काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्र्तगत काठमाडौं उपत्यकामा विभिन्न क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन स्ववियु निर्वाचन अनिश्चित बनेको छ । स्ववियुलार्य क्याम्पसका विद्यार्थीको छाता संगठन मानिन्छ । सत्तापक्षीय र प्रतिपक्षी दलका विद्यार्थी संगठनका निर्वाचन अधिकृतहरुले राजिनामा दिएकाले १० निर्वाचन स्थगित भएको हो । स्मरण रहोस् आज चैत्र ५ गते स्ववियु निर्वाचन हुँदैछ ।
त्रिभुवन विश्वविद्यालय अन्र्तगत स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनका लागि आंगिक तथा सम्बन्ध प्राप्त क्याम्पसहरुमा सर्वसम्मत नेतृत्व चयनको प्रक्रिया तीव्र भइरहेको देखिन्छ । अहिलेसम्म प्राप्त समाचार अनुसार ८२ क्याम्पसभन्दा बढीमा स्ववियु सर्वसम्मत सभापति चयन भएका छन् । ३२ क्याम्पसमा एमाले निकट अनेरास्ववियुका सभापतिका उम्मेदवार निर्विरोध भएका छन् । अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलका अनुसार अहिलेसम्म ३२ भन्दा बढी क्याम्पसमा अनेरास्ववियुका उम्मेदवार सभापतिमा निर्विरोध भएका हुन् । यस्तै दोस्रो स्थानमा कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ रहेको छ । नेवि संघका प्रवक्ता सुरज सेजुवालका अनुसार २८ क्याम्पसमा नेविसंघका उम्मेदवार निर्विरोध निर्वाचित भएको छ ।
तेस्रो स्थानमा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी छ । २१ क्याम्पसमा आफ्ना सभापतिका उम्मेदवार निर्विरोध चयन भएको अखिल क्रान्तिकारीले जनाएको छ ।
यसैगरी नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियुका एक उम्मेदवार मकवानपुरको मनहरी बहुमुखी क्याम्पसमा निर्विरोध सभापतिमा निर्वाचित भएका छन् ।