देशी विदेशी शक्ती मिलेर एमाले सक्ने भए ः प्रधान मन्त्री
प्रधानमन्त्री एवं नेकपा केपी शर्मा ओलीले पार्टी सिध्याउन देशी विदेशी शक्ति लागिपरेको बताएका छन्। शनिवार काठमाडौँमा राष्ट्रिय स्वास्थ्यकर्मी महासंघ नेपालको पाँचौँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले एमाले पार्टी फुटाउन तत्कालीन समयमा देशी विदेशी शक्ति लागिपरेको भन्दै आफूले एमालेलाई सकिनबाट जोगाएको तर्क गरे।
उनले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी फुटाएर गएर एकीकृत बनाउने भन्दै टिप्पणी गरे। उनले एकता अभियानका संयोजक वामदेव गौतमप्रति कटाक्ष गर्दै पार्टी एकजुट राख्नेतिर नउभिने, पार्टी फुटाउन हुँदैन भन्नेतिर नउभिने अनि एकता अभियान चलाउने भनेर फोस्रो नारा दिँदै विभाजनमा मद्दत गरेको आरोप लगाए।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले तत्कालीन नेकपा कालमा अध्यक्ष भएर पार्टी फुटाउने काम गरेको आरोप लगाए। उनले तत्कालीन सभामुख अग्नि सापकोटाले पनि सभामुख भएर अवैधानिक कदम चालेको आरोप लगाए।
प्रधानमन्त्री ओलीले भने, ‘देशी, विदेशीको एउटै उद्देश्य नेकपा एमाले सिध्याउने थियो। त्यसमा नसकेपछि त्यसको वाहक पार्टीभित्रकै नेता भएनन्। प्रचण्ड नै हो पार्टी फुटाउने। सभामुख भएर गर्नसम्म गर्ने तिनै अग्नि सापकोटा हुन्। असंवैधानिक ढंगले चल्ने। यिनीहरू नै त हुन् नि। माधव नेपाल, झलनाथ खनाल। पार्टी फुटाउने वेला वामदेव गौतम राष्ट्रिय एकताको महाभियान चलाउने अरे। पार्टी फुटाउने अनि एकीकृत पार्टी भन्ने।’

प्रधानमन्त्री ओलीले नेपालीहरू विभाजित हुन नहुने बताए।

बजेट निर्माणका आधारभूत मूल्य मान्यता र सीमालाई अनुशरण गरी बजेट ल्याइएको अर्थमन्त्री पौडेलको भनाई

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि सरकारले ल्याएको बजेट निर्माणका क्रममा आधारभूत सिद्धान्त, मूल्यमान्यता र सीमालाई अनुसरण गरिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार संघ नाफिजद्वारा आज आयोजित बजेटपछिको छलफलमा उनले मेहिनतका साथ काम गरे राजस्व लक्ष्य पनि सहजै पूरा गर्न सकिने गरी निर्धारण गरिएको स्पष्ट पारे । अर्थमन्त्री पौडेलले भने, “कहाँबाट आम्दानी हुन्छ, कति हुन्छ, त्यसको कहाँ र कसरी खर्च हुन्छ भन्ने सबै स्पष्ट छ । आन्तरिक ऋण पनि राष्ट्रिय वित्त आयोगले दिएको सुझावभित्र रहेर प्रक्षेपण गरिएको छ ।”
अन्तर्राष्ट्रिय स्तरबाट प्राप्त हुनसक्ने सहयोग सीमाको पाटोलाई पनि हेक्का राखेर बजेट निर्माण गरिएको बताउँदै उनले स्रोत अनुमान ठिकै रहेको प्रतिक्रिया पाएकाले त्यसलाई प्रभावकारी परिचालनबाट पूरा गर्न सकिने दाबी गरे । उपप्रधानमन्त्री पौडेलले भने, “बजेट प्रभावकारी कार्यान्वयनबाट आर्थिक वृद्धिदरलाई प्राप्त गर्न सकिन्छ । बजेटलाई सहकारी क्षेत्रको महत्वलाई बुझेर समस्या समाधानमा केन्द्रित गरिएको छ । युवालाई नवप्रवर्तनका माध्यमबाट अघि बढाउन स्पष्ट र सशक्त पहल गरिएको छ । अब पूर्वाधार निर्माण समयमै पूरा गर्न र गुणस्तर कायम गराउन विशेष ध्यान दिइने छ ।”यसै बीचपूर्वअर्थमन्त्री जनार्दन शर्माले विगतको निरन्तरताका रूपमा ल्याइएको बजेटले अर्थतन्त्र सुधार र नागरिकको जीवनमा समृद्धि दिलाउन नसक्ने जिकिर गरे । उनले भने, “नीतिगत र स्रोत व्यवस्थापनका हिसाबले विगतको निरन्तरतामा बजेट आएको छ । आर्थिक वृद्धिदर बढाउने कार्यक्रम देखिएको छैन । स्रोतको ठूलो दबाबमा बजेट छ । बजेटमा उल्लेख गरेको वैदेशिक लगानी र सहयोग कसरी जुट्छ ? किसान र हाम्रा स्रोतसाधन जोड्ने कार्यक्रम बजेटमा कहाँ छ ?”

