काठमाडौं । नेपालका प्रमुख दलका शीर्ष नेताहरूले हालै सार्वजनिक रूपमा संविधान, लोकतन्त्र र गणतन्त्रको रक्षा गर्दै देशको शान्ति, स्थायित्व र विकासका लागि सबै लोकतान्त्रिक शक्तिहरू एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्। पछिल्लो समय राजा वादीहरुले दिनहुँ जस्तै गण तन्त्र विरुद्ध आन्दोलन गरेपछि संसदका ठूला दल नेपाली कांग्रेस , नेकपा एमाले र नेकपा माओवादी केन्द्रले विभिन्न कार्यक्रममा गणतन्त्रको संरक्षण गर्नु पर्ने धारणा राखदै आएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जनताले लडेर ल्याएको गणतन्त्रको सम्मान गर्दै निरंकुश राजतन्त्र फिर्ता सम्भव नभएको स्पष्ट पारे। उनले राजतन्त्र फर्काउने कुरा “डाइनोसर” को कल्पनाजस्तै हास्यास्पद भएको टिप्पणी गर्दै अब देश सुशासन र समृद्धिको बाटोमा अघि बढ्नुपर्ने बताए। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको असन्तुष्टि गणतन्त्र होइन, केही नेताहरूको भ्रष्टाचार र जनविरोधी कार्यशैलीप्रति रहेको बताए। उनले गणतन्त्रवादी शक्तिहरू एक ठाउँमा आएपछि राजावादीहरूका प्रयास स्वतः निष्फल हुने दाबी गरे।
तरनेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भने राजतन्त्र पुनर्स्थापनाको कुनै विकल्प नभएको बताएपछि उनकै पार्टी भित्र असहमति र बहसको विषय बन्नेसंभावना देखिदै छ । उनको यो भनाइले राजनीतिक वृतमा चासो र बहसको विषय बनेका छन्।
सहरी विकासमन्त्री प्रकाशमान सिंहले ध्यान–योगमार्फत व्यक्तिगत शान्ति कायम गरेर राष्ट्र र विश्वमा स्थायित्व ल्याउन सकिने विश्वास व्यक्त गरे। उनले सामाजिक र मानसिक शान्ति नै दीगो विकासको आधार भएको बताए।
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुरामा दशकौँदेखि देउवा नै डडेल्धुराको राजनीतिक पहिचान र ‘ब्राण्ड’ बन्नुभएको छ । २०४८ सालदेखि निरन्तर डडेल्धुरा...
काठमाडौं । काठमाडौंकी साम्राज्ञी मोक्तानले १८औं मिस तामाङको ताज पहिरिनुभएको छ । काठमाडौंको भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबको सभाहलमा सम्पन्न ग्राण्ड फिनालेमा १६ जना...
सविन निरौला प्रतिनिधिसभा सदस्य, राप्रपा उम्मेदवार, मोरङ–६
सविन निरौला राष्ट्रिय राजनीतिमा चर्चित र चिरपरिचित नाम हो । विद्यार्थी समयदेखि नै राजनीतिमा सव्रिmय रहनु भएका निरौलालाई...