Page 16

सप्तकोशीमा ३४ वटा ढोका खोलिए

धरान, सुनसरी ।सप्तकोसी नदीको जलसतह बढेर यस वर्षकै सबैभन्दा उच्च भएपछि कोशी व्यारेजका ३४ वटा ढोका खोलेर पानीको निकाश दिईएको छ । दिउँसो ३ बजे कोसी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जलसतह मापन गरेकोनियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ ।
आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जलसतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए । उनले भने, “पहाडी क्षेत्रमा हिजोदेखि निरन्तर वर्षा भएसँगै कोसी नदीमा जलसतह उच्च भएको हो । जलसतह उच्च भए पनि हालसम्म पूर्वी तटबन्धमा कुनै क्षति भएको छैन ।”

आलोकनगरमा एकीकृत समाजवादीको पहिलो केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेकपा एकीकृत समाजवादी कोदशौंमहाधीवसन पछिको पहिलो केन्द्रीय कमिटी बैठक बसीरहेको छ
बैठकमा दशौं राष्ट्रिय महाधिवेशनका स्वयंसेवकहरूलाई कुशलतापूूर्वक महाधिवेशन सम्पन्न गरेकोमा अध्यक्ष माधवकुमार नेपालले प्रशंसापत्र प्रदान गरेका छन् । यस्तै, आजै आयोजित कार्यक्रममा भूतपूर्व सैनिक तथा प्रहरी सङ्गठन समाजवादीले नवनिर्वाचित केन्द्रीय कमिटीलाई बधाई ज्ञापन गरेको छ ।
बैठकमा पार्टीको बाँकी पदाधिकारी र केन्द्रीय कमिटी चयन, पार्टीको रणनीतिलगायत समासामियक बिषयमा छलफल हुने नेता जीवनराम श्रेष्ठले बताए । हालै सकिएको महाधिवेशनले अध्यक्ष, सम्मानित नेता, महासचिव र ९३ सदस्यीय केन्द्रीय सदस्य सर्वसम्मत घोषणा गरेको थियो । तर बाँकी पदाधिकारीमा नेताहरु धेरै आकांक्षी भएपछि सहमति टुंग्याउने भन्दै महाधिवेशन सम्मन्न गराइएको थियो । नेकपा एसमा २९९ र २१ पदाधिकारी चहुने व्यवस्था छ । वरिष्ठ उपाध्यक्ष, उमहासचिव र सचिवमा १९ सहित २०६ केन्द्रीय सदस्य चयन गर्नुपर्नेछ ।

अविरल बर्षासँगै देशका विभिन्न स्थानमा बाढी र पहिरो

काठमाडौं । अविरल वर्षासँगै देशका विभिन्न स्थानमा बाढी, पहिरोका घटनाहरु बढीरहेकाछन् । विभिन्न स्थानमा साना ठूला सडकहरु पहिरोका कारण अवरुद्ध बनेका छन् ।
शुक्रबारदेखि सुरु भएको बर्षाले गर्दा काठमाडौं उपत्यकाका ठूला नदी र खोलाहरु बढेको छ। कतिपय ठाउँ डुवानमा परेको छ । बर्षासँगै आएको पहिरोले सिद्धार्थ राजमार्गमा अवरुद्ध भएको छ ।
पहिरोले सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल खण्डको कालीमाटी, चर्चरे, बर्तुङु र राम्दी नजिकै पहिरो खसेको प्रहरीले जानकारी दिएको छ । यस्तै तानसेन–तम्घास सडक खण्डको अर्गली र जोर्ते क्षेत्रमा पनि पहिरो खसेर सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिए ।
सडकमा खसेको पहिरोको कारण दुवै सडक शनिबार बिहानैदेखि अवरुद्ध बनेका छन् । सडक अवरुद्ध भएसङ्गै पहाड र तराईको यात्रामा निस्केका सवारी र यात्रु बाटोमै रोकिएका छ्न ।
, कालीमाटी, चर्चरे र राम्दी क्षेत्रका सडक एकतर्फी खुलाइएको छ । अन्य स्थानको पहिरो हटाउन भने केही समय लाग्ने प्रहरीले जनाएको छ । यता अविरल वर्षासँगै आएको पहिरोले बीपी राजमार्ग अवरुद्ध भएको छ । सिन्धुलीको सुनकोशी गाउँपालिका कमिरेफाडमा पहिरो आएपछि सडक अवरुद्ध भएको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गोलन्जोर गाउँपालिका अक्करेभिरमा पहिरो जाँदा मध्य पहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । पहिरो पन्छाउने काम भइरहेको प्रहरीले जानकारी दिएको छ ।

