एभरेष्ट बैंकंद्वारा ५,६९७ जना लगानीकर्तालाई ऋणपत्र वितरण

काठमाडौं । एभरेष्ट बैंकले ऋणपत्र बाँडफाँटमा रितपूर्वक आवेदन दिएका ५ हजार ६९७ जना लगानीकर्तालाई ऋणपत्र वितरण गरेको छ। बैंकले गत फागुन १८ देखि २३ गतेसम्म ३ अर्ब रुपैयाँको ‘एभरेष्ट बैंक ऋणपत्र २०९१’ डिबेञ्चर बिक्री गरेको थियो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख ऋणपत्रमध्ये ६० प्रतिशत १ अर्ब ८० करोड रुपैयाँ १८ लाख कित्ता व्यक्तिगत तबकलाई र ४० प्रतिशत १ अर्ब २० करोड रुपैयाँ १२ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरेको छ। सर्वसाधारणलाई छुट्याएको ऋणपत्रमध्ये ५ प्रतिशत ६० हजार कित्ता सामुहिक लगानीकोषलाई छुट्याइएको थियो।
यस ऋणपत्रको ब्याजदर ७.५० प्रतिशत रहेको छ भने अवधि १० वर्ष तोकिएको छ। ब्याज भुक्तानी अर्धवार्षिक रूपमा ६.६ महिनाको अवधिमा गरिने बैंकले जनाएको छ।

LEAVE A REPLY