आर्थिक क्षेत्रको महत्त्वपूर्ण निजी क्षेत्र उत्साहित हुनु आफैँमा सकारात्मक रहेको बताउँदै पूर्वअर्थमन्त्री शर्माले युवा र श्रम परिचालनको विषय नबोलिएकाले युवा आकर्षण र रोजगारी दिने विषय बजेटमा नपरेको दाबी गरे। “सत्तामा होइन, आर्थिक विकास र समृद्धिका एजेण्डामा राष्ट्रिय सहमति जुटाउनु पर्नेछ । मुलुकलाई विकास र समृद्धिमा लैजान समग्रतामा पुनःसंरचनाको खाँचो छ”, उनले भने ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले बजेट कार्यान्वयनमा प्रमुख प्रतिपक्ष दल र निजी क्षेत्रले दिएका सुझावलाई आत्मसात् गर्ने विश्वास दिलाए । उनले भने, “विगतमा अन्तर मन्त्रालयबीच सहयोग र समन्वय हुन नसक्दा बजेट कार्यान्वयनमा समस्या देखिएकामा त्यसमा सुधारको प्रयत्न गरिएको छ । त्यसैले पुँजीगत खर्च सहजै बढने अनुमान गरिएको छ, युवा लक्षित बजेट भएकाले उनीहरूलाई उत्प्रेरित र योगदानलाई उजागर गर्ने काम भएको छ ।”

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रविधि र पर्यटनलाई प्राथमिकतामा राखेर बजेट आएकाले व्यापार र उद्योग क्षेत्रलाई प्रोत्साहन गर्ने देखिएकाले निजी क्षेत्रले स्वागत गरेको बताए । नेपालीलाई विदेशमा लगानी गर्न दिने विषय निकै महत्त्वपूर्ण र ऐतिहासिक रहेको भन्दै उनले महासंघले दिएका सुझाव अधिकांश समेटिएको प्रतिक्रिया दिए ।

अध्यक्ष ढकालले भने, “वातावरणलाई नबिगारी सबै प्रक्रिया पूरा गरी खनिज र नदीजन्य पदार्थको प्रयोग गर्ने कुरा देश र जनताको हितमै छ । लगानी बोर्डलाई शक्तिशाली बनाइएको छ, ऊर्जा क्षेत्रलाई प्राथमिकता दिने र हवाई टिकटमा भ्याट हटाउने विषयलाई सरकारले ध्यान दिनुपर्छ ।”

नेपाल चम्बर अफ कर्मसका अध्यक्ष कमलेशकुमार अग्रवालले अप्ठ्यारो परिस्थितिमा आएको बजेट विकासमुखी र महत्त्वाकाङ्क्षी हुनुका साथै आइटी र प्रविधिलाई ध्यानमा राखिएको भन्दै सराहना गरे । उनले ठूला राष्ट्रबाट आउने अनुदानमा कमी आउने देखिँदा अर्थतन्त्रमा असर पर्न गई व्यवसायमा सङ्कुचन आउन सक्नेतर्फ विचार गरी पुनस्कर्जाका व्यवस्था गर्न सुझाव दिए ।

नेपाल उद्योग परिसंघका पूर्वअध्यक्ष विष्णु अग्रवालले लगानीमैत्री वातावरण र निजी क्षेत्रको मनोबल उठाउने ढंगबाट बजेट ल्याइएको बताए । उनले भने, “उद्योगी व्यवसायीको मनोबल उकास्ने र लगानी आकर्षित गर्ने किसिमबाट बजेट आएको छ, बजेटले सम्भावनाका क्षेत्र कृषि, ऊर्जा, पर्यटन र आइटी क्षेत्रलाई पहिचान गरेको छ ।”

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवी सिंहले आगामी आर्थिक वर्ष २०८२र८२ को बजेट समूह लक्षित नभई समग्रमा सबै क्षेत्रलाई समेटेको बताए । अटो मोबाइल एशोसिएशन अफ नेपाल ९नाडा० का अध्यक्ष करण चौधरीले बजेटले मुलुकको अर्थतन्त्रलाई उजागर गर्ने उद्देश्य बोकेकाले सकारात्मक आएको बताए ।

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल इपपान का अध्यक्ष गणेश कार्कीले उद्योग व्यवसायका लागि जग्गाको हदबन्दी छुट दिने, जलाशययुक्त आयोजना निर्माण गर्ने गरी आएको बजेट निजी क्षेत्रमैत्री रहेको प्रतिक्रिया दिए । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेलले चालु आवको बजेट महत्त्वाकाङ्क्षी भए पनि भड्काउ खालको नरहेको प्रतिक्रिया दिए । उनले देशको अर्थतन्त्र उकास्न प्रविधिको उपयोगका साथै वित्तीय क्षेत्रमा असल अभ्यास सुरु गर्ने जमर्को भएको बताए ।

