Page 4

अब देश बचाउन युवाशक्ति एकभएर लाग्नुको विकल्प छैन

चन्दन शाक्य नेपाली राजनीतिमा नौलो नाम होइन । उनी २०६२ सालमै राजतन्त्रका बेला काठमाडौंको भोटाहिटी वडा नं। २५ इन्द्रचोकमा वडा अध्यक्ष भई चर्चा कमाई सकेका व्यक्ति हुन् । तत्कालिन समयमा नै भ्रष्टाचार विरोधी अभियानमा लागेका उनी अहिलेसम्म पनि भ्रष्टहरुको चर्को विरोध गर्दै आएका छन् । वडा अध्यक्ष भएका बेला वडाका भ्रष्ट कर्मचारीलाई चड्कन दि“दा उनलाई घेर्न नगरपालिकाका मेयर, वडा कर्मचारी उनकै घरमा पुगेका थिए । उनकै कारण मेयर लगायत सबै पदच्यूत भए । उनी ती दिनहरुको बेला–बेलामा स्मरण गरिरहन्छन् ।
२०६२÷०६३ सालको आन्दोलनले राजतन्त्र नगएको भए उनलाई मन्त्री बन्ने अवसर प्राप्त हु“दै थियो । तर, राजतन्त्र नै गएपछि अवसर स्वतः गुमेर गयो । उनी पिता पुर्खाले गर्दै आएको व्यापार छोडेर राजनीतिमा हामफालेका व्यक्ति हुन् । राजतन्त्र फर्किए एक पटक मन्त्रीको अवसर चुम्ने अपेक्षामा समाज सेवामा जुटिरहेकै छन् । उनी आफु जस्तै युवाहरु देशभर भए जनता उल्लु नहुने दावी समेत गर्दछन् । प्रस्तुत छ उनीस“ग सुदामा प्रतिनिधिले गरेको कुराकानीः

