काठमाडौं ,नेकपा माओवादीले केन्द्रको मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान स्थगित गरेको छ । केहि समय अघि बसेको माओवादी पदाधिकारी बैठकले पोखरामा पुगेर रोकिएको अभियानलाई २१ जेठदेखि निरन्तरता दिने निर्णय गरेको थियो।
तर मनसुनी वर्षाका कारण हुन सक्ने जोखिम, यातायात व्यवसायीको सम्भावित हड्ताल र संसद्मा चलिरहेको विवाद लगायतका कारण हाललाई अभियान स्थगित भएको जानकारी पार्टी हेडक्वाटरबाट आएको नेता हितबहादुर तामाङले बताए।
माओवादीले तराई मधेश जागरण अभियान सकाएर जेठ २ गतेदेखि बैतडीको पाटनबाट मध्यपहाडी लोकमार्ग केन्द्रित जागरण अभियान थालेको थियो। सो अभियान पोखरमा पुगेपछि स्थगन गरिएको थियो ।