अर्थविद् तथा योजना आयोगका पूर्वसदस्य डा. रमेश पौडेलले शिक्षा र स्वास्थ्यका क्षेत्रमा अझ बढी विनियोजन गर्न सक्नेतर्फ बजेट निर्माताहरूले ध्यान पुर्‍याउन नसकेको जनाउँदै बजेट कार्यान्वयन गर्ने जिम्मेवारी निजी क्षेत्रको भएको धारणा राखे ।

आयोजक संस्था नाफिजका अध्यक्ष मेनुका कार्कीले निजी क्षेत्रले बजेटको स्वागत गरेजस्तै कार्यान्वयनमा पनि सरकारलाई सघाउनुपर्नेमा जोड दिइन् । संवैधानिक व्यवस्थाअनुसार सरकारले यही जेठ १५ गते रु. १९ खर्ब ६४ अर्ब ११ करोडको बजेट संघीय संसद्मा प्रस्तुत गरेको थियो ।

 

नदी तटीय क्षेत्रका कृयाकलापमा सर्तकता अपनाउन जल तथा ममौसम विभागको अनुरोध

काठमाडौँ। नेपालमा १५ दिन अगावै मनसुन भित्रिएलगत्तै वर्षा र बाढीपहिरोको जोखिम सुरू भएको छ । गत बिहीबार राति नेपालको पूर्वी क्षेत्रबाट मनसुन प्रवेश गरी कोशी प्रदेशमा फैलिएपछि त्यसको २४ घण्टा नबित्दै पूर्वी नेपालको विभिन्न क्षेत्रमा बाढीले क्षति पुर्‍याएको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रवक्ता रामबहादुर केसीका अनुसार आज बिहान परेको अविरल वर्षाका कारण धरान–धनकुटा सडकखण्डको सागुरीगढी गाउँपालिका–६ स्थित फेदीको एक सय मिटर सडक लेउती खोलाको बाढीले बगाएको छ ।
जसका कारण कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड अवरुद्ध भएको प्राधिकरणले जनाएको छ । जसले धनकुटा हुँदै जाने भोजपुर, सङ्खुवासभा, ताप्लेजुड, पाँचथरको यातायात ठप्प भएको छ । आजै झापामा माईखोलाको बाढीले २२ घर डुबानमा परेको पनि केसीले बताए । उनका अनुसार अहिले पानी घट्दो क्रममा रहेको र मानवीय जोखिम रहेको छैन । स्थानीयहरुलाई सुरक्षित स्थानमा सारिएको छ ।
नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले पूर्वी नेपालको झापा तथा धरान धनकुटा सडक क्षेत्रमा बाढी पहिरोका घटना भएको र सो क्षेत्रमा उद्धार तथा नागरिकको सुरक्षाका लागि प्रहरी टोली परिचालन गरेर विपद् व्यवस्थापनको कार्य भइरहेको बताए।

जल तथा मौसम विज्ञान विभागका अनुसार हाल कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन चट्याङसहितको हल्कादेखि मध्यम पानी परिरहेको छ ।

पछिल्लो १२ घण्टामा कोशी प्रदेशका केही स्थानमा धेरै भारीदेखि अति भारी वर्षा भएको पनि विभागले जानकारी दिएको छ। पानी पार्ने प्रणाली अहिले उत्तरतिर सरिरहेको र थप पानी पर्नसक्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन विभागले बुलेटिनमार्फत जानकारी गराएको छ।

पछिल्लो समय कोशी प्रदेशको झापा, इलाम, मोरङ र सुनसरी जिल्लामा भारी वर्षा मापन भएको र ती क्षेत्र भएर बहने कन्काई नदी, बिरिङ खोला, केसलिया खोलालगायतमा सतर्कता तहभन्दा माथिको बाढी मापन भएकाले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले पनि सबैमा अनुरोध गरेको छ।

महाशाखाले इलाम, झापा, मोरङ, सुनसरी र धनकुटाको धेरै स्थानमा भारी वर्षा मापन भएको र थप बर्षा हुनसक्ने भएकाले मेची, विरिङ, निन्दा, कन्काई, चिसाङखोला, मावा–रतुवा, लोहन्द्रा, बक्राहा, नुनखोलालगायत अन्य साना खोलामा सतर्कता तह आसपासको बाढी आउन सक्ने भएकाले दिउँसोसम्म उच्च सतर्कता अपनाउन पनि अनुरोध गरेको छ।

 

 