देशको अवस्था कस्तो छ ?
देशको अवस्था चिन्ताजनक छ । जनताले हदैसम्मको दुःख पाएका छन् । देशको आर्थिक स्थिति गिर्दै गएको छ । देश ऋणमा चुर्लुम्म डुबेको छ । नेता मोटाएका छन् । जनता दुब्लाएका छन् । हरेक नेपालीको टाउकोमा ८० हजार भन्दा माथि ऋणको भार छ । आयात बढेको बढ्यै छ, निर्यात घटेको घट्यै छ । यस्तो अवस्थाले देश ऋणमा डुबेको हो । देशको आर्थिक अवस्था खच्किनुको कारण भ्रष्टाचार मौलाउँदै जानु हो ।
देशको अवस्था कसरी सुधार्न सकिन्छ त ?
देशको अवस्थामा सुधार ल्याउन यूवा जमातको हातमा राजनीति आउनु पर्दछ । बुढा नेताहरु अभिभावक बन्नु पर्दछ । भ्रष्टाचार निर्मूल हुनुपर्दछ । नेताले लुटेका देशको सम्पत्ति राज्य ढुकुटीमा ल्याउन सक्नु पर्दछ । यसो गर्दा देशको आर्थिक अवस्था र राजनीतिक अवस्थामा केही हदसम्म सुधार ल्याउन सकिन्छ ।
भ्रष्टहरुलाई कसरी लाइनमा ल्याउन सकिएला त ?
पहिलो कुरा त भ्रष्टमतिका नेता, कर्मचारीले सोच्नु पर्दछ कि भ्रष्टाचार गर्नु भनेको जन्मदिने आमाको रगत पिउनु सरह हो । यस्तो सोच राखे भ्रष्टाचार आफैं रोकिन्छ । तर देशको ढुकुटीमा तर मार्न पल्केकाहरुबाट भ्रष्टाचार निर्मुल हुन्छ भनेर सोच्नै सकिदैन । तसर्थ भ्रष्टाचारलाई न्यूनिकरण गर्दै लान भ्रष्टचारीको सम्पत्ति जफत गरी राष्ट्रिय ढुकुटीमा भेला गर्ने, भ्रष्टलाई जन्मकैदको सजाय दिने वा देश निकाला गर्ने लगायतका काम निष्पक्ष रुपमा गर्ने हो भने भ्रष्टहरु लाइनमा आउँछन् ।
देशको अवस्था यस्तो हुनुमा कस्को हात छ ?
देशको अवस्था यस्तो हुनुमा राजनीतिक दलका नेता र उनका कार्यकर्ताहरुको ठूलो हात रहेको
छ ।
नेपालको लोकतान्त्रिक गणतन्त्रको व्यवस्थामा सरकारको स्थायित्व किन नभएको होला ?
नेताहरु धेरै अवसरवादी बन्नु र स्वविवेकमा चल्न नसकेको हुँदा कुनै पनि दल नेतृत्वको सरकारले पुरै कार्यकालपाँच वर्ष सरकारको नेतृत्व गर्न नसकेका हुन् । नेताहरुको ध्यान कसरी सत्तामा पुग्ने र सत्ता टिकाइ राख्ने भन्नेमा मात्रै केन्द्रीत हुँदा र विदेशीको इसारामा चलेका कारण सरकार सँधै फेरबदल हुने गरेको हो । यस्तो परिपाटीको अन्त्य नभएसम्म सरकार यसरी नै चलिरहन्छ । विकासमा अवरोध पनि आईनै रहन्छ । यसमा कुनै शंकै
छैन ।
गणतन्त्रमा के हुनु पर्दथ्यो र के
भएन ?
गणतन्त्रमा सबै नेपाली सुखी हुनु पर्दथ्यो, देश समृद्ध बन्नुपर्ने थियो, क्षमतावान जनताले समान अवसर पाउनु पर्दथ्यो तर त्यो
भएन । अवसर पाउने भनेको नेता, कार्यकर्ताका छोराछोरी र उनका आफन्तले मात्र अवसर पाउने
भए । त्यसैले गणतन्त्र ‘कागलाई बेल पाक्यो, हर्ष न विस्मात’ भनेझै भएको छ नेपाली जनतालाई गणतन्त्र । गणतन्त्रले जनताको उल्लेखनीय काम गर्न सकेको छैन ।
राजतन्त्र ब्यू“तिएला त ?
राजतन्त्र ढिलो–चाडो एकदिन ब्यूँतिन्छ । शंका गर्ने ठाउँनै छैन । जनतामा आक्रोश फैलिएको छ । एक दिन राजतन्त्र आउँछ–आउँछ प्रतिक्षा गरौं ।
राजावादी हु“ भन्नेले एक पटक निकै आन्दोलन गरे । अहिले सामसुम छ, यसरी आउँछ त राजतन्त्र ?
उनीहरुले राजतन्त्र फर्काउन आन्दोलन गरेकै होइन । स्वार्थका लागि मात्रै गरेको हो आन्दोलन । अहिले खर्च सकियो त्यसैले आन्दोलन पनि रोकियो ।
त्यसो भए कस्ले ल्याउन सक्छन् त राजतन्त्र ?
राजतन्त्र आक्रोशित जनताले ल्याउन सक्छन् ।
देशको विकास त राजतन्त्रमा भन्दा लोकतन्त्रमा बढी भएको छ भनिन्छ नि ?
केही रुपमा भएको त छ तर जनताले अनुभूति गर्न सक्ने गरी विकास भएको छैन ।
कामनपाको मेयर बालेन्द्र शाहको काम कस्तो लाग्छ ?
उनले पनि नगरवासीका कामहरु खासै गर्न सकेका छैनन् । कुरा मात्रै बढी गर्दै आएका छन् । तत्कालिन महानगर प्रमुख केशव स्थापित घरघरमा जनता भेट्न आउथे । तर अहिले बालेन शाह भने आउँदैनन् । जनताका पीरमर्का बुझ्न नै नआउने अहिलेका नेताले जनताका काम गर्लान् भन्ने कुरामा विश्वस्त हुने ठाउँ नै छैन ।
नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनमा बनेको सरकारबाट के अपेक्षा गर्नुभएको छ ?
गठबन्धनमा बनेको सरकार पदीय भागबण्डा गर्ने र बाँडीचुँडी रकम भत्ता खान मात्र बनेको हो । यसले जनताको काम गर्ने वाला छैन ।
त्यसो भए देश विकास गर्न कस्ता नेताले सक्लान् ?
जनताका काममा त्याग गर्न सक्ने, भ्रष्टाचार नगर्ने नेताले मात्र देश विकास गर्न सक्छन् । जस्तो कि उदाहरणका लागि राप्रपाका नेता बुद्धिमान तामाङलाई लिन सकिन्छ । त्यसैगरी नेपाली कांग्रेसमा पनि वि।पी।कोइराला, कृष्ण प्रसाद भट्टराई थिए । नेपाल कम्युनिष्ट पार्टीमा मनमोहन अधिकारी, मदन भण्डारी जस्ता व्यक्तिलाई लिन सकिन्छ । वर्तमानमा बुद्धिमान तामाङ जस्ता नेता भए मात्र देशको विकास सम्भव छ । मलाई राजनीतिमा लाग्न प्रेरित गर्ने नै बुद्धिमान तामाङ हुन् । म उनीप्रति सँधै आभारी पनि छु ।
अन्तमा भन्नुपर्ने कुरा केही छ कि ?
अब भन्नुपर्ने कुरा खासै केही छैन । देश बचाउने हो भने राजा आउनु पर्छ । सम्पूर्ण यूवा एक जुट हुनुपर्दछ । नत्र भने देश अझै बर्बादीतर्फ धकेलिने छ । बुढा नेताको नेतृत्वमा देशको विकास कदापी सम्भव छैन । यसबारे जनताले सोच्न सक्नु पर्दछ ।

अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङको भाउ बढ्यो ःनेपाल राष्ट्रबैक

काठमाडौँ।आज अमेरिकी डलर, युरो र पाउण्ड स्ट्रलिङलगायतको विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकका अनुसार मङ्गलबारको तुलनामा बुधबार ती मुद्राको भाउ बढेको हो ।
बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३४ रुपैयाँ ९९ पैसा कायम छ । मङ्गलबार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ९५ पैसा र बिक्रीदर १३४ रुपैयाँ ५५ पैसा थियो ।

