आज साँझ ७ वजे प्रधान मन्त्री र शिक्षक महासघ विच वार्ता हुदै

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै गत चैत्र २० गतेदेखि देशभरिका शिगक्षकहरु राजधानीमा सडक आन्दोलनमा उत्रिदै सरकारको निर्देशन समेत नमानेर अराजक बन्दै गए पछि समाधानका लागि आज साँझ ७ वजे प्रधान मन्त्रीले शिक्षक महांसग सगं वार्ता गर्ने भएका छन् । महासंघको सर्पोटमा शिक्षकहरु आन्दोलनमा सडकमा उर्तिएका उनीहरुले विगतका सरकार र शिक्षक महासंघबिच भएको सम्झौतालाई कार्यान्वयन गर्न माग राखेका छन् । सरकारले शिक्षकहरुका माग सम्बोधन गर्न सरकार तयार रहेको बताइसकेको छ भने राष्ट्रिय परिक्षा बोर्ड भक्तपुरले समेत वार्ताको माध्यमबाट निष्कर्ष निकाली विद्यार्थीको भविष्यलाई हेरर विद्यालय फर्कन आदेश जारी गरेको छ ।
शिक्षकहरुलाई विद्यार्थीको भविष्य अन्योलमा पारेर सडकमा आन्दोलन गर्न शिक्षा ऐनले रोक लगाएको छ । तर राजनीतिक दलको सदस्यता प्राप्त गरेर शिक्षक महांघको अगुवाईमा देशभरीका शिक्षकहरु सडकमा जात्रा देखाइरहेका छन् । शिक्षकहरूको माग सम्बोधन गर्ने विषयमा सरकार र बोर्डको समर्थन जनाइसकेको छ । तर शिक्षकहरु घर नफर्कने भन्दै राजधानीको माइतीघर–बानेश्वर सडकमा दैनिकजसो हुने प्रदर्शनमा उर्तिएपछि सर्वसाधारण र यात्रुहरूलाई गम्भीर सास्ती परेको छ ।
शिक्षकहरुको आन्दोलन दिनदिनै चर्किंदै जाँदा सडक अवरोध हुनु मात्रै होइन विद्यार्थीको भविष्य समेत अन्योलमा पर्न थालेको छ । शिक्षकहरूले आज पनि सडक पूरै घेरेर प्रदर्शन गरे, जसका कारण यातायात पूर्ण रूपमा ठप्प भयो।
राष्ट्रिय परीक्षा बोर्डले एसईई उत्तरपुस्तिका मूल्याङ्कन र कक्षा १२ को परीक्षा नजिकिँदै गर्दा शिक्षकहरूलाई जिम्मेवारीमा फर्कन अनुरोध गरेको छ । बोर्ड अध्यक्ष डा महाश्रम शर्माले शिक्षकलाई आन्दोलनसँगै परीक्षा व्यवस्थापनमा पनि ध्यान दिन आग्रह गरेका छन्। उनले भनेका छन्, “विद्यार्थीको भविष्य, अभिभावकको आशा र सरकारको लगानी — यी सबै शिक्षकको कन्धामा छन्। परीक्षा प्रक्रिया शिक्षकबिना सम्भव छैन।”
तर आन्दोलनरत शिक्षकहरूले सरकारको ७ बुँदे प्रस्तावलाई अस्वीकार गरिरहेका छन्। उनीहरू विद्यालय शिक्षा ऐनमा शिक्षक–कर्मचारी मैत्री नीति समेटिनुपर्ने अडानमा छन्।
शिक्षकहरुको माग सम्बोधन गर्न आन्तरिक रणनीति र वार्ता नै महत्वपूर्ण रहेको भन्दै शिक्षक महासंघका प्रतिनिधिले शुक्रबार साँझ प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलाई आज साँझ भेट्न लागेको हो । स्रोतका अनुसार ‘प्रधानमन्त्रीले ७ बजेको समय दिएका छन् ।

LEAVE A REPLY