आज देशभर सार्वजनिक बिदा

काठमाडौँ। आज मे १ तारिख अर्थात् १३६औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाललगायत विश्वभर विविध कार्यक्रम आयोजना गरी मे दीवस मनाइँदै छ। दीवस मनाउने क्रममा नेपाल सकरकारले पनि देश भर सार्वजनिक विदा दिइएको छ ।
श्रमिकहरूको पेसागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन तथा अधिकार स्थापित भएको दिनको स्मरण गर्दै प्रत्येक वर्ष यो दिवस मनाउने गरिन्छ। विश्वभरका मजदुरहरूले यस दिनलाई पर्वका रूपमा लिँदै आफ्ना हकअधिकारको सुनिश्चितताका लागि सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्यले विभिन्न कार्यक्रम गर्दै आएका छन्। यस वर्ष पनि नेपालका विभिन्न मजदुर सङ्गठनहरूले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै छन्।
सन् १८८६ मे १ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा हरेक वर्ष यो दिवस मनाइन्छ। सो आन्दोलनका क्रममा सिकागोको हेय मार्केटमा बम विस्फोट र प्रहरीको गोली लागेर सातजना मजदुरको मृत्यु भएको थियो। अन्ततः मजदुर आन्दोलनले सफलता प्राप्त गरेको थियो।
पछि, सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताहरूको बैठकले मे १ लाई विश्व श्रमिक दिवसका रूपमा विश्वभर मनाउने निर्णय गरेको थियो।
नेपालमा विराटनगरमा विसं २००३ मा भएको श्रमिक आन्दोलनको सफलता र विसं २००७ को राजनीतिक परिवर्तनसँगै यो दिवस मनाउन थालिएको हो। विसं २०४६ को राजनीतिक परिवर्तनपछि नेपालमा यो दिवसमा सार्वजनिक बिदा दिन थालिएको छ।

LEAVE A REPLY