प्रतिपक्षी दलले गृहमन्त्रीको राजीनामा माग्नु अनुचित क्रियाकलाप हो ःप्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले एक जना कर्मचारीमाथि प्रश्न उठेकै भरमा प्रतिपक्षी दलले गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु अनुचित क्रियाकलाप भएको बताएका छन् ।
आज काठमाडौंमा आयोजित ‘हाफ म्याराथुन’ को शुभारम्भपछि उक्त गृहका व्यवस्थापक र सम्पादकसँगको छलफलमा प्रधानमन्त्री ओलीले गृहमन्त्री लेखकमाथि कुनै आरोप नलागेको र कुनै निकायले छानबिन नगरेको अवस्थामा प्रतिपक्षी दलले असम्भव माग राखेर सदन अवरोध गर्न नहुने बताए ।
उनले भने, ‘म प्रतिक्षको बोल्ने र माग राख्न पाउने अधिकारको सम्मान गर्छु तर माग राख्दा वा विरोध गर्दा आधार चाहीँ चाहिन्छ । गृह मन्त्रालयमातहत धेरै कर्मचारी छन् । एउटा कर्मचारीलाई अख्तियारले बोलायो । बयान लिएको सुनेको छैन । प्रतिपक्षलाई त यो सरकार नै मन परेको छैन, उसले माग बढाएर सरकारकै राजीनामा मागे पनि अस्वभाविक मान्नु पर्दैन । पोहोर तत्कालीन गृहमन्त्रीको राजीनामा मागिँदा उहाँमाथि गृहमातहतको सिआइबीले छानबिन गरिरहेको थियो ।
अहिले त्यस्तो अवस्था होइन । त्यसकारण अहिले विरोध गर्न निहुँ नपाएर निहुँ खोजिएको मात्रै हो । यसरी विरोध गरिएको छ कि मानौँ ३५ कीलो सुन नै ओसारिएको छ, त्यस्तो अवस्था होइन ।’
यस्तै, उनले बच्चाहरुले झोला वा खेलौना हात्ति किनिदेउ भन्दा किनिदिन नसकेपछि सक्कली हात्तिलाई झोलामा हालिदेउ भन्दा हाल्न नसकिए जस्तै विपक्षीले मागेअनुसार गृहमन्त्रीको राजीनामाको माग पूरा हुन सम्भव नहुने बताए ।
कुनै पार्टीभित्रका समस्या वैयक्तिक आकाङ्क्षा–धु्रवीकरणहरु हुन सक्ने र त्यसका आधारमा विरोध आउन सक्ने भए पनि घर झगडा घरभित्रै गर्न तर आँगनमा निस्किएर छिमेकीलाई डिष्टर्ब हुने गरी नगर्न प्रधानमन्त्री ओलीको आग्रह थियो ।
उनले भने, ‘हामीलाई त्यसै पपुलिष्ट हुनु छैन । राम्रा काम गर्नु छ । यथार्थभन्दा बाहिर गएर बजेट ल्याउनु भनेको अर्थतन्त्रलाई विनासको बाटोमा लाग्नु हो । गत वर्ष सात हजार आयोजनालाई विना आधार बढाइएको थियो । माइनस २४ प्रतिशतमा रहेको राजस्वलाई बढाएर ३० प्रतिशतमा लाने भन्ने निराधार प्रक्षेपण गरिएको थियो । हामी त्यस्तो गर्दैनौँ । हामीले पहिला पूर्वाधार विकासमा जोड दियौँ । पूर्वाधार विकासमा धेरै काम भएकाले अब सामाजिक सुरक्षा, सुशासन र विकासमा ध्यान दिएका छौँ ।’

सरकारले सार्वजनीक गरेको वजेट प्रति व्यवसायिहरुको धारण यस्तो छ ः—

काठमाडौं । सरकारले विहिबार सार्वजनिक गरेको बजेटमा व्यवसायीहरले सकारात्मक प्रतिक्रिया दिएका छन् ।
आर्थिक वर्ष २०८२।०८३ को लागि आएको बजेट वर्तमान आर्थिक समस्याको समाधान गर्ने, व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रवद्र्धन गर्ने दिशातर्फ बजेट केन्द्रीत रहेको नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश कुमार अग्रवालको भनाई छ ।
उनका अनुसार सरकारले विगतमा जस्तो नसक्ने योजनाहरुलाई वर्तमान बजेटमा राखेको छैन् ।
उनले भने, ‘बजेट वर्तमान आर्थिक समस्याको समाधान गर्ने प्राथमिकतामा राखेर प्रयासरत भएको देखिन्छ ।
व्यवसायीलाई प्रोत्साहन गर्ने, व्यापार सहजीकरण गर्ने, औद्योगिक लगानी प्रर्र्वद्र्धधन गर्ने दिशातर्फ बजेट केन्द्रीत छ । विगतमा जस्तो सरकारले नसक्ने योजनाहरुलाई यसपटक बजेटमा राखेको छैन् ।
यस्तै, उनले बिसम परिस्थितीमा आएको बजेट भएपनि सन्तुलित, अलिकति महत्वकांक्षी र विकासमुखी रहेको बताए ।
उनले भने, ‘अर्थमन्त्रीले प्रस्तुत गर्नुभएको बजेट समग्रमा हेर्दा सन्तुलित बजेट हो । अलिकति महत्वकांक्षी र विकासोन्मुख पनि छ । यो बजेट एउटा त विषम परिस्थितीमा आएको छ । एकातर्फ साढे दुई वर्षदेखि निजी क्षेत्र आर्थिक अस्थिरताबाट गुज्रिरहेको छ भने अर्कोतर्फ सरकारको राजस्व पनि न्यून हुदैँ गइरहेको छ र सरकारको सार्वजनिक दायित्वहरु पनि बढ्दो क्रममा आएको बजेट सन्तुलित छ ।’

