१०३ मा जानकारी दिन नेपाल प्रहरीको अनुरोध

काठमाडौं । यातायात व्यवसायीले यातायात बन्दको घोषणा गरेपछि राइड सेयरिङ कम्पनीले आज बिहानैबाट मनपरी भाडा असुल्न थालेका छन् । सार्वजनिक यातायात बन्द भएसँगै राइड सेयर गर्ने कम्पनीले आज बिहानैबाट भाडा बढाएर मोबाइल एपमा राख्न थालेका हुन् ।
आज पनि बन्दका कारण यात्रुको चाप बढेपछि पठाओ, इन्ड्राभ, टुटललगायत राइड सेयरिङका चालकले अफलाइन बार्गेनिङ गरेको र बढी भाडा लिएको गुनासो आउन थालेपछि नेपाल प्रहरीले उजुरी दिन आग्रह गरेको छ ।
यात्रु ठगीमा परे नजिकको ट्राफिक प्रहरी कार्यालयमा वा १०३ मा कल गरी जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।

LEAVE A REPLY