Page 9

राष्ट्रियसभा र प्रतिनिधीसभाबाट पाँचवटै अध्यादेश स्वीकृत

काठमाडौं । सरकारले ल्याएका पाँचवटै अध्यादेश राष्ट्रियसभा र प्रििनधी सभा दुवै बाट स्वीकृत भएको छ । आज बसेको बैठकबाट अध्यादेश स्वीकृत भएको हो ।
स्वीकृत भएका अध्यादेशहरूमा सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने, सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश रहेका छन् ।
भूमि अध्यादेश फिर्ता गर्ने सहमतिसँगै जसपा नेपाल अन्य अध्यादेश पास गर्न सहमत भएको थियो ।

 

निजी क्षेत्रको प्रयास विना उमृद्धि सम्भव छैन ः प्रधान मन्त्री ओली

महोत्तरी, २२ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले निजीक्षेत्रको प्रयामामुलुक अब आत्मनिर्भरताको बाटोमा लागेको बताउनुभएको छ ।
महोत्तरीको गौशाला नगरपालिका–१, रामनगरमा आज नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिजको उद्घाटन गर्दै उहाँले औद्योगिक विकास र रोजगारी सृजनामा प्राथमिकता दिइने बताउनुभयो । उहाँले भन्नुभयो, “अब हामी आत्मनिर्भरताको बाटोमा लाग्नुको विकल्प छैन । सहकार्यका माध्यमबाट युवाहरूले आँपको खेती विकास गर्न सक्छन्, यसमा प्रदेश सरकारहरु पनि अघि सरुन् ।”
उहाँले कागज उद्योग स्थापनाले चुलोचौकोमा सीमित सर्वसाधारणले सीप सिक्नुका साथै रोजगारी सृजना हुने बताउनुभयो । आफ्नै कागज देशभित्र प्रयोग गर्ने अवसर र व्यापार घाटा सन्तुलनका लागि यस उद्योगले योगदान दिइ आत्मनिर्भर बनाउन सहयोग गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री ओलीले वर्तमान सरकार केवल सरकारका लागि नभएर देश बनाउन आएको बताउनुभयो । उहाँले हुलाकी राजमार्ग, सुनकोसी मरिनलगायतका योजना छिटो सम्पन्न गर्ने प्रतिबद्धता जनाउनुभयो ।
उहाँले भन्नुभयो, “अब अराजकता, बलमिच्याँइ र जालझेल चल्दैन ।” उहाँले मुलुकमा अब राजतन्त्र नफर्कने उल्लेख गर्दै सबै संविधान अनुसार चल्नुपर्नेमा जोड दिनुभयो ।

, प्रधानमन्त्री ओलीद्वारा आइएमई ग्रुपको कागज उद्योग उद्घाटन

आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं। १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजको
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गर्नु भयो ।
उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गर्नु भयो ।
२ अर्व रुपैयाँ लगानी रहेको यो उद्योगले अब दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाई कार्यका लागि उपयुक्त गुणस्तरीय कागज औद्योगिक स्तरमा उत्पादन गर्न थालेको छ । उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको हो ।

शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्नेछ ।

उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रूपका अध्यक्ष चन्द्र प्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नव जागरणको रुपमा लिएको बताउनु भयो ।

अध्यक्ष ढकालले नयाँ उद्योगको सञ्चालन मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि तथा दीगो औद्योगिक विकासप्रतिको प्रतिवद्धताको रुपमा लिन र विकासको राष्ट्रिय आकांक्षामा निजी क्षेत्रले गरेको ‘होस्टेमा हैंसे’को उदाहरण बनेको पनि उल्लेख गर्नु भयो ।
उद्योगहरु बन्द हुने, लगानीकर्ताहरु पलायन हुने र अरबका खाडीको ५० डिग्री सेन्टिग्रेटको तातोमा काम गर्न हाम्रा युवाहरु जानु पर्ने वाध्यतालाई कम गर्दै गरेर नयाँ उद्योगहरु खोल्दै आयात प्रतिस्थापन गर्ने र कर्ममुखी औद्योगिक विकासको नवजागरण सृजना गर्न आइएमई ग्रुपको यस्तै उत्पादनमुलक उद्योगमा भएको प्रवेश महत्वपूर्ण पाइला सावित हुने पनि अध्यक्ष ढकालले उल्लेख गर्नु भयो ।