गायिका नम्रताको स्वरमा “माया पिरतीको गाउँ ” सार्वजनिक

काठमाडौँ । गायिका नम्रता खरेल र गायक प्रविण वेडवाल को स्वरमा “माया पिरतीको गाउँ ” बोल गीतकोभिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतको शब्द तथा संगीत सागर अधिकारी सरद को रहेको छ । गीतको भिडियोमा माया प्रेम बैंश र जीबनको अर्थलाई कलात्मक तरिकाले देखाइएको छ । गीतमा प्रेमी प्रेमीका विचको अन्तरंग कुराकानी लाई समेटिएको छ । मायामा रुपको पछी भन्दा पनी भावनालाई एक आपसमा कदर गर्नुपर्ने कुरा गीतमा गरिएको छ ।
गीतमा सन्तोष तामाङको छाँयाङकन , विजय राज भुर्तेल को निर्देशन तथा सम्पादन तथा समिर राईको कन्सेप्ट रहेको छ ।

उपत्यकाका नदी खोलामा पानीको बहाव बढेपछि सुरक्षा निकायले थाल्यो करिडोरमा गस्ती

काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीले उपत्यकाका करिडोर क्षेत्रमा सम्भावित जोखिम रोक्न प्रहरीको गस्ती थालिएको जानकारी दिए । उनले भने ‘बाढीले नदीका तटीय क्षेत्रका बासिन्दालाई पर्नसक्ने असर र जोखिमलाई मध्यनजर गरेर सबै करिडोरमा गस्ती थालिएको छ ।’
उनले वाग्मती, विष्णुमती, मनहरा, हमुमन्तेलगायत सबै नदी खोलाका करिडोरमा अहिले प्रहरीको गस्ती जारी रहेको जानकारी दिए । उनले अहिलेसम्म उपत्यकामा विपद्जन्य घटना नभएको पनि जानकारी दिए । तीनवटै जिल्लाका सुरक्षाकर्मीलाई परिचालनका लागि तयारी हालतमा राखिएको पनि प्रवक्ता मैनालीले बताए ।

उनले भने ‘यो बेलामा घटना भइहाल्न सक्छन्, त्यसलाई ध्यानमा राखेर टोली तयारी अवस्थामा छन्, कतैबाट सूचना आउनेवित्तिकै परिचालन हुन्छन् ।’ वर्षाका कारण आज देशका अधिकांश जिल्लाको जनजीवन प्रभावित भएको छ भने ठाउँठाउँमा सडक अवरुद्ध भएको छ ।

ेएमाले संसदीय दलको बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेले संसदीय दलको बैठक बस्दै छ । आइतबार बिहान १० बजे संसद् भवनको ल्होत्से हलमा बैठक बस्न लागेको हो ।
बैठकमा एमालेका सांसद्हरुलाई अनिवार्य उपस्थितिको लागि निर्देशन दिइएको छ । भोलि प्रतिनिधि सभा बैठक बस्नु अघि सदनमा एमालेको भूमिकाबारे छलफल गर्न संसदीय दलको बैठक बोलाइएको प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
नयाँ समीकरण बनेपछि एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

