Page 6

दुई वीत्तीय सस्था एनएमबि बैंक र कृषि विकास बैंकले बज्र मादी जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाडौं । एनएमबि बैंक, कृषि विकास बैंक तथा बज्र इनर्जी भेन्चर्स प्रालिबीच २४.८ मेगावाट क्षमताको कास्कीको मादी गाउँपालिकामा अवस्थित बज्र मादी जलविद्युत आयोजनामा ऋण लगानी गर्न वित्तीय व्यवस्थापन भएको छ ।
यस आयोजनामा एनएमबि बैंक अगुवा बैंक रहने छ । २४.८ मेगावाट क्षमता रहेको बज्र मादी जलविद्युत आयोजनाको करिब लागत रु। ५ अर्ब ३५ करोड रहने जानकारी गराईएको छ भने बैंक तथा वित्तीय संस्थाहरुको ऋण लगानी रु। ३ अर्ब ७४ करोड ५० लाख रहनेछ । एनएमबि बैंकले हालसम्म ५० वटा भन्दा बढी जलविद्युत आयोजनाहरुमा लगानी गरिसकेको छ ।
त्यसैगरी, सोही समूहबाट लगानी गरेको भिजन लुम्बिनी ऊर्जा कम्पनीद्वारा कास्की जिल्ला अन्नपूर्ण गाउँपालिका तथा पोखरा महानगरपालिकामा प्रबद्र्वित २५ मेगावाट क्षमता रहेको सेती नदी जलविद्युत आयोजना वि .स.. २०८१ साल कात्तिक २७ गते मध्यान्ह १२ बजे देखि व्यापारिक उत्पादन सुरु भएको जानकारी गराइयो । उक्त आयोजना एनएमबि बैंकको अगुवाईमा कर्माचारी सञ्चय कोष तथा कृषि विकास बैंकले ऋण लगानी गरेको छ ।

अध्यक्ष गोविन्द संघईद्वारा नेपाल लाइफ इन्भेस्टमेन्टको केन्द्रीय कार्यालय उद्घाटन

काठमाडौं । नेपाल लाइफ इन्भेस्टमेन्ट कम्पनीको केन्द्रिय कार्यालयको उद्घाटन भएको छ । उद्यघाटन एक भव्य कार्यक्रमकाबीच कम्पनीको पूर्ण स्वामित्वमा स्थापना गरिएको केन्द्रिय कार्यालयको उद्घाटन गरिएको हो । कम्पनीको कमलपोखरीस्थित कार्यालय भवनको उद्घाटन नेपाल लाइफका सञ्चालक समिति अध्यक्ष गोविन्द संघइले गरेका हुन् ।
करिब साढे २ खर्ब रुपैयाँबराबरको बिमा कोष खडा गरिसकेको नेपाल लाइफ इन्स्योरेन्सको लगानीलाई प्रभावकारी रुपमा व्यवस्थापन गर्न तथा लगानी विविधीकरणलाई गती दिन इन्भेस्टमेन्ट कम्पनी खडा गरेको जनाएको छ ।
नेपाल लाइफका प्रमुख कार्यकारी अधिकृत प्रविण रमन पराजुलीले बिमा ऐनले केही क्षेत्रलाई परिभाषित गरेर उत्पादक क्षेत्रमा लगानीलाई प्रोत्साहित गरिरहेको पृष्ठभूमीमा कम्पनीले नयाँ अवसरमा काम गर्न कम्पनी खडा गरेको जानकारी दिए
यस्तै, कार्यक्रममा बोल्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालले १ लाख ८६ हजार लगानीकर्ता नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसँग जोडिएको जनाए । उनले अहिले विमित भनेर १७ लाख जति पोलिसी होल्डर रहेको समेत जानकारी दिए ।
उद्घाटन कार्यक्रममा बोल्दै कम्पनी सञ्चालक समिति अध्यक्ष गोविन्द संघईले नेपाल लाइफको लगानीको प्रतिफललाई गुणात्मक रुपमा वृद्धि गर्ने उद्देश्यले कम्पनीको स्थापना गरिएको जनाए।
नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक सुशीलदेव सुवेदीले लगानी केन्द्रीकृत गर्दा जोखिम बढ्ने भएकाले जोखिम विविधीकरणका लागि लगानी विविधीकरणमा प्राधिकरणले जोड दिएको बताए।