त्यसैगरी मङ्गलबार युरो एकको खरिददर १४९ रुपैयाँ ५६ पैसा र बिक्रीदर १५० रुपैयाँ २३ पैसा रहेकामा आज खरिददर १४९ रुपैयाँ ६६ पैसा र बिक्रीदर १५० रुपैयाँ ३३ पैसा तथा बेलायतको पाउण्ड स्ट्रलिङको मूल्य आज एकको खरिददर १७७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७७ रुपैयाँ ९६ पैसा कायम छ । मङ्गलबार पाउण्ड स्ट्रलिङको भाउ एकको खरिददर १७६ रुपैयाँ ६० पैसा र बिक्रीदर १७७ रुपैयाँ ३९ पैसा थियो ।

स्वीस फ्रयाङ्क एकको खरिददर १५८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १५९ रुपैयाँ १७ पैसा कायम छ । अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ९२ पैसा र बिक्रीदर ९१ रुपैयाँ ३३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपैयाँ ५१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ९६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०२ रुपैयाँ ८० पैसा र बिक्रीदर १०३ रुपैयाँ २६ पैसा कायम छ ।

बैंकका अनुसार जापानी येन १० को खरिददर ९ रुपैयाँ २६ पैसा र बिक्रीदर ९ रुपैयाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८० पैसा र बिक्रीदर १८ रुपैयाँ ८८ पैसा कायम छ ।

त्यसैगरी साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९२ पैसा, थाइ भाट एकको खरिददर ३ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३ रुपैयाँ ९५ पैसा, यूएई दिराम एकको खरिददर ३६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ६४ पैसा कायम छ ।

केन्द्रीय बैंकका अनुसार मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९६ पैसा, कोरियन वन १०० को खरिददर १० रुपैयाँ ७ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ १४ पैसा र बिक्रीदर १३ रुपैयाँ २० पैसा कायम छ ।

डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ ६ पैसा र बिक्रीदर २० रुपैयाँ १५ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १७ पैसा र बिक्रीदर १७ रुपैयाँ २५ पैसा, कुवेती दिनार एकको खरिददर ४३८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ४४० रुपैयाँ ८७ पैसा र बहराइन दिनार एकको खरिददर ३५५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५७ रुपैयाँ १५ पैसा कायम छ ।

केन्द्रीय बैंकले खुला बजारमा भने मूल्य फरक पर्न सक्ने जनाएको छ ।

 

प्रतिनिधिसभाको बैठक दिनको १ वजे बस्दै,

काठमाडौं । आज संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्ने भएको हो ।
बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन विधेयक, २०८१ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सांसद डा। तोसिमा कार्कीले ‘हैजा महामारीका कारण निम्तिन सक्ने स्वास्थ्य सङ्कटकालको पूर्वानुमान, नियन्त्रण र द्रुत प्रतिकार्यलाई प्रभावकारी बनाउनु पर्ने’ भन्ने सार्वजनिक महत्वको विषयमाथि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रीको ध्यानाकर्षण गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

 

जीवन विज्ञान प्रतिष्ठानले भदौ १४ गते ध्यान शिविर गर्ने, शिविरमा प्रधान मन्त्री लगायतले ध्यानयोग गर्ने ।

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसहित संघीय संसद्का दुवै सदनका सांसदहरूले एकसाथ ध्यान र योग गर्ने भएका छन् । जीवन विज्ञान प्रतिष्ठानले संसद् सचिवालयसँग मिलेर भदौ १४ गते ध्यान शिविर गर्न लागेको हो ।
प्रधानमन्त्री ओली प्रमुख अतिथि रहने सो कार्यक्रममा सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालसहित दुवै सदनका सांसदहरूको सहभागितामा ध्यान शिविर हुन लागेको छ ।
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा हुने सो कार्यक्रममा सहभागी हुन सांसदहरूलाई योगाभ्यास गर्न सहज हुने खुकुलो पोसाक लगाएर आउन आयोजक जीवन विज्ञान प्रतिष्ठानले आग्रह समेत गरेको छ ।
कार्यक्रमपछि आयोजकले सांसदहरूलाई माछा मासु बिनाको सात्त्विक भोजनको पनि व्यवस्था गरेको छ ।
आयोजकले सांसदहरूलाई पठाएको पत्रमा भनिएको छ,‘व्यक्तिभित्र अन्तर्निहित स्वास्थ्य, सुख, आत्मविश्वास, प्रेम, ज्ञान, सङ्कल्प र आनन्दका असीमित क्षमताहरू योग, ध्यान, साधनाका वैज्ञानिक र मनोविज्ञानका गहिरा सूत्रको प्रयोगबाट प्रकट गर्न सरकारका विभिन्न अङ्ग, निकाय तथा गैरसरकारी सङ्घसंस्थाहरूसँग सहकार्य गर्दै आएको जीवन विज्ञानले नेपाली माटोमा जन्मिएर हालसम्म विश्वका ७० भन्दा बढी मुलुकहरूमा वैज्ञानिक अध्यात्मको प्रयोगसम्बन्धी सेवा विस्तार गरिसकेको छ । यसै सिलसिलामा संसद् सचिवालयसँगको सहकार्यमा सम्माननीय प्रधानमन्त्रीज्यूको प्रमुख आतिथ्यता तथा सम्माननीय सभामुख ज्यू र राष्ट्रिय सभा अध्यक्षज्यूको समेत उपस्थितिमा २०८१ भदौ १४ गते शुक्रबार दुवै सदनका माननीयज्यूहरूका लागि स्वजागरण कार्यक्रम तय भएको छ।
व्यवस्थापक अभिषेक अधिकारीका अनुसार कार्यक्रम विहान ८ वजे देखि ११ वजे सम्म हुने छ । जनाएका छन् ।