सत्ता सहमति भएको जानकारी गराउन कांग्रेस बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्ने भएको छ । बैठक नयाँ वानेश्वरस्थित संघीय संसद् भवनको ल्होत्से हलमा दिउँसो ३ बजे बस्ने तय भएको छ
यही असार १७ गते नेकपा एमालेसँग सत्ता सहकार्यको सहमति भएसँगै त्यसबारे जानकारी गराउन बैठक बस्न लागेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
असार १९ गते बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार गठनको सहमति अनुमोदन गरेको थियो ।
आजको बैठकले पनि सोही निर्णयलाई अनुमोदन गर्ने प्रमुख सचेतक लेखकले जनाए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिन संघीय संसद्लाई जानकारी गराएका छन ।

 

दल जति नयाँ सत्तासमिकरणमा, प्रधानमन्त्रीले को सँग विश्वासको मत लिने

काठमाडौँ । नेपाली कांग्रेस र नेपाल कम्युनिस्ट पार्टी एमाले बिच सत्ता सहकार्यको सहमति भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सत्ता गठबन्धनमा सहभागी दलले पनि नयाँ समीकरणलाई नै समर्थन गर्ने तयारी गरेका छन् ।
उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल, अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेका हुन् । डा.ं चन्द्रकान्त सिकेराउत नेतृत्वको जनमत पार्टीले मधेश प्रदेश सरकारको नेतृत्वलाई निरन्तरता दिने सर्तमा सरकारलाई समर्थन गर्ने भएको छ ।

नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशमलाल चौधरीले पनि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेर नयाँ सत्ता गठबन्धनलाई समर्थन गर्ने वचन दिएको छ तर नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले नयाँ गठबन्धनका सन्दर्भमा परिस्थिति हेरेर निर्णयमा पुग्ने बताए ।

प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी उहाँकै दल नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र०, राष्ट्रिय स्वतन्त्र पार्टी र नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० ले प्रतिपक्षमा बस्ने तयारी गरेका छन् । संसद्मा नेपाली कांग्रेसको ८८, नेपाल कम्युनिस्ट पार्टी ९एमाले० को ७९, जनता समाजवादी पार्टी नेपालको पाँच, जनता समाजवादी पार्टीको सात, जनमत पार्टीको चार, लोकतान्त्रिक समाजवादी पार्टी नेपालको चार र नागरिक उन्मुक्ति पार्टीको चार सिट छ ।

वर्तमान सत्ता गठबन्धनको नेपाल कम्युनिस्ट पार्टी ९माओवादी केन्द्र० को ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१ र नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी० १० सिट रहेका छन् । अहिलेसम्म अनिर्णीत रहेका राष्ट्रिय जनमोर्चाको एक, आम जनता पार्टीको एक सिट र सदावहार प्रतिपक्ष नेपाल मजदुर किसान पार्टीको एक सिट रहेको छ । साथै स्वतन्त्र दुई सांसदले पनि निर्णय गरिसकेका छैनन् ।

पाँच दलसँग प्रधानमन्त्रीको छलफल

प्रधानमन्त्री प्रचण्डले सत्ता सहयात्री दल नेपाल कम्युनिस्ट पार्टी ९एकीकृत समाजवादी०, राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीका शीर्ष नेतासँग छलफल गर्नुभएको छ ।

पूर्वप्रधानमन्त्रीद्वय एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपप्रधानमन्त्री एवं गृहमन्त्री तथा रास्वपा सभापति रवि लामिछाने, जनमत पार्टी अध्यक्ष डा। चन्द्रकान्त ९सिके० राउत र नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठसहित नेताहरूसँग उनले बदलिँदो परिस्थितिका सन्दर्भमा छलफल गर्नुभएको हो ।

बैठकपछि अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डसँग पछिल्लो राजनीतिक परिवेश र असार २८ गते विश्वासको मत लिने सन्दर्भमा छलफल भएको बताए । उहाँले विश्वासको मत दिने पक्षमा आफू रहेको बताए । अन्य दलले पार्टीमा छलफल गर्ने बताएका छन् ।

