१५ असारमा शिक्षा विधेयक आउने सहमति पछि आज देखी खुले विद्यालय

काठमाडौं । शिक्षकले चैत्र २० गते देखी जारी राखेको काठमाडौं केन्द्रित आन्दोलन फिर्ता लिएका छन्। विद्यालय शिक्षा विधेयक असार १५ गतेभित्र जारी गर्ने प्रतिवद्धतासहित शिक्षकहरूले आन्दोलन स्थगित गरेका हुन् ।
यससँगै ठप्प रहेका देशभरका सामुदायिक विद्यालयहरु आज देखी खुल्ने भएका छन् । ‘नेपाल सरकार मन्त्रिपरिषदबाट निर्णय गरी सम्बोधन हुने केही मागहरु समेत निर्णय भई आएकाले आम शैक्षिक हड्ताल तथा सडक प्रदर्शनका सबै कार्यक्रम स्थगित गरेका छौं । आजकै मितिबाट विद्यालय भर्ना, नियमित कक्षा सञ्चालन, परीक्षा सम्बन्धी सबै काम गर्न गराउनु हुन सबैमा अनुरोध छ,’ शिक्षक महाँसघद्वारा हिजो जारी विज्ञप्तिमा भनिएको छ । तोकिएको समयमा ऐन जारी नभएमा नेपाल शिक्षक महासंघ फेरि अहिले भन्दा कडा सडक आन्दोलनमा जान बध्य हुने सहमति पत्रमा उल्लेख छ ।

LEAVE A REPLY