काठमाडौँ । सत्नेतारूढ नेपाली कांग्रेसका नेता ड़ा। शेखर कोइरालाले कुनै कारण देखाएर पार्टीको महाधिवेशनलाई टार्न खोज्ने काम आत्मघाती हुने भएकाले यसतर्फ चनाखो र सतर्क रहन अनुरोध गरेका छन् ।
हिजो नयाँ वर्ष २०८२को उपलक्ष्यमा एक सन्देश जारी गर्दै उनले नेपालको संविधानलाई दक्षिणपन्थी भासबाट जोगाएर समसामयिक सुधार गर्दै अगाडि बढाउन कांग्रेसीजन अगाडि आउनुपर्ने आवश्यकता भएको औँल्याए ।
सन्देशमा नेता कोइरालाले भनेका छन्, एकपटक आफू र आफ्नो दल भन्दा देश र जनता माथि छन् भन्ने सोचले काम गरे मात्रै देशले निकास पाउनेछ
अन्तर्राष्ट्रिय मञ्चमा देखिएको ‘शीतयुद्ध(२’ ले पाँच दशकअगाडि बीपी कोइरालाले प्रतिपादन गरेको ‘राष्ट्रिय मेलमिलाप’ को स्मरण गराएको उल्लेख गर्दै उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीति तथा राष्ट्रिय मुद्दाहूरुमा कांग्रेसले गौरवशाली इतिहासलाई सम्झेर विवेकपूर्ण निर्णय लिनुपर्ने सुझाव दिए ।