नेपाल ट्रष्ट राजनीतिक भर्ति केन्द्रमा परिणत

काठमाडौं । नेपाल ट्रष्टको कार्यालयमा अनावश्यक कर्मचारी मात्र छैनन्, राजनीतिक भर्ति केन्द्र समेत बनाइएको छ । ट्रष्ट सञ्चालक समितिमा नियुक्त भएका तीन सदस्यलाई सहसचिव बराबरको सेवासुविधा दिइदै आइएको छ । हाल बोर्डको सञ्चालक सदस्यमा चाङजोम शेर्पा, सुनिता कुमारी गौतम र देवीचन्द्र उपाध्याय कार्यरत छन् । ट्रष्टमा उनीहरुको राजनीतिक नियुक्ति हो । शेर्पा एमाले निकट तथा गौतम र उपाध्याय माओवादी केन्द्र निकट छन् । कर्मचारीको समेत काम नभएको कार्यालयमा उनीहरुको पनि काम छैन । तर सहसचिवले पाउने बराबर गाडी र इन्धनको सुविधा पाउँदै आएका छन् । उनीहरुको मासिक सवा लाख बराबरको सेवा सुविधा लिने गरेको ट्रष्ट कार्यालय स्रोत बताउँछ । ‘तीन महिनामा एक पटक बोर्ड बैठक हुन्छ, त्यही बैठकमा सहभागी हुने बाहेक उहाँहरुको अरु काम छैन ।’ ट्रष्टका एक कर्मचारी भन्छन् ‘त्यसबापत सहसचिव बराबर सेवा सुविधा दिने गरिएको छ ।’
हाल बोर्डको अध्क्ष भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारी छन् । प्रधानमन्त्रीको कार्यालयका एक सचिव पदेन सदस्य तथा ट्रष्टकै सहसचिव सदस्य सचिव रहने कानूनी प्रावधान छ । सो बोर्डको बैठक वर्षमा तीन चार पटक मात्र बस्छ । यो ट्रष्टमा कर्मचारी पनि अत्याधिक रहेको देखिन्छ । यो ट्रष्टमा दलहरु कर्मचारी नियुक्ति गरेर राजनीतिक भर्ति केन्द्र बनाएको बताइन्छ

LEAVE A REPLY