बल्ल सत्य निरुपण र वेपत्ता आयोगमा पदाधिकारी नियुक्त

काठमाडौं । अति महत्वको साथ लिइने गरेको संक्रमणकालीन न्याय टुंग्याउन सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा पदाधिकारी नियुक्त गरेको छ । केही दिन अघि बसेको मन्त्रिपरिषद बैठकले कानून मन्त्रालयको प्रस्तावमा हुँदै आयोगमा भिन्दाभिन्दै अध्यक्ष र सदस्य गरि १० पदाधिकारी नियुक्त गरेको हो ।
खानेपानी मन्त्रि प्रदीप यादवका अनुसार सत्य निरुपण आयोगको अध्यक्षमा पूर्व न्यायाधीश महेश थापा र वेपत्ता छानविन आयोगको अध्यक्षमा पूर्व मुख्यसचिव लीलादेवी गड्र्तौला नियुक्त भएका छन् । यस्तै सत्य निरुपण आयोग सदस्यमा अच्युतप्रसाद भण्डारी, टीकाप्रसाद ढकाल, पदमबहादुर शाही र कुमारी कौशल्य ओझा नियुक्त भएका छन् । यसैगरी वेपत्ता वेपत्ता छानविन आयोगमा गोपालनाथ योगी, अग्निप्रसाद थपलिया, सिर्जना पोखरेल र विनिता नेपाली सदस्य नियुक्त भएको मन्त्रि यादवले जानकारी दिए ।
दुवै आयोगमा पदाधिकारी छनौट गर्न पूर्व प्रधानन्यायाधीश ओम प्रकाश मिश्रको अध्यक्षतामा सरकारले गत चैत्र ११ मा दोस्रो पटक सिफारिस समिति बनाएको थियो । सिफारिस समितिको छनोटका आधारमा मन्त्रिपरिषदले बुधबार दुवै आयोगमा पदाधिकारी नियुक्त गरेर पूर्णता दिएको हो । आयोगका पदाधिकारीको पदावधि चार वर्षको हुनेछ ।

LEAVE A REPLY