आन्तरिक छलफल पछि मात्रै वार्तामा गइन्छ ः सह अध्यक्ष नानुमाया पराजुली

काठमाडौं शिक्षक महासघकी सह अध्यक्ष एवं काठमाण्डौ केन्द्रित आन्दोलनकि संयोजक नानुमायाँ पराजुलीले छलफलका लागि सरकारले बोलाए पनि आन्तरिक छलफल पछि मात्रै वार्तामा जाने बताईन ।
शिक्षा विधेयकका सम्बन्धमा छलफल गर्न भन्दै शिक्षा मन्त्रालयले बोलाएपछिपराजुलीले त्यस्तो धारण राखेकि हुन ।
मन्त्रालयबाट भने महासंघको समय अनुकुल आउन भनिएको जानकारी पराजुलीले पराजुली दिईन । तर महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले भन सरकारसँग वार्तामा बस्न लागेको नभई मन्त्रालयमा आफ्ना कुरा राखेर फर्कने जानकारी दिए।
‘नेपाल शिक्षक महासंघले सरकारलाई रेस्पोन्स गरेन भन्ने भाष्य निर्माण भयो, कुनै एउटा मार्गचित्र नबनाइ वार्ताका लागि मात्रै वार्ता गर्न हामी जाँदैनौं’,अध्यक्ष सुवेदीले भने, ‘मन्त्रालयमा आफ्ना कुरा राखेर हामी फर्किन्छौं।’ महासंघकी सहअध्यक्ष पराजुलीको नेतृत्वमा केही प्रतिनिधिहरु मन्त्रालय जाने सुवेदीले बताए।
शिक्षा मन्त्री विद्या भट्टराई, सचिव डा दीपक काफ्लेसहितको टिमले शिक्षक प्रतिनिधिहरुसँग छलफल गर्ने मन्त्रालयका सहसचिव एवं प्रवक्ता शिवकुमार सापकोटाले जानकारी दिए।
सधैं आन्दोलनबाट निकास ननिस्कने भन्दै उनले उपयुक्त विकल्प खोजीका लागि मन्त्रालयले छलफल गर्न लागेको उनको भनाइ छ। विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरु शैक्षिक हड्तालसहित काठमाडौं केन्द्रित आन्दोलनमा छन्।

LEAVE A REPLY