विदुषी योगमाया आयुर्वेद विश्वविद्यालयका पदाधिकारीलाइ दिलाइयो शपथ

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा विदुषी योगमाया हिमालयन आयुर्वेद विश्वविद्यालयका नवनियुक्त पदाधिकारीहरुको आज पद तथा गोपनीयताको शपथ दिलाइएको छ ।
प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा शपथ लिनेहरुमा विश्वविद्यालयका अध्यक्ष डा अर्जुन कार्की, कुलपति प्रा डा रमेशकुमार ढुंगेल र रजिष्ट्रार डा डम्बरध्वज चेम्जोङलेरहेका छन् ।
नयाँ कानुनी व्यवस्थानुसार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले अध्यक्ष कार्कीलाई, अध्यक्ष कार्कीले कुलपति ढुंगेललाई र कुलपति ढुंगेलले रजिष्ट्रार चेम्जोङलाई शपथ दिलाएका हुन् ।
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्का, शिक्षा मन्न्त्रालयका सचिव डा दिपक काफ्लेलगायत उपस्थित थिए ।

भारत–पाकिस्तान युद्धले एशियाभर चामलअभाव गराउने संकेत

भारत विश्वको पहिलो र पाकिस्तान चौथो ठुलो चामल निर्यातकर्ता हुन्, दुवै देशले दक्षिण–पूर्वी र दक्षिण एसियाली राष्ट्रहरूलाई प्याज र अन्य आवश्यक खाद्यान्नसमेत उल्लेख्य परिमाणमा निर्यात गर्छन्
भारत–पाकिस्तान द्वन्द्वले एसियामा व्यापारिक अशान्ति र मुल्य बढ्ने जोखिमलाई बल प्््याउनुका साथै खाद्यान्न लगायातका उपभोग्य बस्तु आपूर्तिमा हुन सक्ने अवरोधले एसियाको खाद्य सुरक्षामा सबैभन्दा बढी खतरा देखिएको छ ।
भारत र पाकिस्तानबिचको गहिरो द्वन्द्वले एसियाभरि चामलको अभाव हुने खतरा बारे विश्लेषकले चेतावनी दिइसकेका छन् । द्वन्द्वले व्यापारमा बाधा पुर्‍याउने र विश्वव्यापी वस्तुको मूल्यसमेत बढाउने भएकाले नेपालसहित आयातमा निर्भर देशहरूले चामल र अन्य खाद्यान्न आपूर्तिमा चिन्ता लिनुपर्ने अवस्था सिर्जना भएको छ । भारत पाकिस्तान विचको कुनै पनि लामो द्वन्द्वले खाद्यवस्तुको आपूर्तिलाई कम गर्ने र मूल्य बढाउने जोखिमबाट दक्षिण एसियाली राष्ट्रहरू सबैभन्दा बढी प्रभावित हुनेछन् । यसका अलाबा विशेष गरी मलेसिया, सिंगापुर र इन्डोनेसियामा व्यापार अवरोधको जोखिम छ ।
मलेसियाका कृषि तथा खाद्य सुरक्षामन्त्री मोहम्मद साबुले भारत–पाकिस्तानको द्वन्द्व बन्दरगाह र व्यापारिक क्षेत्रमा फैलियो भने सबैभन्दा पहिला चामल आयातका लागि अन्य देशसँग सौदाबाजी सुरु गर्ने बताएका छन् । ‘भारत र पाकिस्तानकोे राजनीतिक र आर्थिक स्थिरता मलेसियामा खाद्य सुरक्षाका लागि महत्वपूर्ण छ,’ मोहम्मदले भने, ‘यदि दुई देशबिचको युद्ध वा तनावले बन्दरगाह सञ्चालन वा डेलिभरी पूर्वाधारलाई असर गर्छ भने हाम्रो देशमा चामलको आयात अवरुद्ध हुन सक्छ ।’
चामल दक्षिण–पूर्वी र दक्षिण एसियाली राष्ट्रभरि एक प्रमुख खाद्यान्न हो भने नेपालको प्रमख खाद्य बाली नै हो । नेपालसहित मलेसिया र इन्डोनेसियाले प्रतिव्यक्ति एक सय २० किलोग्राम चामल खपत गर्छन् । नेपालले भने वार्षिक ५६ लाख टनसम्म धान उत्पादन गरे पनि अपुग भएर वार्षिक ४० अर्बभन्दा बढीको चामल भारतबाट मात्रै आयात गर्दै आएको छ । त्यसैले भारतले चामलसहितको खाद्यान्न निर्यातमा लिने नीतिले नेपाली भान्सालाई सोझै असर पुर्‍याउँछ । भारत
सबैभन्दा ठुलो चामल निर्यातकर्ता भएकाले भारतको आक्रामक मूल्य निर्धारण प्रणालीले पछिल्ला वर्षहरूमा विश्वव्यापी रूपमा चामलको मूल्य बढ्ने विश्लेषण गरिएको छ ।