औद्योगिक विकास रोजगारीको प्रमुख कारक रहेको प्रस्ट्याउदै अध्यक्ष ढकालले नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रीले प्रत्यक्षरुपमा ३०० बढी र अप्रत्यक्षरुपमा हजारौंका लागि रोजगारीका अवसर सिर्जना गरेको जानकारी समेत गराउनु भयो । जसमा इन्जिनियर, प्राविधिक र कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता र किसानहरु समेत समावेश छन् । उद्योगले ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलाहरुलाई अवसर दिन थालेको छ ।

अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग प्रवद्र्धन गर्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार र आम नेपाली जनताको सोँच तथा सपनासँगको हातेमालोको रुपमा लिन पनि आग्रह गर्नु भयो ।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको रुपमा अध्यक्ष ढकालले पछिल्लो समय नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले ल्याएका कतिपय कानुनहरु निकै सहयोगी सिद्ध हुने विश्वास लिएको उल्लेख गर्नु भयो ।

उहाँले मुलुकको अर्थतन्त्रको सुधार र विकासका लागि आवश्यक नीति तथा कानुनहरु निर्माणमा सरकारले निजी क्षेत्रका सुझावहरु सुन्न थालेको र आपसी समन्वयमा रहेर काम गरिरहेको निजी क्षेत्रले महसुस गरेको पनि उल्लेख गर्नु भयो
स्वदेशी होस या विदेशी होस्, लगानीकर्ताले फिल्डमा काम भए नभएको हेर्ने गर्दछ । त्यसैले यस्तै नयाँ नयाँ ठूला आयोजनाहरु वर्षमै सञ्चालनमा आए भने त्यसले मुलुकमा लगानीको वातावरण छ भन्ने अर्थ आफैँ लाग्नेछ । त्यसैले आज सञ्चालनमा आएको यो उद्योगले पनि नेपालमा लगानीको वातावरणको सकारात्मक सन्देश यथेष्ट मात्रामा दिने पनि अध्यक्ष ढकालले बताउनु भयो ।
सो अवसरमा अध्यक्ष ढकालले पाथिभरामा बन्न लागेको केबलकारको विषयमा सतहमा आएका केही विषयले मुलुकमा लगानी र व्यवसायिक वातावरणप्रति नकारात्मक सन्देश प्रवाह हुने आशंका रहेको समेत उल्लेख गर्नु भयो ।
ताप्लेजुगका स्थानीय जनता, स्थानीय सरकार र प्रदेश सरकारले बारम्बार गरेको आग्रहमा पाथिभरामा केबलकारको निर्माण परियोजना सुर गरेको स्मरण गराउदै अध्यक्ष ढकालले उक्त प्रसिद्ध देवस्थलको सांस्कृतिक मूल्यमान्यता र पर्यावरणीय सन्तुलन जस्ता आयोजना निर्माणका सबै पक्षलाई ध्यानमा राखेर र जिल्लाबासी सबैको सहमति र सहभागितामा परियोजनाको निर्माण कार्यको थालनी भएको बताउनु भयो ।

 

सरकारले ल्याएको ५ वटै अध्यादेश प्रतिनिधि सभामा बहुमतबाट स्वीकृत

काठमाण्डौं । सरकारले ल्याएका ५ वटा अध्यादेश प्रतिनिधिसभा बैठकबाट स्वीकृत भएका छन् ।
बुधबारको प्रतिनिधिसभा बैठकबाट विभिन्न ५ अध्यादेश स्वीकृत भएका हुन् ।
गत पुस १४ गते जारी सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश र पुस २९ गते जारी भएका थप ४ अध्यादेश संसद्बाट स्वीकृत भएका छन् ।
पुस २९ गते सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, निजीकरण पहिलो संशोधन अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गरिएको थियो ।
प्रतिपक्षी दलको विरोधका बाबजुद बुधबारको संसद् बैठकले अध्यादेशहरू बहुमतबाट स्वीकृत गरेको छ ।
बुधबार स्वीकृत भएका अध्यादेश बिहीबारको राष्ट्रियसभा बैठकमा पेश गर्ने कार्यसूची छ ।
माघ २ गते जारी भएको भूमि सम्बन्धी अध्यादेशलाई भने थन्क्याइएको छ । जसपा नेपालले विरोध जनाउँदा राष्ट्रिय सभामा बहुमत नपुग्ने भएपछि सरकारले प्रतिनिधिसभा बैठकमा भूमि अध्यादेशलाई निर्णयार्थ पेश गरेन ।