जसपाका मन्त्रीको राजीनामा

जसपा अध्यक्ष राईले शुक्रबारै प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । जनता समाजवादी पार्टीबाट प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकारमा सहभागी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, वन तथा वातावरणमन्त्री नवलकिशोर साह सुडी र स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खानले राजीनामा दिए ।

अध्यक्ष घिमिरेको अध्यक्षतामा एनएमबी लघुवित्तको साधारण सभा सम्पन्न

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको ११औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष गोबिन्द घिमिरेको अध्यक्षतामा आज पोखराको पोखराको होटल बाराहीमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष आवको वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गरेको छ ।
चालु आवका लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ । साथै, सभाले सर्वसाधारण समुहबाट जितेन्द्र बाहिती र सविता सापकोटालाई सञ्चालक पदमा निर्विरोध निर्वाचित गरेको छ ।
कम्पनीले अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर प्रक्रिया अघि बढाउने र सोको लागि संचालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि पारित गरेको छ ।
कम्पनीले सभा प्रयोजनार्थ असार ७ गतेदेखि बुक क्लोज गरिसकेको थियो । यसका आधारमा असार ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनी मात्रै सभामा भाग लिएका छन् ।

एनआईसी बैंक द्धारा प्यान अध्यावधिक गर्न ग्राहकहरुलाई आग्रह

कामाडौं । एनआईसी एसिया बैंकले स्थायी लेखा नम्बर प्यान अद्यावधिक गर्न सेवाग्राहीसँग आग्रह गरेको छ ।
ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकार, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभागमार्फत जारी गरिएको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले प्यान अद्यावधिक गर्न बैंकले ग्राहकलाई आग्रह गरेको हो ।
मोबाइल बैंकिङ एपमा रहेको विकल्पमा ट्याब गरी प्यान अद्यावधिक गर्न सकिने बैंकको भनाइ छ । आफूलाई पायक पर्ने यस बैंकको जुनसुकै शाखा कार्यालयबाट पनि प्यान अद्यावधिक गर्न सकिने छ ।
बैंकका अनुसार यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाईरेकर्डमा जनाउनका लागि पनि प्यान अत्यावश्यक छ । प्यान अद्यावधिक भएपछि करकट्टीको विवरण सो प्यानमा प्रबिष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची १० मा करकट्टीको विवरण मिलान गर्ने गर्दछ ।
जसले गर्दा ग्राहकहरूलाई करकट्टी प्रमाणपत्र र कर चुक्ता प्रमाणपत्र प्राप्त गर्न सहज हुनुका साथै प्रमाणपत्र लिन बैंकसम्म धाउनुपर्ने अवस्थाको समेत अन्त्य हुने विश्वास बैंकको छ ।

सुदामा ताजा समाचार

मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचार मुक्त बनाउन सबैक्षेत्रको सक्रिय भूमिका आवश्यकःसभामुख...

काठमाडौँ, जेठ १६ गते । सभामुख डोलप्रसाद अर्यालले मुलुकलाई समृद्ध, सुशासित र भ्रष्टाचारमुक्त बनाउन सबै क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको बताउनुभएको छ । शनिबार काठमाडौँमा...

इलाममा बृहत् च्याब्रुङ नाच प्रदर्शन,बजाइए ५ सय भन्दा बढी च्याब्रुङ बाजा

इलाम, जेठ १६ गते । लिम्बू जातिको कला र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले इलामको माङ्सेबुङ गाउँपालिकामा ‘केलाङ प्रदर्शनी’ गरिएको छ । माङ्सेबुङमा रहेको प्रमुख...

प्रचण्ड मेडिसिटी अस्पताल भर्ना

पूर्व प्रधानमन्त्री तथा नेपाली कम्यूनिष्टपार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ अस्वस्थ भई अस्पताल भर्ना भएका छन्। विगत दुई—तीन दिनदेखि स्वास्थ्यमा समस्या देखिएपछि उनलाई शनिबार बिहान...