इक्यानले मनायो वार्षिकोत्सव

काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर सुडीले गणतन्त्रय स्थापना भएपछि महिला सशक्तिकरणका क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताएका छन् । नेपाल शैक्षिक परामर्श संघ इक्यानले वार्षिकोत्सवका अवसरमा मंगलबार होटल हिल्टनमा आयोजना गरेको दोस्रो वुमन लिडरसिप कन्क्लेभमा उनले गणतन्त्र स्थापनापछि महिलाहरुको सहभागिता र सशक्तिकरणमा उल्लेख्य उपलब्धि हासिल भएको बताए ।
उनले संवैधानिक व्यवस्था अनुसार नै गणतन्त्रमा केन्द्र, प्रदेश र स्थानीय तहमा महिलाको नेतृत्व तहमा ४० प्रतिशतको व्यवस्थाकै कारण अहिले पालिकाहरुमा प्रतिनिधित्व बढेको स्मरण गरे ।
“संविधानमार्फत हामीले महिलाका लागि ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गरेका छौँ, तर त्यो पर्याप्त छैन, आजका दिनसम्म जे जति उपलब्धि हासिल भएका छन् । त्यसलाई संस्थागत गर्दै ५० प्रतिशत सहभागिताको सुनिश्चितता हुनु आवश्यक छ”, उनले भने ।
पछिल्लो समय दूरदराजमा महिलाहरुमा पछिल्लो समय जागरुकता बढेको र त्यसलाई थप प्रोत्साहन गर्दै अघि बढ्नुपर्नेमा उनले जोड दिए । मन्त्री सुडीले आफूलाई मतदान गर्ने कुल मतदातामध्ये ५६ प्रतिशत महिला रहेको उल्लेख गर्दै भने, “मलाई महिलाहरुले विजयी बनाउने र उनीहरुको हक हितका लागि काम नगर्ने भन्ने हुँदैन, यो मेरो जिम्मेवारी पनि हो । म सरकारको प्रतिनिधिका हैसियतमा महिलाहरुको अर्थपूर्ण सहमगिता बढाउनका लागि पहल गर्ने प्रतिबद्धता जनाउछु ।
आफू पाँच वर्ष प्रदेशमा मन्त्री रहँदा प्रदेश लोकसेवा आयोगको परीक्षामा ५० प्रतिशत कोटा महिलाका लागि छुट्याइनुपर्ने विषयमा कानून निर्माण गरेको समेत स्मरण गरे ।
मन्त्री सुडीले आगामी असोज ६ गतेसम्म देशभरमा विभिन्न क्षेत्रमा क्रियाशील एक हजार महिलालाई राजधानी काठमाडौँमा जम्मा गरेर नेतृत्व विकास र संविधान तथा कानूनबारे जानकारी दिने गरी मन्त्रालयले तयारी गरिरहेको समेत जानकारी दिए
वार्षिकोत्सवकार्यक्रममा इक्यानका अध्यक्ष शेषराज भट्टराईले महिलाहरुको उपस्थितिले कुनै पनि क्षेत्रलाई बलियो बनाउन सक्ने विषय शैक्षिक परामर्श क्षेत्रमा क्रियाशील महिलाले प्रमाणित गरेको बताए । उनले भने, “महिला र पुरुष सबै उत्तिकै क्षमतावान छौँ, अवसर प्राप्त भएका बखतमा विभिन्न क्षेत्रमा महिलाहरुलाई आफूलाई प्रमाणित गरिसक्नु भएको छ, इक्यानको यो कार्यक्रम यही यथार्थलाई थप प्रमाणित गर्नु हो ।
उनले कुनै पनि क्षेत्रमा महिलाको सहभागिता मात्रै नभइ अर्थपूर्ण सहभागिताले मात्रै वास्तविक प्रतिनिधित्व हुने उल्लेख गर्दै राज्यका नीति निर्माणका तहमा पनि उहाँहरुको उपस्थिति बलियो हुनुपर्छ भन्ने इक्यानको मत रहेको बताए । उनले महिलाको उपस्थितिले व्यवसायलाई थप बलियो बनाउनेमा आफू विश्वस्त रहेको समेत उल्ल्लेख गरे ।
त्यस अवसरमा शैक्षिक परामर्श क्षेत्रमा लामो समयदेखि क्रियाशील भइ राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा समेत महत्वपूर्ण योगदान दिने विभिन्न उद्यमी महिलाहरुलाई सम्मान गरिएको थियो । मन्त्री सुडीले उनीहरुलाई प्रमाणपत्र र अध्यक्ष भट्टराईले खादा ओढाएर सम्मान गरेका थिए
कार्यक्रममा डा नम्रता पाण्डेले सहभागीलाई काम र व्यक्तिगत जीवनलाई कसरी सन्तुलित राख्ने भन्ने विषयमा मोटिभेसन दिनुभएको थियो । उनले महिलाका लागि निजी जीवन, परिवार र व्यवसायिक जीवनबीचको सन्तुलन कायम गर्न चुनौतीपूर्ण भए पनि आध्यात्मिकताका माध्यमबाट त्यसलाई सन्तुलनमा राख्न सकिनेमा जोड दिइन्