उनले आइटी र पर्यटनको क्षेत्रलाई प्राथमिकतामा राखेको, डिजिटल भुक्तानीको कुरा समेटिएको, होटल एवम उद्योगको कर सम्बन्धी समस्या समाधान भएको र वन क्षेत्रको सदुपयोग गर्नको लागि आवश्यक रणनीति तर्जुमा गरेर आर्थिका विकासको लागि वनको पनि भूमिका हुने खालको विषय बजेटमा आएको बताए ।
यस्तै अर्का व्यवसायी दिपक मल्होत्राले अर्थतन्त्र चलाएमान बनाउनको लागि रियलस्टेटको क्षेत्र फस्टाउन पर्ने सुझावलाई बजेटमा राखिएको भन्दै रियलस्टेट व्यवसायलाई चलायमान गर्न बजेटले एकदमै मद्दत पु¥याउने बताए ।

उनले भने, ‘बजेट एकदमै राम्रो छ । सबै निजी क्षेत्रको समस्याहरु वा अधिकांश कुराहरु बजेटले समेटेको छ । चेम्बरले राखेका ७० एवम ८० प्रतिशत सुझावहरु बजेटमा आएका छन् । हामीले राखेको महत्वपूर्ण कुरा भनेको अर्थतन्त्र चलाएमान बनाउनको लागि रियलस्टेटको क्षेत्र फस्टाउनपर्ने कुरा थियो । र रियलस्टेट व्यवसायलाई चलायमान गर्न बजेटले एकदमै मद्दत पु¥याएको छ ।’
कृषिको लागि मनग्य बजेट विनियोजन नगरे पनि अहिलेको आर्थिक मन्दीको अवस्थामा कृषिलाई प्राथमिकता भने दिइएको व्यवसायी कृष्णमान श्रेष्ठले बताएका छन् ।
उनले भने, ‘सरकारले ल्याएको बजेटमा कृषि, उद्यम, कृषि पेशामा लाग्ने र किसानका लागि केही सम्बोधन गरिएको अवस्था छ । अब कार्यान्वयन जरुरी छ । त्यसो भयो भने कृषि क्षेत्रले फड्को मार्नेछ । तर कार्यान्वयन गर्नको लागि कन्जुसाई गरियो भने कृषकहरु मर्कामा पर्न सक्नेछन् । कृषिको लागि मन फुकाएर मनग्य बजेट विनियोजन गरेको भने देखिएको छैन् । तैपनि अहिलेको आर्थिक मन्दीको अवस्थामा कृषिलाई प्राथमिकता भने दिइएको छ ।
अर्थमन्त्री पौडेलका अनुसार आगामी आर्थिक वर्षमा चालुतर्फ ११ खर्ब ९० अर्ब ९८ करोड ६०.१ प्रतिशत, पुँजीगततर्फ चार खर्ब सात अर्ब ९९ करोड २०.८ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ तीन खर्ब ७५ अर्ब २४ करोड १९.१ प्रतिशत खर्च हुने अनुमान गरिएको पनि सुनाएका थिए ।