नेपालले बहराइनलाई हरायो

नेपालले आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटको दोस्रो खेलमा बहराइनविरुद्ध ९ विकेटको सहज जित निकालेको छ। शनिबार थाइल्यान्डको ट्रेडथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको बहराइनले निर्धारित पाँच ओभरमा एक विकेट गुमाउँदै ४२ रनको योगफल तयार पारेको थियो । नेपालले चार बाल बाँकी रहँदा १ विकेट गुमाएर पूरा गर्‍यो ।

वर्षाका कारण टसमा ढिलाइ भएपछि खेललाई पाँच ओभरमा झारिएको थियो । जितसँगै दुई खेलमा तीन अंक जोडेको नेपाल समूह ‘सी’ को शीर्ष स्थानमा उक्लिएको छ। नेपाल र हङकङको पहिलो खेल वर्षाले रद्द भएको थियो ।नेपालका लागि कविता कुँवरले १८, सम्झना खड्काले अविजित १३ र कप्तान इन्दु बर्माले अविजित सात रन बनाए।

 

हेटौंडा सिमेन्टकोउपकरण विग्रदा उत्पादन फेरि बन्द

काठमाडौं ,एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौंडा सिमेन्ट उद्योगको उपकरण बिग्रिदा उत्पादन फेरि बन्द भएको छ।
सो उद्योगमा आर्थिक सङ्कटका कारण कच्चापदार्थ कोइलालगायत अन्य उपकरण खरिद गर्न नसकेपछि विगत छ महिनादेखि उद्योगले सिमेन्ट उत्पादन गर्न सकेको थिएन।
चार हप्ता अघि पुनः उद्योग व्यवस्थापनले उत्पादन शुरु गरेकोमा हाल आएर सो उद्योगको किलमिलको केही उपकरण मर्मत गर्नुपर्ने र केही उपकारण खरिद गरी जडान गर्नुपर्ने भएपछि एक हप्तापछि उत्पादन गर्ने गरी बन्द भएको उद्योगका निमित्त महाप्रबन्धक विनयकुमार कर्णले जानकारी दिए।
हाल सो उद्योगबाट उत्पादित सिमेन्ट बोरामा प्याकिङ भइरहेको निमित्त महाप्रबन्धक कर्णले बताए। तत्कालीन सरकारले यस उद्योग २०३३ मा हेटौँडाको लामसुरेमास्थापना गरेको थियो। उद्योगले २०४३ मङ्सिर २६ गतेदेखि व्यावसायिक सिमेन्ट उत्पादन शुरु गरेको थियो।
सरकारले उद्योग निर्माणका लागि एक अर्ब ५० करोड लगानी गरेको थियो। सो उद्योगले साविकमा सिमेन्ट उत्पादन दैनिक १८ हजार बोरा गरेको भए पनि विभिन्न उपकरण जीर्ण भएका कारण हाल दैनिक १२ हजार बोरा मात्र उत्पादन हुने गरेको उद्योग व्यवस्थापनले जनाएको छ।
नी र धादिङको जोगिमाराबाट दैनिक चुनढुंगा ढुवानी गरी ल्याउने गरेको छ।