 

कर्मले मान्छे महान हुँदो रहेछः नगरप्रमुख गोपाल हमाल

धनगढी । धनगढी नगरपालिकाका नगर प्रमुख गोपाल हमालले कर्मले मान्छे ठूलो हुने कुरा बताएका छन् । आर्थिक रुपमा विपन्न र दलित परिवारमा जन्मेर पनि कृष्ण दमाइले संस्कृत विषयमा आचार्य९स्नातकोत्तर० गर्न सफल भएपछि उनलाई बाजा गाजा र नगदले सम्मान गर्ने क्रममा नगरप्रमुख हमालले त्यस्तो अभिव्यक्ति दिएका हुन् ।
नगरप्रमुख गोपाल हमालले आचार्य दमाईलाई सम्मानका क्रममा सम्मान पत्र र नगद रु १ लाख ५१ हजार प्रदान गरेका छन् । उनले सुदुरपश्चिममै जन्मेको दमाइको छोराले मान्छे कर्मले महान् हुन्छ भन्ने सन्देश दिन सफल भएकोमा खुशी व्यक्त पनि गरे । उनले भने, ‘जातले कोही सानो ठूलो हुँदैन, कर्मअनुसार मान्छेको मान, सम्मान र हैसियत बन्ने हो । आज सुदुरपश्चिमको दमाइको छोराले संस्कृतबाट आचार्य पास गरेर संसारलाई कर्मअनुसार पहिचान बन्छ भन्ने सन्देश दिएको छ ।’
कर्म अनुसार मान्छेको पहिचान बन्छ र सम्मान हुन्छ भन्ने प्रेरणा र सन्देश दिन धनगढी उपमहानगरले दमाईलाई सम्मान गरेको नगरप्रमुख हमालले बताए । उनको आर्थिक विपन्नतालाई ध्यानमा राखेर धनगढी उपमहानगरले रोजगारी समेत दिने भएको छ । कृष्णले चाहेका बेला रोजगारी दिने घोषणा नगरप्रमुख हमालले गरेको बताइएको छ ।

