन्द्रका प्रमुख कार्यकारी अधिकृत अनिलचन्द्र अधिकारीले विद्यमान स्थितिमा एउटै केन्द्रले काम गर्न सकिने उल्लेख गर्दै यसका लागि आवश्यक कानुनी व्यवस्था मिलाउनुपर्नेमा जोड दिए । कर्जा सूचना केन्द्रमा एकीकृत सूचना प्रणालीको व्यवस्था गरिनुपर्ने पनि उनको सुझाव थियो ।

बीमा र सहकारीका विषयमा छुट्टै सूचना केन्द्र स्थापना गरिनुपर्ने सुझावसमेत बैठकमा प्रस्तुत गरिएको थियो । नेपाल बैँकर्स एशोसियसनका अध्यक्ष सुनील केसीले सहकारीको जस्तो समस्या अरु वित्तीय संस्थामा पनि आउनसक्ने तर्फ सचेत गराउँदै त्यसअघि नै छिटो समस्या समाधान गरिनुपर्ने बताए ।

अघिल्लो सहकारी सुझाव कार्यदलका संयोजक डा जयकान्त राउतले सुझाव कार्यान्वयन नभएकैले सहकारी क्षेत्रमा समस्या बढ्दै गएको बताए । सहकारीको मूल्यमान्यता र सिद्धान्तका आधारमा चलेका सहकारीमा समस्या नरहेको र सिद्धान्तविपरीत चलेका सबैजसो सहकारी समस्यामा रहेको उनले सुनाए ।

सहकारी क्षेत्रमा पनि ऋण असुली न्यायाधीकरणको स्थापना गरिनुपर्ने पनि विज्ञहरूको रायस थियो । बैठकमा सभापति थापपाले सरकारले पीडित बचतकर्तालाई पैसा दिन सक्छ वा सक्दैन भन्ने विषयमा छलफल भई नसकेको बताए । बचत फिर्ता गर्नु सम्बन्धित सहकारीको मुख्य काम भनी अहिले छलफल भइरहेको उनको भनाइ छ ।
आगामी आर्थिक वर्षको बजेटमा रु पाँच लाखसम्म बचत हुनेलाई फिर्ता गर्ने विषय उल्लेख भई आएपछि केही सहकारीले बचत टुक्रा बनाएर रु पाँच लाखभन्दा कम बनाउने बदमासी गर्न थालेको सूचना पनि समितिले पाएको त्यसअवसरमा जानकारी गराइएको थियो ।

नेपाल उद्योग बाणिज्य महाँसङमा व्यवस्थामा संशोधन भयो


नेपाल उद्योग वाणिज्य महासंघले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था संशोधन गरेको छ। योसँगै अबदेखि संघको अध्यक्ष पनि प्रत्यक्ष निर्वाचनबाट चयन हुने भएको छ।
सोमबार बसेको महासंघको कार्य समितिले सर्वसम्मत विधान संशोधन गरी प्रत्यक्ष निर्वाचन प्रणालीबाट अध्यक्ष चयन गर्ने व्यवस्था गरेको हो।
कार्यसमिति बैठकले विधान सर्वसम्मतिले पारित गरेको र अबदेखि उद्योग वाणिज्य महासंघको अध्यक्ष निर्वाचनबाट चयन हुने भएको महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले जानकारी दिए।
ुयो प्रावधानले सक्षम व्यक्तिलाई प्रत्यक्ष रूपमा अध्यक्ष लड्न सहयोग पुग्नेछ,ु ढकालले भने।
यो प्रावधान हालका वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष भएपछिको अर्को एक कार्यकालपछि लागू हुने बताइएको छ। हालका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठको अध्यक्ष कार्यकाल सकिएपछि विधान कार्यान्वयनमा जानेछ।
महासंघ अध्यक्षमा अस्वच्छ प्रतिस्पर्धा भएको भन्दै पशुपति मुरारका अध्यक्ष भएको कार्यकालपछि वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था गरिएको थियो। त्यसपछि वरिष्ठ उपाध्यक्ष बनेका भवानी राणा, शेखर गोल्छा र चन्द्र ढकाल स्वतः अध्यक्ष बनेका हुन्। हालका वरिष्ठ उपाध्यक्ष पनि स्वतः अध्यक्ष बन्नेछन्। त्यसपछि भने निर्वाचन हुनेछ।