बहुमत नहुँदा मिलेरै सरकार चलाउनुपर्ने बाध्यताः नेपाली कांग्रेस सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रतिनिधि सभामा कांग्रेस ठूलो दल भए पनि बहुमत नहुँदा मिलेरै सरकार बनाउनु र चलाउनुपर्ने बताउनुभएको छ । मिलेर सरकार चलाउनुपर्ने बाध्यता वर्तमान निर्वाचन प्रणालीले गराएको उहाँको भनाई छ । मिलेर सरकार बनाउने र चलाउने क्रममा केही कमिकमजोरी भए सुधार गर्दै अघि बढ्ने देउवाको भनाई छ ।
अहिले कांग्रेस–एमालेको गठबन्धनमा ओली नेतृत्वको सरकार छ । एमाले–कांग्रेस मिलेर सरकार बनाउदा आम जनताले ठूला ठूला काम सरकारबाट हुने अपेक्षा गरेका थिए । तर सो अपेक्षा अनुसार काम पनि हुन नसकेपछि सरकारप्रतिको असन्तुष्टि प्रतिपक्षको मात्रै होइन, सत्ता साझेदार दलका सांसदहरुको पनि चरम आलोचना भईरहेको अवस्था छ । अवस्था एकातिर यस्तो छ भने अर्कातिर प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्र लगायतले सरकारको चर्को आलोचना गरिरहेका छन् । प्रमुख प्रतिपक्षी दलका नेता समेत रहनु भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यो सरकारलाई ढालेर एमालेलाई एक्ल्याउँदै कांग्रेससँग मिलेर सरकार बनाउने र सत्ताको प्यास मेटाउने भन्दै न्वरानदेखिको बल लगाई राख्नु भएको छ । तर कांग्रेस–एमाले मिल्दासम्म त्यो प्रयास निरर्थक रहने भएको छ ।
केही दिन अघि प्रचण्डले सभापति शेरबहादुर देउवालार्य फोन गरेर देउवा निवास बुढानिलकण्ठ मै प्रभावशाली नेता तथा पार्टी उपमहासचिव जनार्दन शर्मालाई पठाउनु भएको थियो । देउवासँगको भेटा समसामयिक राजनीतिक विषयमा छलफल भएको उपमहासचिव शर्माले बताउनु भएको छ । माओवादी केन्द्रको कांग्रेससँगको बारम्बारको भेट, फोन वार्ता र कांग्रेसभित्रै चुलिइ रहेको सरकारप्रतिको असन्तुष्टिका कारण सरकारको आयु बारे आशंका पनि उत्पन्न हुन नथालेका होइनन् । तर यस्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने एमालेसँग भएको सात बुँदे सहमति प्रति प्रतिबद्ध देखिनु भएको छ भने एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि सम्झौता अनुसार कार्यकाल सकिएपछि आफुले लिइरहेको प्रधानमन्त्री पद ससम्मानका साथ राम्रो किस्तिमा राखेर देउवालाई दिने बताईरहनु भएको छ । यो भनाइलाई कांग्रेसका केही नेताले गलत अर्थ लगाउँदै पनि आएका छन् । पार्टी भित्र जे जस्ता असन्तुष्टि चुलिए पनि सभापति देउवा वर्तमान गठबन्धनप्रति प्रतिबद्ध हुँदै वर्तमान गठबन्धनलाई निरन्तरता ँिददै अघि बढ्ने मुडमा देउवा रहनु भएको देखिन्छ । यसरी प्रतिबद्ध हुनुमा मुख्य गरी तीन कारण छन् । पहिलो कारण सभापति देउवा एमालेसँग भएको सात बुँदे सहमतिप्रति ढुक्क हुनु । दोस्रो कारण सम्झौतामा भए अनुसार ओली पछि चुनावी सरकारको नेतृत्व देउवाले गर्नै र तेस्रो कारण नेकपा माओवादी केन्द्रप्रति देउवाको पूर्ण विश्वास नहुनु हो । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको ढुलमुले प्रवृत्तिले पूर्ण रुपमा विश्वस्त हुने ठाउँ गुमेको छ । माओवादी केन्द्र प्रतिनिधि सभाको तेस्रो ठूलो दल भएर पनि कहिले कांग्रेससँग मिलेर सरकारको नेतृत्व गर्ने र दोस्रो ठूलो दल नेकपा एमालेलाई पछि पार्ने त कहिले एमालेसँग मिलेर पहिलो दल बनेको नेपाली कांग्रेसलाई पछि पार्ने प्रवृत्तिले सरकार अस्थिर भइरहने अवस्थाको सृजना हुँदा दोस्रो ठूलो दल र पहिलो दल मिलेर सरकार सञ्चालन गर्नुपर्ने बाध्यता भएका कारण पनि कांग्रेस–एमाले मिलेका हुन् । देउवा आफु राजनीतिक इमान्दार हुनुभएकै कारण र प्रचण्डले पटक पटक धोका दिनुभएका कारण पनि तत्काल सत्ता समिकरण नगर्ने सोचमा देउवा हुनुहुन्छ । अर्कोतर्फ अहिले परिस्थिति परिपक्व छैन । एमालेसँगको गठबन्धन तोडेर आफ्नो नेतृत्वको सरकार गठन गर्न अंकगणितका हिसाबले निकै कठिन छ । त्यस्तै सभापति देउवाको लागि सरकार गठन गर्न अहिले अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकुल छ । यी विविध कारणले पनि देउवा गठबन्धन तोड्न अनिच्छुक देखनुभएको हुँदा बाहिर जति हल्ला भए पनि तत्काल सरकार परिवर्तन नहुने पक्कापक्की जस्तै भएको छ ।

बल्ल सत्य निरुपण र वेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । अति महत्वको साथ लिइने गरेको संक्रमणकालीन न्याय टुंग्याउन सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद बैठकले कानून मन्त्रालयको प्रस्तावमा हुँदै आयोगमा भिन्दाभिन्दै अध्यक्ष र सदस्य गरि १० पदाधिकारी नियुक्त गरेको हो ।
खानेपानी मन्त्रि प्रदीप यादवका अनुसार सत्य निरुपण आयोगको अध्यक्षमा पूर्व न्यायाधीश महेश थापा र वेपत्ता छानविन आयोगको अध्यक्षमा पूर्व मुख्यसचिव लीलादेवी गड्र्तौला नियुक्त भएका छन् । यस्तै सत्य निरुपण आयोग सदस्यमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा नियुक्त भएका छन् । यसैगरी वेपत्ता वेपत्ता छानविन आयोगमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली सदस्य नियुक्त भएको मन्त्रि यादवले जानकारी दिए ।
दुवै आयोगमा पदाधिकारी छनौट गर्न पूर्व प्रधानन्यायाधीश ओम प्रकाश मिश्रको अध्यक्षतामा सरकारले गत चैत्र ११ मा दोस्रो पटक सिफारिस समिति बनाएको थियो । सिफारिस समितिको छनोटका आधारमा मन्त्रिपरिषदले बुधबार दुवै आयोगमा पदाधिकारी नियुक्त गरेर पूर्णता दिएको हो । आयोगका पदाधिकारीको पदावधि चार वर्षको हुनेछ ।