मानवअधिकार र देशभक्ति परस्परमा परिपुरक छन्

मानवतालाई चाहिने जति पनि संशाधन छन्, प्रक्रिया छन्, बौद्धिक क्षमता, स्वच्छ वातावरण, कानूनी अधिकार, सीप र प्रविधि सिक्नुपर्ने क्षेत्र छन् । प्राकृतिक वस्तु, पारस्परिक सहयोग हुन् । प्राय यी सबैनै प्राप्त गर्न पाउनु भनेको मानवाधिकार अन्र्तगत पर्छन् भने मानिसलाई सहजै रुपमा विचरण गरी आआफु बाँचेर अग्रगामी पाइला चाल्न पाउनु नै मानवाधिकार र देशभक्ति परस्परमा परिपूरक हुन् भन्ने कुरा प्रमाणित हुन्छ । मानिस स्वभावैले सामाजिक प्राणी हो, त्यसैले उसलाई परिवार, समाज र देश चाहिन्छ तर देशमा हुनुपर्ने काम चाहि नभएर अरु–अरु नै गतिविधि हुन थाल्यो भने मानिसको जीवन यात्रा चौपट हुन पुग्छ । यसर्थ मानवताको लागि नगरी नहुने काम आफुले गर्ने र अरुलाई पनि गर्न प्रेरणा दिने प्रक्रिया अन्र्तगत देशभक्ति झल्किन्छ । मानवाधिकारवादी परिपक्व सिद्धान्त र देशभक्ति पूर्ण शुद्धाचरण नभै अबको युग चल्न गाह्रै पर्ने देखिन थालेको छ । मानिसको आकर्षक व्यवहार नभए देश चल्दैन, देशमा हुनैपर्ने काम नभ मानवता पनि संकटमा पर्ने हुन सक्छ । मानिसले आफ्नो जीवनयात्रालाई सहज बनाउन देश बनाउनु पर्दछ । देश बनिए मात्र मानिसले आफ्नो अधिकार खोज्ने ठाउँ पाउन सक्छ । यसर्थ मानिसले देश बनाउन र आफ्नो अधिकार मजबुत पार्न देशभक्तिपूर्ण कदम चाल्दै प्राथमिकताको आधारमा कामहरु सम्पन्न गर्दै अग्रगामी पाइलाहरुलाई गतिशील बनाउन आवश्यक छ ।
प्रस्तुत छन् केही बुँदाहरुः
देशमा गर्नेपर्ने कामहरु मध्ये सबै नै परस्परमा सम्बन्धित भए पनि प्राथमिकताको आधारमा सम्पन्न गर्दै जाने नीति अवलम्वन गर्न सकियो भने अझ प्रभावकारी हुने गर्छः
तसर्थ
कृषि क्षेत्रलाई भरपर्दो बनाउनु पर्दछः
अन्न बाली र तरकारी बाली लगायत कृषि क्षेत्रमा उत्पादन गर्न सकिने जति पनि बालीनाली छन् यिनीहरुलाई उल्लेख्य रुपमा उत्पादन गरी नेपालीहरुलाई सजिलो हुने गरी प्राण धान्ने काममा त्रुटि हुन दिनु हुँदैन । कृषि क्षेत्रलाई मानिसको प्राणाधार क्षेत्र मानेर हुबहु प्रयासका साथ हामी नेपालीहरु आत्मनिर्भर बन्न सक्यौ भने अन्न खरिदका लागि अरबों रुपियाँले अरु महत्वपूर्ण कामहरु हामी गर्न सक्छौं । मानवताको सुरक्षा हुन्छ, देश बनाउन सजिलो पर्दछ ।
शिक्षा जगत हौसलापूर्ण हुनुपर्दछ ।
शिक्षाबाट पाइने र चाहिने जति पनि उपलब्धिहरु छन् ती सबै जसो शिक्षा आर्जन गर्ने जति मानिसले पाएको अवस्था हुनुपर्दछ । आजको आधुनिक युगमा विचरण गर्दै गरेको मानिसले आफुले शिक्षा पाउन सकेन भने उसँग भएका थप क्षमताहरु त्यसै निष्क्रिय भएर जान सक्छन् । आफ्नो देशको नागरिक काम पनि गर्न जान्दैन, जानेर गर्छु भन्दा पनि पाउँदैन भने देश कता पुग्छ हामी सबैले सोचौ । नागरिकहरु आफ्नो क्षमताको आधारमा उत्पादन र उत्पादकत्वलाई नबढाउने हो भने यसलाई पनि हामीले मध्यनजर लगाउनै पर्छ । त्यसैले शिक्षा जगतलाई दोस्रो नम्बरमा राखेर कदम चाल्नु आवश्यक छ ।
नागरिकहरु निरोगी बन्न सक्नुपर्दछः
यहाँ नागरिकहरु भन्नाले देशमा रहेका सबै जनताहरुलाई इंगित गर्ने प्रयास भएको छ । अब हाम्रो देश नेपालको कुनै घरमा बाँच्ने उपाय संशाधनहरु पुग्दो मात्रामा छन्, परिवारका सबै सदस्यहरु विद्वान छन्, काम गर्न कोही असक्षम छैनन् तर आधार जसो बिरामी छन् भने त्यो घरको हालत कस्तो होला, त्यस्तै देशका नागरिकहरुलाई रुग्णताले छाउँदै जाने हो भने देशको प्रगति भनेको बिरामी निको हुँदै ठिक्क
होला । अनि कसरी होला देशको विकास रु माथि उल्लेख कृषि र शिक्षालाई जस्तै सँगसँगै भने जस्तो स्वास्थ्य क्षेत्र पनि उत्तिकै सशक्त हुन आवश्यक देखिन्छ । निरोगी भै बाँच्न पाउने अधिकार पनि मानवाधिकार अन्र्तगत पर्न सक्छ । देश चलाउन नागरिकहरुलाई अधिकार दिने र देश भक्तित्व भावलाई अझ सशक्त बनाउन पनि आरोग्यताको नै खाँचो पर्दछ । यातायात र सञ्चारका साधनहरु विश्वसनीय र पुग्दो मात्रामा हुनुपर्दछः
यातायात भन्नाले स्थलमार्ग, हवाइमाग भन्ने बुझिन्छ भने सञ्चार भन्नाले मुलुकमा कहा कहाँ के भैरहेको छ सो बारे जानकारी लेनदेन भन्ने बुझिन्छ । मानव जीवनमा यी माध्यमहरुले पनि निकै महत्व खट्किने भएकोले यातायात र सञ्चारका साधनहरुलाई निकै गम्भीरतापूर्वक व्यवस्थित गर्न सकिएन भने मानवाधिकार र देशभक्ति प्रक्रिया राम्रोसँग नचल्ने हुन जान्छ । वर्तमान सम्मको गतिविधिलाई हेर्दा त्यति विश्वसनीय नभै राखेको अवस्था देखा परिराखेको छ, किनकी कहिले हवाई दुर्घटना, कहिले बस खोलामा परेर हराउने जस्ता अप्रिय घटनाक्रमले देशलाइ आक्रान्त पारिराखेकै छ । मानिसको जीवनमा नभै नहुने यस्ता साधनहरुलाई भरपर्दो बनाउन सके मानवाधिकार र देशभक्तिपूर्ण कार्य प्रणाली मजबुत भएर देश अगाडि बढ्न सक्ने थियो ।
वन पैदावार र खानी उद्योगलाई प्रभावकारी बनाउन आवश्यकः
पुर्खाले भनेको कहाँ झुटो हुन्थ्यो र रु साँच्चै नै हो रहेछ “हरियो वन नेपालको धन” भन्ने लोकोक्ती । आफुले गर्न पाए हुन्थ्यो चाहि होइन, अर्काले गरिदिए हुन्थ्यो भन्ने मानसिकताले नेपालीहरुलाई सताउन थालेको अनुभूत हुँदैछ । यस्तो नभएर आफ्नै लागि आफैले गर्न पाए हुन्थ्यो भन्ने सोच हुने हो भने हरियो वन पनि नेपाली धर्तीको बलियो अर्थतन्त्रको जग हुने थियो । धेरैभन्दा धेरै चिजबिजहरु वनमा उत्पादन गर्न सकिन्थ्यो नेपालीको जीवनस्तर उकास्न, देशको अर्थतन्त्र मजबुत पार्न वन पैदावार र खानी उद्योगबाट असम्भव हुने
थिएन ।
दायित्व र विकासः
राज्यको अस्तित्व जोगाउन संसारका हरेक राष्ट्रले आवश्यक संयन्त्रहरु निर्माण गरेकै हुन्छन् । राज्यका अंगहरु परिचालन गर्नु हरेक राष्ट्रको प्रमुख दायित्व हुन्छ भने सँगसँगै विकास प्रक्रियालाई पनि अगाडि बढाउनु पर्ने हुन्छ । यसैले माथि उल्लेख पाँच वटा बुँदाहरु पनि विकास प्रक्रिया अन्र्तगतका भए पनि दायित्व प्रकरणको रुपमा सम्झेर देशको राजनीति हाँक्ने राष्ट्रिय व्यक्तित्वहरुले गम्भीर भै सोचेर लागि परिदिनु भए भने नेपाली जनताको दिन फिर्ने कुरामा शंका गर्नुपर्ने छैन तर आवश्यक कुराहरुमा ध्यान नदिएर राजनैतिक सिद्धान्त अन्र्तगत मानविय सिद्धान्त परेन भने दुर्भाग्यले साटो नफेर्ला भन्न सकिन्न । संसारको सामु हामी नेपाली इमान्दार र बहादुर नै छौं । त्यसैले काम परि आइलाग्दा पछि पनि पर्ने छैनौं । राष्ट्र सप्रिएर गाँजिने छौं ।
म्बmदबच