संशोधित नयाँ विधानमा दुई जना वरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको छ। त्यस्तै हाल एक महिला उपाध्यक्ष रहेकामा थप एक जना महिला उपाध्यक्ष पनि व्यवस्था गरिएको छ।

भारतको बिहारमा चट्याङलागेर १२ जनाको मृत्यु

नयाँदिल्ली। भारतको पूर्वी राज्य बिहारमा चट्याङ लागेर कम्तीमा १२ जनाको मृत्यु भएको त्यहाँका अधिकारीहरूले बताएका छन् ।
पछिल्लो २४ घण्टामा राज्यका सात जिल्लामा मेघगर्जन र चट्याङसहित भारी वर्षा भएको छ ।
“विगत २४ घण्टामा चट्याङका कारण जमुई र कैमुरमा तीन, रोहतासमा दुई र सहरसा, सारण, भोजपुर र गोपालगञ्जमा एक जनाको मृत्यु भएको छ”, मुख्यमन्त्रीको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
वर्षाको समयमा खेतमा काम गर्ने र रूखमुनि आश्रय लिने मानिसहरूलाई चट्याङ लागेर धेरैको मृत्यु भएको रिपोर्टहरूले बताएको छ ।
हरेक वर्ष मनसुन सुरु भएसँगै भारतमा चट्याङ लागेर सयौँको मृत्यु हुने गरेको छ ।

प्रधानमन्त्री प्रचण्डलाई इमान्दारीताका आधारमा पदबाट राजीनामा दिन एमाले सांसदहरुरको आग्रह

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सरकार चलाउनका लागि आवश्यक बहुमतको अभाव भएकाले इमानदारिताका आधारमा पदबाट राजीनामा दिन नेकपा एमाले सांसदहरूले आग्रह गरेका छन्
सोमबारको प्रतिनिधि सभाको सोमवारको बैठकको आकस्मिक समयमा बोल्दै नेकपा एमाले सांसदहरूले प्रधानमन्त्रीको अविलम्ब राजीनामा दिन आग्रह गरेका हुन् । प्रधानमन्त्री अल्पमतमा परिसकेकाले सरकारमा बसिरहन उचित नहुने भन्दै इमानदारिताका आधारमा पदबाट राजीनामा दिनुपर्ने एमालेको माग छ ।

सरकारले प्रकोप पीडित जनताको उद्धार, राहत र पुनः स्थापनामा प्रभावकारी ढङ्गले काम अगाडी बढाउन नसकेको भन्दै समस्या समाधानका लागि योग्य सरकार गठनका लागि प्रधानमन्त्री प्रचण्डले पदबाट राजीनामा दिन एमालेले दबाब दिएको हो । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा रहेको दोस्रो ठुलो दल नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएर काँग्रेस र एमालेको सरकार गठनका लागि सहमति गरिसकेका छन् ।

प्रधानमन्त्री प्रचण्डसंसदको तेस्रो दल भएर पनि कहिले संसदकोपहिलोदल नेपाली कांग्रेसको त कहिले संससदको दोस्रोठूलो दल नेकपाएमालेको समर्थनमा पाँचै वर्ष प्रधानमन्त्रीको पद पड्काउने मौकामा थिए । तर प्रधानमन्त्ती प्रचण्डको राजनैतिक नैतिक संस्कार नभएको भन्दै एमालेले प्रधानमन्त्रीलाई ब्याक हुन बाध्य पारेपछि अहिले प्रधानमन्त्री प्रचण्ड
कुम्लो कुटुरो बोकेर असार २८ पछि निजी निवास फर्किने तयारीमा लागेका छन् ।