लक्ष्मी सन्राइजबैंक सस्थापकशेयर विक्रि गर्देै

काठमाडौं । लक्ष्मी सन्राइज बैंक लिमिटेडले १० लाख २४ हजार ६८५ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। बैंकले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र किन्न पाउने गरी बिक्रीमा राखेको हो।
सो शेयर किन्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिन भित्र काठमाडौंका हात्तीसारस्थित बैंकको मुख्य कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।
तोकिएको सयमसीमा भित्र संस्थापक शेयरधनीहरूबाट शेयर किन्नका लागि लिखित जानकारी हुन नआएमा उक्त शेयर सर्वसाधारणलाई बेच्न प्रक्रिया अघि बढाइने जानकारी दिएको छ।

चैत्र ५ गते हुने स्वतन्त्र विद्यार्थी युनीयन स्ववियू चुनावका लागि २५ वटा नाम दर्ता गराए

काठमाडौँ , आगामी चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियन स्ववियु चुनावका लागि त्रिभुवन विश्वविद्यालयमा २५ वटा केन्द्रीय सङ्गठन प्रतिस्पर्धामा भाग लिनका लागि दर्ता भएका छन्।
स्ववियु निर्वाचन केन्द्रीय अनुसन्धान तथा समन्वय समितिका सदस्य सचिव प्राध्यापक पशुपति अधिकारीले स्ववियु निर्वाचनको कार्यतालिकाअनुसार त्रिविअन्तर्गत २५ वटा सङ्घ तथा सङ्गठन दर्ता भएको जानकारी दिए।
उनले ३ क्याम्पस नेपाल ल क्याम्पस, भैरहवा बहुमुखी क्याम्पस र जनकपुरको रारा रामस्वरुप रामसागर बहुमुखी क्याम्पस मा मङ्गलबार सङ्गठन तथा समूह दर्ता भएको जानकारी दिए। स्ववियु निर्वाचनमा सङ्घ, सङ्गठनका साथै समूह पनि दर्ता गर्न सकिने व्यवस्था रहेको उनले बताए।
त्रिविमा अनेरास्ववियु, नेविसङ्घ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियु समाजवादी, नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ, अखिल क्रान्तिकारी वैद्य समूह, राष्ट्रिय प्रजातन्त्र विद्यार्थी सङ्गठन, अखिल नेपाल विद्यार्थी युनियन, समाजवादी विप्लव, समाजवादी विद्यार्थी युनियन नेपाल, अखिल छैठौँ मसाल, अखिल नेपाल विद्यार्थी युनियन, लोकतान्त्रिक विद्यार्थी सङ्घ, अनेरास्ववियु पाँचौँ विद्यार्थी जनमत सङ्घ, नेपाल विद्यार्थी मोर्चा दर्ता भएका छन्।
यसैगरी, प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, वैज्ञानिक समाजवादी विद्यार्थी सङ्गठन, अखिल क्रान्तिकारी बहुमत राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी सङ्गठन, वैज्ञानिक समाजवादी विद्यार्थी मोर्चा, नागरिक विद्यार्थी समाज, राष्ट्रिय विद्यार्थी सङ्घ नेपाली जनता पार्टी, नयाँ शक्ति विद्यार्थी युनियन, समाजवादी विद्यार्थी युनियन र राष्ट्रिय विद्यार्थी मञ्च पनि चुनावका लागि दर्ता भएका छन्।
अधिकारीका अनुसार सबैभन्दा धेरै ठाकुरराम बहुमुखी क्याम्पस, वीरगञ्जमा ३४ वटा सङ्घ, सङ्गठन तथा समूह दर्ता भएका छन्। त्रिविका ६४ मध्ये डोटी र दाङमा बाहेक ६२ वटा आङ्गिक क्याम्पसमा स्ववियु निर्वाचन हुँदै छ।

आज दिनको १ वजे बस्ने प्रतिनिधि सभाको बैठकमा कस्ले के पस्तुत गर्दै छ ?

काठमाडौं , प्रतिनिधिसभाको बैठक आज निको १ वजे बुधबार बस्दैछ।बैठकमा सरकारले निर्णयार्थ पेश गर्नेछ। सरकारले भूमिसम्बन्धी अध्यादेशलाई थाती राखेर अरु पाँच अध्यादेश अघि बढाउने भएको छ।
संसद् सचिवालयका अनुसार सन्देश टेबुल राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानुन व्यवसायी परिषद् दोस्रो संशोधन विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहित विधेयक पेश गर्ने कार्यसूची छ। अध्यादेशमाथि छलफल र स्वीकृति भानुभक्त जोशीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन्।
त्यस्तै प्रधानमन्त्री केपी‍ शर्मा ओलीले सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
डा. स्वर्णिम वाग्लेले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन्।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व पहिलो संशोधन अध्यादेश, २०८१ लाई स्वीकृत गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। साथै उनले निजीकरण पहिलो संशोधन अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव पनि प्रस्तुत गर्नेछन्।
नेकपा माओवादीका सांसद माधव सापकोटाले निजीकरण पहिलो संशोधन अध्यादेश, २०८१ अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछन्।
यसैगरी रणेन्द्र बरालीले आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ अस्वीकार गरियोस्’ भन्ने सूचना प्रस्तुत गर्नेछन्। अर्थमन्त्री पौडेलले आर्थिक तथा व्यावसायिक वातावरण सुधार लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

