Page 9

सिद्धार्थबैकद्वारा विद्यालय पुनः निर्माणमा सहयोग

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले सानीभेरी गाउँपालिका–१, रुकुम पश्चिम स्थित श्री जनप्रिय आधारभुत विद्यालयको भवन पुनर्निर्माणको शिलान्यास कार्यक्रम गरेको छ ।
२०८० साल कात्तिक १७ गते गएको विनाशकारी भूकम्पले क्षतिग्रस्त उक्त विद्यालयको दुई वटा भवन मध्ये एक भवनको पुनर्निर्माण कार्य बैंकको सहयोगद्धारा बन्न लागेको हो । कुल १७५ जना विद्यार्थी अध्ययनरत रहेको यस विद्यालयमा बाल कक्षादेखि कक्षा ८ सम्मको पठनपाठन सञ्चालन भइरहेको छ ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

होला त सरकार र शिक्षकहरूबिच भएका ९ बुँदे सहमतिको कार्यन्वयन ?

काठमाडौँ । नेपाल शिक्षक महासंघ र सरकारबीच ९ बुँदे सहमति भएको छ । शिक्षामन्त्री रघुजी पन्त र शिक्षक महासंघबिच सहमति भएको हो । सहमति भएका विषयहरू मन्त्रिपरिषदबाट पारित भएपछि निर्णयहरू कार्यान्वयनमा आएका हुन् । विगतमा पनि तत्कालिन सरकार र शिक्षकहरु विच यस्ता सहमति नभएका होइनन् । तर ती सहमति कार्यन्वयन नहुदा शिक्षकहरुले १ महिना सम्म शान्तिपूर्ण वातावरणमा आन्दोलन गर्नु पर्यो । त्यस्तै अवस्था फेरि आउने त हैन ? भनेर तर्क गर्ने ठाँउ भने सुरक्षित हुने सरकार र क्षिक विच विगतमा भएका व्यवहारले प्रष्ट पारेको छ । जेहोस् तत्कालका लागि समस्या ट्र्यो गर्वको विषय बनेको छ ।

सात बुदाको जगमा टेकेर शिक्षा मन्त्रालयले सहमति गरेपछि शिक्षक महासंघले विज्ञप्ति निकाल्दै समयमा ऐन जारी हुने विश्वाससहित विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षासम्बन्धी सबै काम गर्न अनुरोध गरेको छ ।

मन्त्रिपरिषद्को अनुमोदन र कार्यान्वयनको अपेक्षा
सहमतिपछि बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले यी बुँदाहरूलाई स्वीकार गरेको छ । सहमति कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालय र निकायहरूलाई निर्देशन दिइसकिएको बताइएको छ । यो सहमतिले शिक्षकहरूको कार्य वातावरण सुधार्न र विद्यालय शिक्षालाई थप प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।

शिक्षक सङ्गठनको सकारात्मक प्रतिक्रिया
आन्दोलनरत शिक्षक सङ्गठनहरूले सहमतिलाई स्वागत गर्दै आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । उनीहरूले सरकारले गरेको प्रतिबद्धता समयमै कार्यान्वयन भएमा शिक्षण पेसाको गरिमा र शिक्षकहरूको मनोबल उच्च हुने बताएका छन् ।

सरकार र शिक्षकहरूबीच भएको यो नौ बुँदे सहमति नेपालको शिक्षा क्षेत्रका लागि कोसेढुङ्गा साबित हुने अपेक्षा गरिएको छ । तलब, सुविधा, मर्यादाक्रम र सामाजिक सुरक्षामा भएको सुधारले शिक्षकहरूको कार्यक्षमता र शिक्षण पेसाप्रतिको आकर्षण बढ्ने विश्वास गरिएको छ । सहमति कार्यान्वयनको प्रभावकारी अनुगमन र समन्वयका लागि सरकारले तत्परता देखाउन भने उत्तिकै आवश्यक रहन्छ ।

१. शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।
२. अस्थायी प्रकृतिका शिक्षक – राहत,अस्थायी, साबिक उमावि, सिकाई अनुदान, प्राविधिक धार, विशेष शिक्षा र बाल विकास सहजकर्ताको बिरामी बिदा सञ्चित हुने र सो बापतको रकम अवकाश भएका बखतमा एकमुष्ट प्राप्त गर्ने ।