नेकपा एमालेले सक्षम सरकार गठनका लागि प्रधानमन्त्री प्रचण्डले मार्ग प्रशस्त गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । नेकपा एमाले सांसद अच्युतप्रसाद मैनाली,सांसद किरणकुमार साह,सांसद वासुदेव घिमिरेले सरकारले विपद्को समयमा उद्धार, राहत र पुनः स्थापनाको काम सरकारले अगाडि बढाउन नसकेको बताउँदै तत्काल पदबाट प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गरे ।

एपीएफ ह्वीलचियर बास्केटबल च्याम्पियन

काठमाडौं । गोकर्णेश्वर न.पा. अत्तरखेलस्थित बौद्ध इन्टरनेशनल स्कुलमा सम्पन्न पारा विशेष खेलकुद प्रतियोगिता अन्र्तगत ह्वीलचियर बास्केटबलको उपाधि पुरुषतर्फ एपीएफ क्लब र महिलातर्फ सुदूरपश्चिम प्रदेशले जितेको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजना तथा नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघको व्यवस्थापनमा उक्त प्रतियोगिता सम्पन्न भएको हो ।
नकआउट चरणमा भएको खेलमा पुरुष तर्फ भएको पहिलो खेलमा एपीएफ क्लबले त्रिभुवन आर्मी क्लबलाई २८–३५ को अन्तरले सजिलै पराजित गर्दै सेमिफाइनलको यात्रामा अघि बढेको थियो । त्यस्तै सेमीफाइनलमा गण्डकी प्रदेशलाई पनि फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा पुगेको एपीएफले बागमती प्रदेशलाई ३९–२० को

अन्तरले विजयी भई उपाधि जितेको थियो ।
त्यस्तै महिलातर्फ कर्णाली प्रदेशलाई हराउँदै फाइनल पुगेको सुदूरपश्चिमले कोशी प्रदेशलाई १५–१० को अन्तरले जित निकाल्दै उपाधि जितेको थियो ।
पुरूषतर्फ गण्डकी र महिलातर्फ लुम्बिनी तेस्रो हुन सफल भयो ।
उपाधिका लागि एपीएफबाट प्रेमबहादुर वि.क.ले महत्वपूर्ण भूमिका खेले । उनले यो प्रतियोगिताभर कुल ४ वटा थ्री पोइन्टर बास्केट गर्न सफल भए । उनै प्रेम उत्कृष्ट खेलाडी तथा सर्वाधिक बास्केटकर्ता समेत बने ।
त्यस्तै महिला तर्फ भने तुल्सी थापा मगरले उत्कृष्ट खेल प्रदर्शन गरे । उनी उत्कृष्ट खेलाडी समेत बने । त्यस्तै सर्वाधिक बास्केटकता भने ऐश्वरी क्षेत्री बने ।
विजेतालाई राखेपकी सदस्य एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, बागमती प्रदेश सभासद् लक्ष्मी घिमिरे र नेपाल स्पाइनल कोर्ड इन्जुरी खेलकुद संघकी अध्यक्ष देवी आचार्यले पुरस्कार वितरण गरेका थिए । विजेता टाेलीले २० हजार, १५ हजार, १० हजार नगदसहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए ।

