, काठमाडौं । राजसंस्था पुनस्र्थापना र हिन्दू राज्यसहितका माग राखेर सडक आन्दोलनको तेतृत्व गरिरहेका राजावादी नेता नवराज सुवेदीले आफ्नो पक्षमा जन सर्मथन बढेको भन्दै आफुहरु उत्साहित भएकोबताएका हुन् ।
संयुक्त जनआन्दोलन समितिका संयोजक समेत रहेका उनले आन्दोलनमा सहभागीताको संख्या दैनिक बढ्दै गएको र यसले आफूहरूलाई उत्साहित बनाएको बताएका छन् ।
जेठ १७ गते साँझ एक भिडिओ सन्देश जारी गर्दै संयोजक सुवेदीले सरकारले विभिन्न क्षेत्रमा जारी गरेको निषेधाज्ञा आफूहरूलाई लागि ‘वरदान’ भएको प निबताएका छन्
जेठ १५ बाट सुरु भएको राजावादीहरूको आन्दोलन निर्धारित कार्यक्रम अनुसार आज दरबारमार्ग क्षेत्रमा हुनुपर्थ्यो । तर, शुक्रबार साँझ सो क्षेत्रमा सरकारले निषेधाज्ञा जारी गरेपछि शनिबार दिउँसो राजावादीहरूको प्रदर्शन बालुवाटारसम्म पुगेको थियो ।
प्रधानमन्त्री, सभामुखलगायतको सरकारी निवास भएको सो क्षेत्रमा राजावादी आन्दोलनमा सहभागीहरूले ‘राजा आऊ, देश बचाऊ’ भन्दै नाराबाजी गरेका थिए ।
राप्रपा अध्यक्ष लिङ्देनले समर्थकहरूलाई लक्ष्य प्राप्त नहुने बेलासम्म निरन्तर लाग्न आग्रह गरेको छ ।