यस्तै ड.चन्दा कार्की भण्डारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ लाई अस्वीकार गरियोस् भन्ने सूचना प्रस्तुत गर्नेछिन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१ स्वीकृत गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।

सरकार सगको ५ बुदे सहमति पछि एलपी ग्याँस उद्योगीहरुले गरे आन्दोलन का कार्यक्रम स्थगीत

काठमाडौं । एलपी ग्यास उद्योगीहरुले आव्हान गरेको आन्दोलनका सबै कार्यक्रमहरु स्थगीत भएका छन् । उद्योग, वणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको ५ बुँदे सहमतीका आधारमा उद्योगीले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।
मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीसहितका सरकारी प्रतिनिधि र एलपी ग्यास व्यवसायीबीच भएको वार्ताबाट सहमति भएको हो ।
सहमतिमा फागुन १८ गते वाह्य ढुवानी र आन्तरिक ढुवानी भाडा समायोजन गरेको जानकारी गरिएको छ भने, मुनाफा प्रतिशतमा हुनुपर्ने मागलाई निरन्तरता दिई एलपी ग्यासको आपूर्ति सहज निगमले उपसमिति बनाइ अध्ययन गरी अघि बढाउने, व्यवसायीले कमिसन २.५ बाट ५ प्रतिशत गरेको मागका सन्दर्भमा भने निगमले उपसमिति बनाई काम अघि बढाउने कुराहरु उल्लेख गरिएका छन् ।
मन्त्रालयमा भएको छलफलपछी एलपी ग्यासको प्रति सिलिन्डिर १२ रुपैयाँ ७५ पैसा मूल्य बढाउने सहमती भएको छ । नेपाल आयल निगम र ग्यास उद्योगीबीच मूल्य बढाउने सहमती भएपनी उपभोक्तामाथी भने उक्त भार नथपिने निगमले जनाएको छ ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टका अनुसार ग्यासमा प्रतिसिलिन्डिर १२ रुपैयाँ ७५ पैसा मूल्यवृद्धि भए पनी त्यो उपभोक्ताले तिर्नुपर्दैन । थप मूल्य निगमले नै व्यहोर्नेछ ।
उद्योगीसँगको सहमतीअनुसार बढेको मूल्य जोड्दा प्रतिसिलिन्डिर ३४२ रुपैयाँ ७५ पैसा घाटा हुनेछ । ग्यास उद्योगीहरुसँग भएको सहमती अनुसार आन्तरीक र बाह्य ढुवानी भाडा समायोजन भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले उद्योगीका समस्याहरु समाधान गर्ने बिषयमा सरकार सकारात्मक रहेको बताएकाछन्

नारायणमान विजुक्छेनेमकिपा अध्यक्षमा पुनः सर्वसम्मत

भक्तपुर , नेपाल मजदुर किसान पार्टी नेमकिपा को अध्यक्षमा पुनः नारायणमान बिजुक्छे रोहित सर्वसम्मत चयन भएका छन्। नेमकिपाको आज सम्पन्न आठौँं महाधिवेशनको अन्तिम आज बिजुक्छेंलाई सर्वसम्मत अध्यक्ष चयन गरेको हो।
नेमकिपाको आठौँ महाधिवेशन गत फागुन १६ गते सुरू भएको हो। विसं २०३१ माघ १० गते विधिवत् स्थापना भएको नेमकिपाको स्थापनाकालदेखि बिजुक्छें सर्वसम्मत अध्यक्ष रहँदै आएका छन्।
महाधिवेशनले नेमकिपाको सचिवमा प्रेम सुवाल र कोषाध्यक्षमा मोहनप्रसाद प्रजापतिलाई सर्वसम्मत चयन गरेको छ। यसैगरी केन्द्रीय सदस्यमा सुनिल प्रजापति, नन्दबहादुर शाही, डिल्लीप्रसाद काफ्ले, नवराज कोइराला, जग्यबहादुर शाही, नारायण महर्जन, सरोजराज गोसाइँ, उकेश कवां, सनकमान महर्जन, खगेन्द्रबहादुर शाही, कृष्णकुमार वैद्य र सुरेन्द्रराज गोसाइँ सर्वसम्मत चयन भएका छन्।
यस्तै रवीन्द्र ज्याख्व, अनुराधा थापामगर, कमलमैया सुवाल, हरिसुन्दर बासी, राजवीर डङ्गोल, सिर्जना सायजू, सरोजकुमार साह, कृष्णबहादुर तामाङ, मुक्ति यादव, योगेन्द्रमान बिजुक्छें, बखत थापा, रमेशकुमार रावल, केशेन्द्र प्रकाश कार्की र खड्गराज शाही पनि केन्द्रीय सदस्य चयन भएका छन्।
महाधिवेशनले मन्जु चौधरी, विनोद विक, तुल्सी खड्का र प्रकाश गुरूङलाई वैकल्पिक केन्द्रीय सदस्य चयन गरेको छ।

