हिमालयन बैंकले जारी गर्यो दोहोरो खाता बन्द गर्ने सम्बन्धी अत्यन्त जरुरी सूचना

काठमाण्डौ, राजधानीको कमलादीमा केन्द्रीयकार्यलय खोली विभिन्न शाखाहरुबाट वीत्तीय कारोबार गर्दै आएको लोकपृय सस्था हिमालयनबैंक लिमिटेडले बैंकमा दुई वा सो भन्दा बढी खाता खोली कारोबार गर्दै आएका ग्राहकहरुलाई एउटा खाताबाटमात्रै कारोबार गर्न अनुरोध गरेको छ ।बैकले सूचना जारी गर्दै भनेको छ — नेपालराष्ट्र बैंकको एकिकृत निर्देशन २०८१ को निर्देशन नं.२१ को बुँदा नं.४५ मा “बैक वा वित्तीय सस्थाले प्राकृतिक व्यक्तिको नाममा स्वदेशी मुद्रामा एटै प्रकृतिको एक भन्दा बढी खाता खोल्न पाईने छैन ” भन्ने व्यवस्था रहेको हुनाले यस बैंकमा एकै प्रकृतिका एक भन्दा बढी प्रकृतिका खाता रहेका ग्राहक महानुभावहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र दोहोरो खाता मध्ये एउटा मात्र खाता सञ्चालनमा रहने गरी अर्को खाता बन्द गरी दिनुहुनका लागि मिति वि.सं.२०८१ फाल्गुन ११ गते कारोवार दैनिकमा सूचना प्रकाशित गरिएको जानकारी गराउदछौं । उल्लेखित समय भित्र ग्राहक महानुभावहरुले एकै प्रकृतिका दोरो मधये एउटा खाता बन्द गरीदिनुहुन अनुरोध गर्दछौं । साथै उल्लेखित समय भित्र कुनै एउटा खाता बन्द नभएमा दोहोरो खाता भएका ग्राकमहानुभावहरुको एक खाता बाहेक अरु सबै खाता स्वतः निष्कृय हुने व्यहोरा यसै सूचनाबाट जानकारी गराईनछ । भन्यवनद

LEAVE A REPLY