‘अपरेसन सिन्दूर’को जवाफमा पाकिस्तानी सेनाले शुरु गर्यो जवाफी कारबाही

काठमाडौं, भारतको ‘अपरेसन सिन्दूर’विरुद्ध पाकिस्तानी सेनाले जवाफी कारबाही शुरु गरेको छ।
पाकिस्तानी सेनाको मिडिया शाखा इण्टर सर्भिसेस पब्लिक रिलेसन्स आईएसपीआर ले ‘बुनयान(मर्सूस’ को नामको जवाफी कारबाही शुरु गरेको जनाएको हो। ​बुनयान मर्सूसको अर्थ एक दृढ, एकीकृत मोर्चा भन्ने हुने अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
यो अपरेसनको नाम कुरानबाट लिइएको हो, यसले राष्ट्रको सुरक्षा गर्न सेनाको एकता, शक्ति र अनुशासनमाथि जोड दिन्छ। इस्लाममा यसलाई एकता, अनुशासन र संकल्पको प्रतिकको रूपमा लिइन्छ ।
सञ्चारमाध्यमका अनुसार यो अपरेसनअन्तर्गत पाकिस्तानले भारतको उधमपुर शहरस्थित एक वायुसेना बेस र पठानकोट स्थित एक एयरफिल्डलाई निशाना बनाएको छ। भारतको एएनआई समाचार एजेन्सीले डिब्बर क्षेत्रमा विस्फोट भएको रिपोर्ट गरिरहेको छ। एएनआईले पोष्ट गरेको भिडियो क्लिपमा विस्फोट भएको भनिएको क्षेत्रबाट धुवाँको मुस्लो उडिरहेको देखिन्छ।
यसैबीच पाकिस्तानी सेनाका प्रवक्ता अहमद शरिफले भारतले पाकिस्तानका तीन वायुसेना अड्डाहरूमा मिसाइल आक्रमण गरेको तर ती सबै संरचना सुरक्षित रहेको दाबी गरेका छन्।
भारतले रावलपिन्डीको नूर खान एयरबेस, चकवाल सहरको मुरीद एयरबेस र झांग जिल्लास्थित रफीकी एयरबेसमा आक्रमण गरेको हो। ​शरिफले भारत प्रक्षेपित केही मिसाइल अफगानिस्तान पनि पुगेको दाबी गरे। यसबारे पाकिस्तानसँग प्रमाण रहेको उनको भनाइ छ।

 

