राजावादीको सक्रियतामा रास्वपा मौन किन ?

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको सक्रियतालाई लिएर देशका प्रमुख दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्रले आआफ्नो तरिकाबाट अथ्र्याइरहेको समयमा भर्खरै उदाएको दल राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको ठोस आधिकारिक धारणा सार्वजनिक भएको छैन । रास्वपा मौन देखिएका छ । दलहरुले कित्ता क्लियर गरिरहेको बेला लोकप्रियताकै नाराका कारण उदाएको कान्छो दल रास्वपा तत्काल कतै खुलेको छैन । आफुलाई वैकल्पिक शक्ति दाबी गर्ने रास्वपा पछिल्लो गतिविधिप्रति मौन देखिएपछि अनेक आशंका उब्जिएका छन् । सभापति रवि लामिछाने सहकारी ठगी गरेको आरोपमा कास्की, काठमाडौं, चितवन र रुपन्देही अदालतमा मुद्दा खेजिरहेका छन् । उहाँले पछिल्लो राजनीतिक घटनाक्रम बारे कुनै प्रतिक्रिया दिएका छैनन् । रास्वपाले पनि आधिकारिक रुपमा राजावादीको सक्रियताबारे कुनै प्रतिक्रिया जनाएको छैन ।
रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले आफ्नो पार्टी वर्तमान व्यवस्था विरोधी नभएको स्पष्ट पार्दे भने ‘यसको एउटा पोलिटिकल प्रोसेस हुन्छ । पोलिटिकल म्याण्डेट हुन्छ । २०८४ निर्वाचनसम्मका लागि जुन दलले जसरी पाएको छ । त्यही मत अनुसार अगाडि बढ्ने हो । राजा ज्ञानेन्द्रले पनि विगतमा राज्य सञ्चालन गर्न पाएकै थिए ।’
झाले थपे– ‘कु गरेरै पुरै सिस्टम कन्ट्रोलमा लिनु भयो । खै त त्यति बेला केही पनि डेलिभर गर्नसक्नु भएन ।’

LEAVE A REPLY