प्रेसकार्ड दुरुपयोग गर्ने पत्रकारलाई हदै सम्मको कारवाही गरिन्छ अध्यक्ष बस्नेत

काठमाडौं । प्रेसकाउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ‘प्रेसकार्ड’को दुरुपयोग गर्ने पत्रकारलाई कानून बमोजिम हदैसम्मको कारवाही गरिने बताउनुभएको छ ।
प्रेस काउन्सिल नेपालद्वारा आयोजित ‘आमसञ्चारमाध्यम’ विषयका विद्यार्थीहरुसँगको मिडिया अभिमुखिकरण कार्यक्रममा उहाँले प्रेसकार्डको दुरुपयोग गर्ने जो कोहीलाई कारवाहीको दायरामा ल्याउने प्रतिबद्धता गर्नुभयो । समाजलाई तर्साउन र धम्क्याउन नभई सिर्जनात्मक काम गर्नका लागि व्यवस्था गरिएको प्रेस परिचय पत्रको सही रुपमा सदुपयोग हुनुपर्नेमा जोड दिनुभयो । अध्यक्ष बस्नेतले पछिल्लो समय प्रेस पास दुरुपयोग भएको विषयलाई लिएर धेरै गुनासा आएको विषयलाई ध्यानमा राखेर छानबिन भइरहेको बताउनु भयो । सामाजिक सञ्जाल र आमसञ्चार माध्यमबाट सम्प्रेषित समाचार सामग्रीले नागरिकमा अन्यौल र समस्या सिर्जना गरेकाले त्यसलाई सम्बोधन गर्न मिडिया साक्षरता आवश्यकता भएको अध्यक्ष बस्नेतको भनाई रहेको छ ।
पत्रकार र सञ्चार माध्यमलाई मात्र होइन, अहिले सूचना प्रविधिको कारण मिडिया साक्षरता समाजका लागि पनि आवश्यक भएको उल्लेख गर्दै अध्यक्ष बस्नेतले सकारात्मक परिवर्तनका सवाल र रचनात्मक विषयलाई सम्प्रेषण गर्नुपर्ने ायित्व पत्रकारको भएको बताउनुभयो ।
काउन्सिलले यूट्युब माध्यमलाई व्यवस्थित बनाउन मापदण्ड बनाएर आवश्यक नियमन गर्दै आएको पनि अध्यक्ष बस्नेतले बताउनुभयो । प्रेसकार्डको दुरुपयोग गरी धम्क्याउने, वार्गेनिङ गर्ने लगायतका कार्य गरेमा त्यस्ता पत्रकारको परिचय पत्र खोस्ने, आचार संहितामा सहभागी गराउने, कालोसूचीमा राख्ने ह, विज्ञापन रोक्ने तथा साइबर र अन्य अपराधजन्य अभियोगमा अनुसन्धान गर्ने निकायसँग सहकार्य गरी कारवाही गर्दै आएको अध्यक्ष बस्नेतले बताउनुभयो ।
कार्यक्रमका अवसरमा वरिष्ठ प्रशासकिय अधिकृत दीपक खनालले सहभागी विद्यार्थीहरुलाई काउन्सिलको काम, कर्तव्य, अधिकार तथा संस्थागत संरचनाबारे जानकारी गराउनुभयो ।