आजको कांग्रेस पदाधिकारीको बैठकले गर्भनरको टुंगो लगाउन सकेन

काठमाडौं । नेपाल राष्ट्रबैंको गर्भनर कसलाई बनाउने भनेर नेपालीकांग्रेसको आज बसेको पदाधिकारी बैठकले्र ठेगान लागाउन सकेन । यस अघि नेपाली कांग्रेसले नेपाल राष्ट्रबैकका कार्यकारी निर्देक गुणाकरभट्ट लाई गभर्नर बनाउने इच्छा राखेर कार्यकारी निर्देशक पदबाट राजीनामा दिन लगाएक पनि नेपाल राष्ट्र बैंकको कायममुकाय गभर्नर नीलम ढुंगानाले कार्यकारी निर्देशक गुणाकर भट्टको राजीनामा स्वीकृत नगरेपछि दोस्रो व्यक्ति अघि सार्नुपर्ने गरी छलफल भएको छ ।
केहि दिन अघि सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा भएको पदाधिकारी बैठकमा सहभागी एक नेताले सभापति देउवाको बोली उद्धृत गर्दै भने, ‘गभर्नर कांग्रेसलाई दिने भइसक्यो । गभर्नर हाम्रै मान्छे पठाउने हो । भट्टजीको भए हुन्छ, नभए अर्को मान्छे पठाउनु पर्‍यो ।’
भट्ट गभर्नर हुन नसक्ने स्थिति बने दोस्रो व्यक्ति कसलाई अघि सार्ने भन्नेबारे भने कग्रेस टुंगोमा पुगिसकेको छैन ।
कामु गभर्नर ढुंगानाले पदीय भूमिका अनुसार जिम्मेवारी निर्वाह नगरेको भन्दै नेताहरूले असन्तुष्टि पोखेका थिए । बैठकमा सहभागी नेताका अनुसार ढुंगानाले भट्टको राजीनामा स्वीकृत नगर्नुमा एमाले प्रति आशंका समेत गरेका छन् ।
कामु गभर्नर ढुंगानाले हालसम्म भट्टको राजीनामा स्वीकृत गरेकी छैनन् । अर्थमन्त्री विष्णु पौडेलले भट्टको राजीनामा स्वीकृत गर्न निर्देशन दिए पनि उनले टेरिनन् ।
ढुंगानाले राजीनामा नगर्ने अडान लिएपछि उनलाई एमालेले भित्रि रूपमा सघाएको आशंका कांग्रेसमा बढ्दै गएको छ । ढुंगानाले राजीनामा स्वीकृत नगर्नुमा एमालेको षड्यन्त्र रहेको शीर्ष तहका एक नेता दाबी गर्छन् ।

‘एमालेले नखेलेको भए कार्यवाहक गभर्नरले राजीनामा स्वीकृत गर्दिनँ भन्न पाइन्छ त ?’ उनी भन्छन्, ‘स्व–इच्छाले राजीनामा दिन पनि नपाइने ? एउटा व्यक्तिले राजीनामा गर्दा उनले रोक्न मिल्छ ? गभर्नर नियुक्तिमा भयंकर राजनीति र षड्यन्त्र भएको छ । षड्यन्त्र गराउने खेलमा नीलम देखिने गरेर लागिन् ।’ढसंगानाले भट्टको राजीनामा नदिए पनि कांग्रेसले चाहेको व्यक्ति गभर्नर हुनेमा भने नेताहरू ढुक्क देखिएका छन् । देउवाले पार्टी बैठक र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री केपी ओली गभर्नर कांग्रेसले चाहेको व्यक्ति हुने विश्वस्त बनाएको जानकारी गराएका छन् ।

 

के हो एनसेलको सप इन सप सेवा भनेको ?

काठमाडौं । एनसेलले आफ्नो ग्राहक सेवा थप विस्तार गर्दै नयाँ अवधारणा साथ ‘एनसेल सप इन सप’ सञ्चालनमा ल्याएको छ । कम्पनीले आफ्नो पहिलो सप इन सप भैरहवामा आजदेखि सञ्चालनमा ल्याएको हो ।
भैरहवा मैलावरमा रहेको एनसेलको आधिकारिक खुद्रा विक्रेता न्यु लुम्बिनी ए टु जेड मोबाइलसँगको साझेदारीमा एनसेलले आफ्नो यो पहिलो सप इन सप सञ्चालन गरेको हो ।
एक कार्यक्रममाझ बिहीबार एनसेलका चिफ अफ स्टाफ स्टिभन रोड्रिगेजले यो एनसेल सप इन सपको उद्घाटन गरेका थिए ।
सप इन सपबाट ग्राहकले एनसेलका सेवा, सुविधा सम्बन्धी साधारण सोधपुछदेखि सम्पूर्ण सेवा एनसेल सेन्टरहरूबाट जस्तै गरी लिन सक्छन्
ग्राहकले सिम लिने, रिचार्ज गर्ने, केवाईसी अपडेट गर्ने, सिम स्वामित्व पुनः प्रमाणीकरण गर्ने, लोकप्रिय सधैं अन रिन्युअल जस्ता प्याक, सेवा, सुविधा लिने, ई–सिममा अपग्रेड गर्ने, इन्टरनेट सेटिङ मिलाउने लगायत सेवा लिन सक्छन् ।
‘अब हाम्रा ग्राहकले सबै ग्राहक सेवा नजिकको पायक पर्ने सप इन सपबाटै लिन सक्नेछन् । आजबाट औपचारिक रूपमा सञ्चालनमा आएको यो पहिलो सप इन सप एक उदाहरण हो । यस अवधारणा अनुरूप हामीले देशैभरि विभिन्न स्थानमा थप सप इन सप सञ्चालनमा ल्याउने योजना अनुसार काम गरिरहेका छौं, जसले हाम्रो ग्राहक सेवा अझ विस्तारित र राम्रो बनाउने छ । हाम्रो थिम ‘हामी तपाईंकै लागि’ को मूल मर्म अनुसार ग्राहकलाई सेवा प्रदान गर्न सधैं प्रतिबद्ध छौं,’ रोड्रिगेजले भने ।