कम्पनिहरुले पाए खानी खोजतलास गर्ने अनुति

काठमाडौं । खानी तथा भूगर्भ विभागले देशका विभिन्न स्थानमा रहेका ८० वटा खानी खोजतलासका लागि अनुमति दिएको छ ।
चालु आर्थिक वर्षको साउनदेखि जेठ मसान्तसम्म विभिन्न कम्पनीलाई खानी खोजतलासका लागि प्रमाणपत्र प्रदान गरिएको विभागका सूचना अधिकारी नारायण बाँस्कोटाले जानकारी दिए ।
सोही समयमा ८ वटा खानी उत्खननका लागि प्रमाणपत्र प्रदान गरेको छ । चालु आवमा देशभरिका विभिन्न एक सय सात खानीको अनुगमन गरेको र एक सय १४ स्थानको उत्खनन तथा खोजतलास अनुमति प्रमाणपत्र रद्द गरेको सूचना अधिकारी बाँस्कोटाले बताए ।
यस्तै, दैलेखमा रहेको सम्भावित पेट्रोलियम भण्डार क्षेत्र अन्वेषणका लागि चीन सरकारको सहयोगमा ड्रिलिङ कार्य सञ्चालन भइरहेको विभागले जनाएको छ । हालसम्म नौ सय ५१ मिटर ड्रिलिङ कार्य सम्पन्न भइसकेको छ ।
विभागले पहिलो चरणमा सुर्खेतस्थित चुनढुंगा खानीको प्रवर्द्धन सम्पन्न गरेको र उक्त समयमा ५८ करोड ७४ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

मनकामना केवलकार २६ औं वर्षमा प्रवेश, मर्मत कार्य हँदै

,काठमाडौं, संचालनको २५ वर्ष पूरा गरी २६ औं वर्षमा संचालन भइरहेको मनकामना केवुलकार नेपालको प्रथम तथा सर्वलोकप्रिय केवुलकार मानिन्छ । अष्ट्रियाको विश्वकै १ नं। कम्पनी डोपलमायर बाट आयातित मेशिनरीहरू बिना कुनै प्राविधिक समस्या अटुट रूपमा २६ औं वर्षमा संचालनमा आइरहेको कुरा सर्वविदितै छ ।
२६ वर्ष अगाडि जडित यो प्रविधिमा क्रमिक रूपले समय अनुरूप धेरै विकास भइसकेको र हाल निर्माता कम्पनीले समेत यसका पार्टपूर्जा आदि दिन निकट भविष्यमा समस्या रहने र निर्माता कम्पनीकै सुझावमा समय सापेक्ष अनुसार केवुलकारको स्तरोन्नति गर्न लागिएको हो ।
हाम्रो प्रविधि एनालोगमा आधारित प्रविधि हो र यसमा जडित मेन मोटर डि।सि।करेन्टबाट चल्दछ । हाल स्तरोन्नति हुने प्रविधि डिजिटल र नवीनतम् प्रविधि हो र यसलाई डोपलमायर को डि कनेक्ट सिस्टम भनिन्छ । यसमा सम्पूर्ण डिजिटल प्रविधिबाट चल्नुका साथै यसको मेन मोटर अब एसि करेन्टबाट चल्नेछ । पुरानो मोटर, कन्ट्रोल सिस्टम प्यानलहरू सबै यसै प्रणालीमा आधारित हुने भएकोले सबै नै मुख्य मेशिनरीहरू सोही अनुसार फेरिने हुन्छ ।
त्यस्तै हाल दुई स्टेशन बीच जडित कम्युनिकेसन केवल समेत डिजिटल प्रविधि अनुरूप हुने भएकोले सो पनि फेरिने हुन्छ जस्को लम्बाई करीव ३ हजार २ सय मिटरको हुनेछ ।त्यस्तै मेन केवल तार लठ्ठा पनि क्रमश ः पुरानो भएकोले सो समेत यसै पटक रोकिएको अवधिमा फेरिने छ र त्यसको लम्बाई करीव ६ हजार ५सय मिटरको हुनेछ । केवलकारको सबैभन्दा सुरक्षा दृष्टिकोणले मुख्य मानिने ग्रीपहरु जस्को माध्यमबाट गोन्डोला तारमा झुन्डिने हुन्छ, सम्पूर्ण फेर्ने कार्य २ वर्ष अघि नै सम्पन्न गरिसकेको छ ।
डोपलमायरको प्राविधिकहरू नै आएर गर्ने सो कार्य गर्न लाग्ने समयको प्रारम्भिक अनुमान ५० दिन लाग्ने डोपलमायर प्राविधिकहरूको छ । तर मौसम आदि अन्य कुराको आधारमा अनुमानित समय चाँडो पनि हुन सक्छ वा लम्बिन सक्ने समेत हुन सक्छ । यस विषयमा हामी आदरणीय यात्रुहरूलाई समयभित्रमा नै सूचित गरेका छन् ।
हाल गरिने मुख्य कार्यहरू मेन लठ्ठा तार फेर्ने, कम्युनिकेसन तार फेर्ने, थ्राइरेस्टर प्यानल तथा अप्रेसन प्यानल फेरिने डिजिटल कन्ट्रोल, सम्पूर्ण वाइरिङहरू फेरिने, डिसि मेन मोटर फेरि एसि मेन मोटर ड्राइभ राखिने, ३ वटा टावर हाउलिङ गरिने, अन्य अत्यावश्यक कार्यहरू गरिने, जनशक्ति तालिम अन दि जब ट्रेनिङ गरिने लगायतका कार्य गरिन्छ ।
यस कार्य गरिंदा स्टेशन भवन, टावरहरू, बुल हवयेल तथा बुल हवयेल फ्रेम र गोन्डोला यथावत नै रहनेछ । तथापि २ वर्ष अगावै यसमा गर्नुपर्ने आवश्यक जाँच पडताल तथा अन्य टावर हरूको हाउलिङ डोपलमायरका प्राविधिकहरूले गरी मर्मत तथा फेरिनु पर्ने मुख्यतया मेकानिकल सामान कार्य गरिसकेको छ ।
डिजिटल प्रविधि अनुसार यसको संचालन छुट्टै सफ्टवयरबाट कम्युटर प्रणालीबाट संचालनमा आउनुका साथै कतिपय प्राविधिक समस्या डोपलमायरबाट अष्ट्रियाबाट नै अनलाइन समाधान गर्न सकिने हुन्छ । स्तरोन्नति कार्यको लगानी करीव ५० करोडको हुनेछ । केवुलकार तल्लो स्टेशनमा रहेको रेष्टुरेन्ट उक्त बन्द अवधिभर यथावत संचालन भई सेवा प्रदान गरिनेछ ।

