प्रभावशाली नेतालाई आफ्नो समुहमा भित्र्याउन सशांक कोइराला सक्रिय

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन नजिकिदै गर्दा नेताहरु आ–आफ्नो समूह बलियो बनाउन सक्रिय भएर लागेका छन् । यस क्रममा कांग्रेस पूर्व महामन्त्री डा।सशांक कोइरालाले पार्टीका पूर्व पदाधिकारी र अन्य निकटस्थ नेतालाई केही दिन अघि निवासमा चियापान आयोजना गरेका छन् । चियापानमा पूर्वसभापति विमलेन्द्र निधि, विजयकुमार गच्छादार, गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, प्रवक्ता डा। प्रकाशशरण महतलगायत सहभागी थिए । उनीहरु अधिकांश सभापति देउवा निकट रहेका छन् । विधानले अब सभापति देउवालाई अर्को महाधिवेशनमा उठ्न नमिल्ने भएपछि देउवानिकट नेताहरु विभिन्न समूहमा लाग्न थालेका छन् । त्यसो त पूर्वमहामन्त्री सशांक कोइराला आगामी महाधिवेशनमा जित्ने गरी अहिलेदेखि नै आफ्नो समूह बलियो बनाउन सक्रिय रहेको देखिन्छ ।
संस्थापन पक्ष अर्थात देउवा निकट मानिएका सात पूर्व पदाधिकारीले लोकतन्त्र दिवसका अवसरमा आयोजित चियापानमार्फत पार्टीको १५औं महाधिवेशनमा साझा रुपमा अघि बढ्ने सन्देश दिएका छन् । चियापानमा ऊर्जामन्त्री दीपक खड्का र पूर्वमन्त्री दीपक गिरीलगायत नेता तथा कार्यकर्ता सहभागी दिए ।
पूर्व उपसभापति निधिले विगतमा आयोजना गर्नुभएको चियापान र अनौपचारिक बैठककै निरन्तरता हो यो । पार्टीमा नयाँ आशाको सञ्चार होस् भन्ने सन्देश हो ।’ चियापानमा सहभागी एक नेताले भने– ‘सात जना पूर्वपदाधिकारी र इच्छुक अन्य नेता कार्यकर्तालाई बोलाएका छौं ।’ सात जना पूर्वपदाधिकारीबीच आगामी महाधिवेशनमा संस्थापन पक्षको साझा रोडम्याप तय गरेर अघि जाने सहमति भएको छ । उनीहरुले यसका लागि सभापति शेरबहादुर देउवालाई सुझाव पनि दिँदै आएका छन् ।
चियापानमा पार्टीका वर्तमान पदाधिकारीलाई निमन्त्रणा थिएन । कार्यवाहक सभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय विश्वप्रकाश शर्मा, गगन थापा, कोषाध्यक्ष उमेश श्रेष्ठलगायत कोही पनि चियापानमा आमन्त्रित थिएन । कोइराला परिवारका शेखर कोइराला र सुजाता कोइराला पनि आमन्त्रण गरिएको थिएन ।
यसरी आमन्त्रण गरिएका नेताको प्रकृति हेर्दा सशांक कोइराला आफ्नै समूह बलियो बनाउन सक्रिय भएको स्पष्ट हुन्छ ।

LEAVE A REPLY