एनसेल फाउन्डेसनको प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता

काठमाडौं । जारी एनसेल नेपाल सुपर लिग एनएसएल सिजन ३ को अवसरमा एनसेल फाउन्डेसनले शिक्षा र समुदाय सशक्तिकरणप्रति आफ्नो प्रतिबद्धता अनुरुप यो सिजनभरि गरिने प्रत्येक १ गोल बराबर २५ शैक्षिक सामग्री वितरण गर्ने प्रतिवद्धता जनाएको छ ।
यो पहल विषेशगरी देशका दुर्गम क्षेत्रमा अवस्थित विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुको स्रोतको अभावलाई घटाउँदै, गुणस्तरिय शिक्षाका लागि योगदान पुर्याउने फाउन्डेसनको प्रतिबद्धतामा आधारित रहेको छ ।
मंगलबारसम्म खेलिएका खेलहरू र तीनका नतिजा अनुसार फाउन्डेसनले ११ गोल बापत २७५ शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चित भईसकेको छ । यसरी वितरण हुने सामग्रीहरुमा झोला, कापी, सिसाकलम, शार्पनर, इरेजर जस्ता आवश्यक शैक्षिक सामग्रीहरू समावेश हुन्छन् । यसले स्रोतसाधन अभाव भएका समुदायका विद्यार्थीहरूलाई उनीहरुको सिकाइ अनुभव सुधार गर्न योगदान पु¥याउने लक्ष्य राखेको छ
“हाम्रा समुदायहरुको सम्बन्ध फुटबलसँग गहिरो छ र यो पहलले फुटबलको उत्साहलाई विद्यार्थीहरूको उज्ज्वल भविष्यको लागि अर्थपूर्ण शैक्षिक सहयोगमा रूपान्तरण गर्ने उदेश्य राखेको छ,” एनसेलकी एनसेल फाउन्डेसन एन्ड स्पेशल प्रोजेक्ट डाईरेक्टर विशाखा लक्ष्मी खड्काले भनिन् ।

त्यसो त एनसेल फाउन्डेसनले खेललाई शैक्षिक सहयोगसँग जोडेको यो पहिलो पटक होइन । यस अघि नेपाल प्रिमियर लिग एनपीएलका दौरान, फाउनडेसनले प्रत्येक १ चौका बराबर ४ वटा शैक्षिक शैक्षिक सामग्री वितरण गर्ने सुनिश्चत गरेको थियो । त्यसअनुसार, एनपीएलका ६५३ चौकाहरू बापत फाउन्डेसनले कुल २,६१२ शैक्षिक सामग्रीहरु वितरण गर्दैछ । हालसम्म, फाउन्डेसनले नेपालभरिका ४२ सरकारी विद्यालयका विद्यार्थीहरूलाई ५,००० भन्दा बढी शैक्षिक सामग्रीहरु वितरण गरिसकेको छ।

एनएसएलको समापनपछि, एनसेल फाउन्डेसनले सम्बन्धित निकायहरू र अन्य सरोकारवालासँगको सहकार्यमा शैक्षिक सामग्रीहरू वितरण गर्नेछ । यो पहलमार्फत फाउन्डेसनले शिक्षा क्षेत्रमा एनसेलको सामाजिक जिम्मेवारीप्रतिको प्रतिबद्धतालाई पुनः पुष्टि गरेको छ र सकारात्मक सामाजिक परिवर्तन र सामुदायको विकासको लागि शिक्षाको विकास अपरिहार्य रहेको स्पष्ट पार्दछ ।
एनसेल फाउन्डेसन प्रभावकारी व्यावसायिक सामाजिक जिम्मेवारी सीएसआरका पहलहरुमार्फत देश र जनताको विकासमा योगदान पुर्याउन प्रतिबद्ध रहेको छ । संयुक्त राष्ट्र संघको दिगो विकास लक्ष्यहरू प्राप्तिका लागि योगदान पुर्याउँदै समावेशी र दिगो नेपालको प्रवद्र्धन गर्नु यसको उदेश्य रहेको छ ।

LEAVE A REPLY