विपद् व्यवस्थापनमा सशस्त्रसहितको स्वयंसेवक टोली

काठमाडौं । स्थानीय तहमा विपदमा पर्दा जनताले दुःख झेलिरहेका वर्तमान अवस्थामा विपद् न्यूनीकरण तथा व्यवस्थापनमा सशस्त्र प्रहरीले स्थानीय नागरिकसँग मिलेर विपद् स्वयंसेवक टोली बनाउन थालेको छ ।
स्थानीय तहसँग समन्वय गरी विपद सम्बन्धी आधारभुत तालिम दिएर देशैभरका वडामा विपद् व्यवस्थापन स्वयंसेवक टोली बनाउने प्रक्रिया अघि बढाइएको हो ।
हरेक वडामा ३५ जनाको विपद् स्वयंसेवक टोली तयार गर्ने सशस्त्र प्रहरीको लक्ष्य छ । विभिन्न पालिकामा यससम्बन्धी तालिम सुरु भइसकेको सशस्त्र प्रहरी बलले जनाएको छ । सशस्त्र प्रहरी महानिरिक्षक राजु आर्याल स्वयंसेवकको अभियानले विपदबाट हुने सम्भावित क्षति धेरै कम गर्न सकिने बताउछन् । ‘नागरिकसँगको सहकार्यले मात्र विपदको जोखिम न्यूनीकरण कम गर्न सकिन्छ भनेर हामीले स्वयंसेवकको अवधारणा सुरु गरेका हांै ।’ उनले भने– ‘स्थानीय तहसँग मिलेर हरेक वडामा विपद व्यवस्थापन स्वयंसेवक तयार गर्छौ ।’
विपद स्वयंसेवक परिचालन सम्बन्धी कार्यविधि हालै गृहमन्त्रालयले स्वीकृत गरेसँगै विपद व्यवस्थापनमा स्वयंसेवक अवधारणा कार्यान्वयन गर्न लागिएको हो ।
कार्यविधि अनुसार हरेक वडामा स्थानीय तहसँग मिलेर तालिम दिई स्वयेंवक खटाइने छ । तालिमका लागि भने स्थानीय तहले नै व्यक्ति छनौट, तालिम खर्च र विपद् व्यवस्थापन सम्बन्धी सामग्रीको व्यवस्थापन गर्नुपर्ने हुन्छ । एकै पटक सबै वडामा तालिम दिन नसकिने भएकाले क्रमश सञ्चालन गरिने र १८ दिने तालिम पाठ्यक्रम रहेको सशस्त्रले जनाएको छ ।

जेष्ठ नागरिक भत्ता सम्मानका लागि कि गुजाराका लागि ?

भोजकुमारी खड्का
सरकारले उमेर हद तोकेर जेष्ठ नागरिक भत्ता दिदै आएको छ । तत्कालिन एमाले प्रधानमन्त्री मनमोहन अधिकारीले रु. १०० प्रति जेष्ठ नागरिक दिने चलन बसाएका थिए । त्यो अहिले बढाएर चार हजार पुर्याएको छ । यो रकमले बेरोजगारी, असहाय र अशक्तलाई धेरै ठूलो सहयोग गरेको छ भने पूर्ण सम्पन्न र अर्धसम्पन्नता भएकालाई खासै आवश्यक पर्दैन । सरकारले अहिले उमेर हदको मापदण्ड बमोजिम सबैलाई समान तरिकाले वृद्ध भत्ता अर्थात सामाजिक सुरक्षा भत्ता वितरण गर्नका लागि हो भनेर स्पष्ट हुन नसकेको अवस्थामा सरकार छ । त्यसकारण केका लागि सामाजिक सुरक्षा भत्ता दिने हो भनेर पहिला प्रष्ट हुनुपर्दछ
सरकारले सबैलाई समान रुपले भत्ता दिँदा सम्मानका लागि दिएको हो भनेर बुझ्न बाध्य गराउँदछ । तर खासगरी वृद्ध भत्ता असहाय र अशक्तलाई मात्र दिने र अहिले दिँदै आएको भत्ता डबल गर्ने व्यवस्था गरिदिने हो भने व्यवहारिकता देखिने थियो । वितरण गरिदै आएको भत्ता हुने खानेका लागि केही पनि होइन भने हुँदा खानेका लागि जिउने मुख्य आधार हो । संविधानले प्रत्याभुत गरेको सामाजिक सुरक्षा भत्ता दिन्न वा दिन सक्दिन भनेर सरकारले भन्न पनि पाउँदैन । अहिले तीनै तहका कार्यालयहरुले भत्ता वितरण गर्दा दोहोरो, तेहेरो रुपमा भत्ता वितरण भइरहेको चर्चा पनि सुन्नमा आएको छ । यही कुरा सत्य हो भने त्यस्ता काम तुरुन्त रोकिनु पर्दछ । अहिले जथाभावी भत्ता वितरण हुँदा राज्यको ठूलो रकम खर्च भइरहेको एक तथ्यांकले बताउँछ । अहिले तीन तहका कर्मचारीलाई तलब खुवाउदा राज्यलाई ठूलो आर्थिक भार पर्न गइरहेको छ । यसबाट छुटकारा पाउन प्रदेश अर्थात् बिचको सरकार हटाउन राम्रो हुने देखिन्छ ।