केहि मिनेट पछि कांग्रेस पदाधिकारी बैठक देउवा नीजी निवासमा बस्दै,

The Prime Minister of Nepal, Mr. Sher Bahadur Deuba calling on the Vice President, Shri M. Venkaiah Naidu, in New Delhi on August 24, 2017.

काठमाडौं।सत्तारुढ दल नेपाली कांग्रेसले आज पार्टीको पदाधिकारी बैठक बोलाएको छ।
पार्टी सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बैठक केहि मिनेट पछि बस्ने तयारी गरिएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्।
बैठकमा पछिल्ला विकसित राजनीतिक घटनाक्रम, सरकारले ल्याएको नीति तथा कार्यक्रम लगायतका समसामयिक विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए।
बैठकमा कायम मुकायमको भरमा चलेको नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिका विषयमा विशेष छलफल हुने बताइएको छ। लामो समयदेखि गभर्नर नियुक्ति हुन नसक्दा सरकार र सत्ता सहयात्री दल नेपाली कांग्रेसको आलोचना हुँदै आएको छ।
यी दुई दलबीच राष्ट्र बैंकको गभर्नर कांग्रेसको कोटाबाट नियुक्ति गर्ने सहमति भइसकेको छ। तर प्रक्रिया नमिल्दा नियुक्ति हुन सकेको छैन। सिफारिस समितिले नाम सिफारिस गर्न सकेको छैन भने कांग्रेसले गभर्नर बनाउन चाहेका गुणाकर भट्टले दिएको राजीनामा कामु गभर्नर निलम ढुंगानाले स्वीकृत नगर्दा गभर्नर नियुक्ति हुन सकेको छैन।
यही विषयलाई लिएर यी दुई दलबीच किचलो उत्पन्न समेत भएको छ। आज बस्ने पदाधिकारी बैठकमा मुख्य गरी गर्भनर नियुक्तिबारे गम्भीर छलफल हुने बताइन्छ

 

सुदामा ताजा समाचार

कांग्रेस विवादको मुद्दामा बहस गर्न इजलासमा पुगे विश्वप्रकाश र पुष्पा पुसाल

काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद र १५औँ महाधिवेशनको कार्यतालिका स्थगनको माग गर्दै दायर मुद्दामा सर्वोच्च अदालतमा बहस भैरहेको छ । न्यायाधीशद्वय शारंगा सुवेदी...

संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरु स्थापीत गर्दै जानु पर्दछ...

काठमाडौं । सभामुख डीपी अर्यालले संसदलाई गतिशील र प्रभावकारी बनाउन नयाँ नजीरहरू स्थापित गर्दै जानुपर्ने बताएका छन् आज शुक्रबार सिंहदरबारमा संसदीय रिपोर्टिङ गर्ने...

मन्त्रालयहरू विधेयक निर्माणमा व्यस्त,कुन मन्त्रालयको के विधेयक?

वैशाख, काठमाडौं । सरकारले १०० बढी नयाँ ऐन निर्माण र संशोधन गर्न लागेको छ । यसका लागि विषय पहिचान गर्ने कार्य भएको छ...