३. प्रारम्भिक बाल विकास सहजकर्ता र विद्यालय कर्मचारीको पारिश्रमिकका सम्बन्धमा नेपाल सरकारबाट तोके बमोजिम व्यवस्था गर्ने ।

४. आगामी आर्थिक वर्ष २०८२र८३ बाट स्थायी शिक्षकमध्ये प्राथमिक तृतीय, प्राथमिक द्वितीय, निम्न माध्यमिक तृतीय र माध्यमिक प्रथम श्रेणीका शिक्षकहरूको लागि निजामती सरह ग्रेड सङ्ख्या र रकम कायम गर्ने ।

५. स्थायी तथा अस्थायी प्रकृतिका कोटा ९राहत, अस्थायी, करार साविक उमावि, प्राविधिक धार र विशेष शिक्षा० का सबै शिक्षकले प्रचलित कानुन बमोजिम दुर्गम भत्ता पाउने व्यवस्था गर्ने ।

६. सामुदायिक विद्यालयमा कार्यरत निजी स्रोतका शिक्षक तथा कर्मचारीहरूलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न नियमावलीमा व्यवस्था गर्ने ।

७. नेपाल सरकारको मर्यादाक्रम सूचीमा शिक्षकहरूलाई समावेश गर्ने ।

८. नेपाल शिक्षक महासङ्घको आन्दोलनका क्रममा घाइते भएका सम्पूर्ण शिक्षक, सुरक्षाकर्मी, कर्मचारी तथा पत्रकारहरूको सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने ।

९. निम्न माध्यमिक तह प्रथम श्रेणी का शिक्षकको तलब तथा ग्रेड माध्यमिक द्वितीय श्रेणीका शिक्षक सरह हुनेगरी कायम गर्ने ।

१५ असारमा शिक्षा विधेयक आउने सहमति पछि आज देखी खुले विद्यालय

काठमाडौं । शिक्षकले चैत्र २० गते देखी जारी राखेको काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने प्रतिवद्धतासहित शिक्षकहरूले आन्दोलन स्थगित गरेका हुन् ।
यससँगै ठप्प रहेका देशभरका सामुदायिक विद्यालयहरु आज देखी खुल्ने भएका छन् । ‘नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरु समेत निर्णय भई आएकाले आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं । आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ,’ शिक्षक महाँसघद्वारा हिजो जारी विज्ञप्तिमा भनिएको छ । तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासंघ फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान बध्य हुने सहमति पत्रमा उल्लेख छ ।

आज देशभर सार्वजनिक बिदा

काठमाडौँ। आज मे १ तारिख अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाललगायत विश्वभर विविध कार्यक्रम आयोजना गरी मे दीवस मनाइँदै छ। दीवस मनाउने क्रममा नेपाल सकरकारले पनि देश भर सार्वजनिक विदा दिइएको छ ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ। विश्वभरका मजदुरहरूले यस दिनलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएका छन्। यस वर्ष पनि नेपालका विभिन्न मजदुर सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन्।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ। सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केटमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो। अन्ततः मजदुर आन्दोलनले सफलता प्राप्त गरेको थियो।
पछि, सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले मे १ लाई विश्व श्रमिक दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेको थियो।
नेपालमा विराटनगरमा विसं २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को राजनीतिक परिवर्तनसँगै यो दिवस मनाउन थालिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ।

सुदामा ताजा समाचार

शिक्षाले खुशीयाली भर्न सक्नुपर्दछ

शिक्षाको उद्देश्य स्वाभावतः शिक्षा भन्ने वित्तिकै नजान्नेलाई जान्ने बनाउँने भन्ने बुझिन्छ । यति मात्र नभई शिक्षा हाँसिल गरी सकेपछि दुःख खेप्नु पर्दैन सहजसँग जीवन यात्रा...

शक्ति सन्तुलनको छायामा इरान

—प्रेमचन्द्र झा मरुभूमिको तातो हावामा इतिहास कहिल्यै पूर्ण रूपमा सुक्दैनस त्यहाँ सधैं केही न केही चिसोपन बाँकी रहन्छ नै याद, पीडा र प्रतिरोधको...

शक्ति सन्तुलनको छायामा इरान