सुपा देउराली मन्दिरको महिमा गुँजियो भजनमार्फत, मोतिराज खनालको सशक्त प्रस्तुति

 

अर्घाखाँची जिल्लास्थित प्रसिद्ध धार्मिक स्थल सुपा देउराली मन्दिरको महिमा समेटिएको भजन “जय जय भगवती सुपा देउरालीकी माई” सार्वजनिक भएको छ। भजनमा लोकसंगीत क्षेत्रमा लामो समयदेखि सक्रिय बहुप्रतिभाशाली कलाकार मोतिराज खनालको नेतृत्व, स्वर, संगीत र अभिनय रहेको छ।

संगीत, शब्द, अभिनय तथा निर्देशनको समन्वयमा तयार पारिएको यस भजनले धार्मिक आस्थासँगै पर्यटकीय प्रवर्द्धनमा योगदान दिने अपेक्षा गरिएको छ। भजनका शब्द मोतिराज खनाल र शेषनारायण पोखरेलको रहेको छ भने संगीत संयोजन खनाल स्वयं र धर्मेन्द्र अर्यालले गरेका छन्।

भजनमा मोतिराज खनालसँगै शेषनारायण पोखरेल, धर्मेन्द्र अर्याल, पुनम बस्याल र मञ्जु गुरुङको स्वर सुन्न सकिन्छ। यस भजनलाई निर्देशन चर्चित भिडियो निर्देशक सुरज खनालले गरेका छन् भने कोरियोग्राफी शिवजी क्षेत्रीको रहेको छ।

भिडियोमा चर्चित कलाकार सुरबिर पण्डित दारी बा०, शर्मिला शर्मा, र अनिसा खड्काको दमदार अभिनय प्रस्तुत गरिएको छ। साथमा छबिलाल सुवेदी, नारायण लेकाली, नन्दराज रेग्मी, लेखान्त भुषाल, सुमन खनाल, गान्दिभ सुवेदी, घनश्याम खनाल, चन्द्रकला खनाल, गिरी खनाल, चोपलाल खनाल ,रामप्रसाद खनाल, शान्ता खनाल लगायत दर्जनौँ कलाकारको अभिनय रहेको छ।

भजनको छायांकन विशाल परियार, शृङ्गार जीवन पासा भिडियोको सम्पादन बिनोद बम, एरेन्ज विश्वास नेपाल, रेकर्डिङ सागर बाजुराली तथा मिक्सिङ खडक बाजुरालिले गरेका छन्। अडियो निर्माण कार्य मालाश्री स्टुडियोमा सम्पन्न गरिएको हो।

सुपा देउराली मन्दिर हिन्दु धर्मालम्बीहरूका लागि अत्यन्तै पवित्र स्थल हो। यहाँ भाकल गर्दा मनोकामना पूरा हुने जनविश्वास रहिआएको छ। देश तथा विदेशमा चर्चित यस मन्दिरको पहिलो आधिकारिक भजनका रूपमा यो एल्बम सार्वजनिक भएको जनाइएको छ।

निर्माताहरूका अनुसार, भजनले धार्मिक चेतना फैलाउने मात्र नभई सांस्कृतिक जागरण र पर्यटन प्रवर्द्धनमा समेत योगदान पुर्‍याउने विश्वास लिइएको छ। गीतको लय, शब्द, स्वर र दृश्य संयोजनले दर्शक(श्रोताको मन जित्ने अपेक्षा गरिएको छ।

सुदामा ताजा समाचार

कर्मचारीतन्त्रले नागरिकको मन नजिते सम्म लोकतन्त्र मजबुत हुन सक्दैनः राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सहज, सरल र प्रभावकारी तवरले जनतालाई सेवा प्रवाहगरेर कर्मचारीतन्त्रले नागरिकको मन नजिते सम्म े लोकतन्त्र दरिलो नहुने बताएका छन्...

विद्यालय शिक्षाको अधिकारस्थानीय तहमा रहने गरी कानून तर्जुमा गरिदै छ ः...

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेगरी कानुन तर्जुमा गरिने स्पष्ट पारेका छन् । प्रतिनिधिसभा अन्तर्गत शिक्षा,...

वातावरण संरक्षण र प्रदूषण नियन्त्रणलाइ सरकारले प्राथमिकतामा राखेको छ ःअर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रणलाई सरकारले प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । अन्नपूर्ण मिडिया नेटवर्कले आयोजना गरेको...

विभिन्न मिडियाका सम्पादकहरुले जनाए प्रेस तर्साउने घटना बारे आपत्ती

३१ जेठ, काठमाडौं । प्रेसलाई तर्साउने पछिल्ला घटनाबारे सम्पादकहरूले आपत्ति जनाएका छन् । शनिबार विभिन्न मिडियाका ३५ जना सम्पादकहरूले संयुक्त विज्ञप्ति जारी गर्दै फरक उद्देश्यका...