काठमाडौँ , नेपाली कांग्रेसका नेता एवं गृहमन्त्री रमेश लेखकले सरकार र गठबन्धनमा कुनै समस्या नरहेको राम्रो रुपमा चलिरहेको बताएका छन्।
सरकारको आयु छोटो रहेको भनि प्रति पक्षले हल्ला मचाई रहेको टिप्पणीका बारेमा सत्ताधारी उच्चस्तरीय राजनीतिक संयन्त्रको नियमित बैठकपछि सञ्चारकर्मीसँग लेखकले सरकारमा कुनै समस्या नरहेको स्पष्ट पारेका हुन्।
उनले भने, ‘हाम्रो बीचमा कुनै समस्या छैन। बाहिर जुन ढंगले कुरा आइरहेको छ, त्यो होइन, दुई नेतासहित बसेका छौँ।’
गभर्नर सिफारिसबारे पनि समितिले छलफल गरेर प्रक्रिया अघि बढाउने जानकारी मन्त्री लेखकले दिए।








