काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषदको सिफारिसका आधारमा राष्ट्रपतिले बजेट अधिवेशन आह्वान गरेका हुन् । संविधानको धारा ९३ को उपधारा १ बमोजिम वैशाख १२ गते अर्थात आज शुक्रबार दिउसो १ बजेको लागि राष्ट्रपति पौडेलले अधिवेशन आह्वान गरेको राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
संघीय संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक यथाशक्य पारित गर्ने समेतका प्रयोजनका लागि अधिवेशन बोलाइएको सरकारको भनाइ छ । तत्कालिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विद्यालय शिक्षा विधेयक लगायत पारित गर्नका लागि संसद अधिवेशन आह्वान गर्ने निर्णयगरेकी थिईन् । विद्यालय शिक्षा ऐन अहिले संसदीय समितिमा विचाराधीन छ ।
यस अधिवेशनमा मुख्य रुपमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । संविधानमै जेठ १५ गते संघीय बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ । यो अधिवेशनमा सरकारले आर्थिक वर्ष २०८२÷०८३ को बजेट पेश गर्नेछ । त्यसो त संसदको हिउँदे अधिवेशन गत चैत्र १९ गते अन्त्य भएको थियो ।