 

बीआरआई  परियोजा अनुदान होइन ः चीन

चीन भ्रमणमा रहेको नेपाली काँगेसको प्रतिनिधिमन्डलसंग चीनले बीआरआई” परियोजना अनुदान नभएको स्पष्ट पारेको छ ।
चीनको बेइजिङमा चिनियाँ कुटनीतिज्ञ सरला र रेनमिन विश्वविद्यालयका प्राध्यापक डा. सिलुसहितले बीआरआई अनुदान नभई व्यवहारिक सहयोग भएको स्पष्ट पारे ।
उनीहरूले सहुलियत ब्याज दरमा नेपालले बिबिध क्षेत्रमा ऋण लिएर आफ्नो देशको विकास गर्न सक्ने धारणा राखे । यसका लागि केही शर्तहरु चीन सरकारका रहने र त्यसबारे सम्झौताको चरणमा खुलस्त पारिने पनि उनीहरूले स्पष्ट पारे ।
चिनियाँ प्रतिनिधिमन्डललाई जवाफ दिंदै पूर्व उपप्रधानमन्त्री एवम काँग्रेस नेतृ सुजता कोइरालाले नेपाल अनुदान नभई ऋण लिन इच्छुक रहेको धारणा राखिन् ।
देशको आत्मसम्मान, स्वाभिमान, राष्ट्रिय स्वाधीनता, देशको विकास र समृद्धि तथा दुई देशबीचको परस्पर सम्बन्धका लागि पनि ऋण उपयुक्त हुने उनको भनाइ थियो ।
बीआरआई कार्यान्वयनमा लैजाँदा नेपालको पूर्वाधार, कृषि, शिक्षा, स्वास्थ्य, कला, संस्कृतिसहित चौतर्फी विकासमा मद्वत पुग्नुकासाथै नेपाली कामदारका लागि चीनमा रोजगारी समेत सृजना हुने कोइरालाको भनाइ छ । चिनियाँ कामदारले पनि नेपालमा व्यवसाय र रोजगारीको अवसर पाउने उनी बताउँछिन् ।
बीआरआई पूर्णतः अनुदानमा खोज्नु भनेको नेपालको विकास गर्न नचाहनु र बीआरआई नेपालमा असफल पार्ने मनशाय भएको उनको भनाइ छ ।

नेता बर्मा लामाले भने बीआरआईमा अझै स्पष्ट हुनुपर्ने भएकाले नेपाली जनताले बुझाउन चिनियाँ पक्षलाई आग्रह गरे ।

अन्तक्रिर्यामा काँग्रेस नेतृ किरण यादव, बर्मा लामा, देवराज चालिसे, उज्वल बराल लगायत सहभागी थिए ।

 

सुदामा ताजा समाचार

वृद्धालाई जवरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ

ताप्लेजुङ, वैशाख २ गते । ताप्लेजुङमा ६९ वर्षीया वृद्धालाई जबरजस्ती करणी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार शारीरिक रुपमा समेत...

आजदेखि देशभरिका सबै उद्यम—व्यवसायको तथ्यांक संकलन गरिँदै

२ वैशाख, काठमाडौं । ‘राष्ट्रिय आर्थिक गणना २०८२’ को स्थलगत तथ्यांक संकलन सुरु भएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका प्रवक्ता तथा उपप्रमुख तथ्यांक अधिकारी ढुण्डीराज...

सरकारद्वारा सम्पत्ति जाँचबुझ गर्न आयोग गठन

२ वैशाख, काठमाडौं । सरकारले सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ । पूर्वन्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा ५ सदस्यीय आयोग गठन गर्ने निर्णय गरेको हो...