महिला प्रधानमन्त्री बनाउने चाहानामा प्रधानमन्त्री ओली

काठमाडौं । आफ्नो कार्यकालमा महिलालाई मुख्यसचिवदेखि प्रधानन्यायधीश हुँदै राष्ट्रपतिसम्म बनाउन सफल एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अब महिलालाई प्रधानमन्त्री बनाउने चाहाना राख्नु भएको छ । काठमाडौंमा आयोजित युथ कन्क्लेभमा सहभागीको प्रश्नको जवाफ दिनेक्रममा त्यस्तो चाहना राखेका हुन् ।
प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘म महिला प्रधानमन्त्री बनाउन चाहान्छु । तर त्यसका लागि अलिकित तयारी गर्नुपर्दछ । २ महिना, ३ महिना वा अर्को साल महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ, छिट्टै बनाउने तयारीका बारेमा सोचीरहेको छु ।’ आफु महिलाको हितका लागि जहिल्यै क्रियाशील रहेको भन्दै उहाँले पहिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो प्रधानन्यायाधीश सुशीला कार्की, पहिलो महिला सभामुख ओनसरी घर्ति र पहिलो मुख्यसचिव लिलादेवी गड्तौलालाई बनाएको बताउनु
भयो । यस्तै अहिले विदेश भ्रमणमा जाने सरकारी प्रतिनिधिमण्डलमा पनि महिला अनिवार्य हुनुपर्ने नियम बनाएको पनि उहाँले बताउनु
भयो । उहाँले राज्यका हरेक निकायमा ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्थामा पनि आफ्नो प्रमुख भूमिका रहेको दावी गर्नु
भयो । महिलाको मनोबल उठाउन, आत्मविश्वास जगाउन र उनीहरुलाई आर्थिक हिसाबमा सवल बनाउन आफुले नै स्टार्टअपमा ४ प्रतिशत ब्याजदरमा १५ लाख रुपैयाँसम्म दिने व्यवस्था गरेको बताउनुभयो ।
कार्यक्रममा वर्तमान सरकार केही काम गर्नका लागि बनेको उल्लेख गर्दै उहाँले त्यसैका लागि आफू फेरि प्रधानमन्त्री बनेको दावी गर्नुभयो । देशमा परिवर्तन ल्याउनकै लागि आफू यो उमेरमा पनि सरकारको नेतृत्वमा आएको बताउनुभयो ।
स्वदेश फर्कने नेपालीहरुका लागि सरकारले केही गर्न स्वदेशमा अनुकूूल वातावरण बनाउछ । नेपाल फर्कन चाहनेहरुलाई सरकारले आवश्यक बन्दोबस्त गर्ने छ, ओलीले भन्नु
भयो । उहाँले विदेशमा बस्ने र फर्केर नेपाल आउनेलाई सरकारसँग आस गर्न र भर पर्न समेत आग्रह
गर्नुभयो । प्रधानमन्त्री ओलीले यूवा सचेत नभएसम्म सोचे जसरी देशमा विकास गर्न नसकिने पनि बताउनुभयो । उहाँले अनुकूल भए युवाहरु स्वदेश फर्किने दाबी पनि गर्नुभयो

कृषि मन्त्री अधिकारी द्धारानेपाली अर्थोडक्स चियाको बजार विस्तार गर्ने प्रतिबद्धता

काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाली अर्थोडक्स चियाको बजारिकरणका लागि चिया अक्सन केन्द्र सञ्चालनमा ल्याउन पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
मंगलबार नेपालमा उत्पादित अर्थोडक्स चिया उत्पादक कम्पनीहरुको प्रतिस्पर्धा एवम् चिया प्रदर्शनी कार्यक्रमलाई सम्बोधन गर्दै कृषिमन्त्री अधिकारीले नेपालको अर्थोडक्स चियालाई विश्व बजारमा चिनाउन चियाको बजारिकरणका लागि भारतिय बजारको विकल्प खोज्नुपर्ने बेला भएको बताए ।

 

सुदामा ताजा समाचार

काठमाडौँ । नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको छ । बिहीबार आयोजित उद्घाटन कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी तथा...

नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा १९ स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान

काठमाडौं । नेपाल प्रज्ञा–प्रतिष्ठानले एक भव्य समारोहका बीच १९ जना स्रस्टाहरुलाई प्रज्ञा पुरस्कार प्रदान गरेको छ र्। केही साताअघि घोषणा गरेको प्रज्ञा पुरस्कार...

बौद्धमा शान्ति र्‍यालीसहित२५७०औंबुद्ध जयन्ती मनाइयो

काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५७०औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन...