काठमाडौँ , राष्ट्रिय प्रजातन्त्र पार्टीले राजसंस्था पुनर्स्थापनाका लागि आन्दोलन गर्ने घोषणा गरेको छ। आन्दोलनको नेतृत्व राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले गर्ने भएका छन्।
यही चैत १२ गते अध्यक्षको नेतृत्वमा रहेको आन्दोलन मूल समितिको बैठक बस्ने प्रवक्ता ज्ञानबहादुर शाहीले जानकारी दिए।
आज बसेको कार्यसम्पादन समितिको बैठकले आन्दोलन परिचालन समितिको भूमिका खुम्च्याएको छ।
दरबारले नवराज सुवेदीलाई आन्दोलनको कमाण्डर बनाएको चर्चा छ नि भन्ने प्रश्नमा उनले जवाफ दिए, ‘कसले भनेको? चिठीपत्र कसैले फेला पार्नुभएको छ?अडियो सडियो, भिडियो छ त्यस्तो छ भने पनि मेरो जानकारीमा छैन। राप्रपालाई थाहा छैन। म त्यो समितिमा बस्दिनँ भनिसकेको छु।’
यद्यपि, जुनसुकै शक्तिले पनि राजसंस्थाको पक्षमा आन्दोलन गर्दा राप्रपा खुशी हुने लिङदेनको भनाइ छ।