काठमाडौं । सत्ता गठबन्धन धरापमा पर्ने देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली भागबण्डाका आधारमा गभर्नर पद कांग्रेसलाई छाड्न तयार भएका छन् । यसअघि प्रधानमन्त्री ओली गभर्नर कांग्रेसलाई नदिने अडानमा रहेका थिए ।
त्यसो त नेपाल विद्युत् प्राधिकरणलगायत विभिन्न ठाउँमा प्रमुख नियुक्तिमा एमालेले आफु निकटलाई मात्र नियुक्ति गरेपछि कांग्रेस प्रधानमन्त्रीसँग् चिढिएको बताइन्थ्यो । यसपछि कांग्रेस योजनाबद्ध रुपमा विपक्षी दलका नेता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिकिएको भनिएको छ ।
सत्ता गठबन्धन भए पनि एमालेले कांग्रेसलाई नटेर्ने गरेको अवस्थामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले कांग्रेसलाई फकाउन लागेको प्रयास भने सफल भएन । बरु एमाले नै कांग्रेसँग थप लचिलो बन्न पुगेको देखिन्छ । गभर्नर नियुक्ति प्रकरणलाई यसैसँग जोडेर हेरिएको छ । कांग्रेसका महामन्त्री गगन थापाको कांग्रेसमा बहुमत थियो भने कांग्रेसले एमालेको साथ छोड्ने थियो । त्यसो त ओलीले दुई वर्ष सरकार सञ्चालन गरेपछि कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने पक्का भएकाले पनि देउवा पर्खेको अवस्थामा रहेको देखिन्छ ।