कृषि विकास बैंकले गर्यो राधाकृष्ण मन्दिरलाई कार्यालय सामाग्रीले सहयोग

काठमाडौं । कृषि विकास बैंकले श्री राधाकृष्ण मन्दिर नागार्जुनकाठमाडौंलाई रु.ं१ लाख बराबरको दराज, कुर्चि, टेवल लगायतका फर्निचर सामाग्री हस्तान्तरण गरेको छ । बैंकले सो सहयोग संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत गरेको हो ।
फर्निचर सामाग्री हस्तान्तरण कार्यक्रमको अध्यक्षता मन्दिर संरक्षण समितिका अध्यक्ष नरहरी घिमिरेले गरेका थिए प्रमुख अथितिको रुपमा कृषि विकास बैंकका उप–महाप्रबन्धक डां बाबुकाजी थापा थिए ।
कार्यक्रममा कृषि विकास बैंकको तर्फबाट वरिष्ठ शाखा प्रमुखद्धय ध्रुव पौडेल र प्रकाश अर्याल, शाखा प्रमुख दिपक थापा, मन्दिर संरक्षण समितिका पदाधिकारीहरु लगायत श्रदालु भक्तजनहरुको उल्लेख्य उपस्थिति थियो ।

सुदामा ताजा समाचार

मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबैक्षेत्रको सक्रिय भूमिका आवश्यकःसभामुख...

काठमाडौँ, जेठ १६ गते । सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा...

इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन,बजाइए ५ सय भन्दा बढी च्याब्रुङ बाजा

इलाम, जेठ १६ गते । लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख...

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। विगत दुई—तीन दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान...