गरिब जनतालाई नहेरे बच्दैन व्यवस्था

सनत गिरी
देशको वर्तमान अवस्था जटिल मोडतर्फ लागेको देखिन्छ । राजावादीले एकातिर दैनिक आन्दोलन गरिरहेका छन भने अर्कातिर गणतन्त्रहरु तयसको प्रतिवादन गरिरहेका छन् । यसरी हेर्दा कुनै पनि बेला राजावादी र गणतन्त्रवादी बीच मुढभेट हुने देखिन्छ । हुन त राजावादीहरु राजसंस्था पुर्नस्थापना र हिन्दु धर्म वहालीको प्रमुख माग लिएर आन्दोलित भएको बषौं भइसकेको
छ । यस पटक भने राजावादीहरु दैनिक आन्दोलनमा उत्रिएका हुन । अहिले भने गणतन्त्रवादीहरुलाई गम्भीर बनाएको देखिन्छ । नेपालमा गणतन्त्र ल्याउन प्रमुख भूमिका खेलेको भनिएको माओवादी केन्द्रलाई भने यति बेला थप गम्भीर बनाएको देखिन्छ । सत्तारुढ दल एमाले पनि गणतन्त्रको पक्षमा कठोर देखिन्छ । माओवादी केन्द्र र एमाले भन्दा नेपाली काँग्रेस यसमा नरम देखिन्छ ।
देशमा कुनै पनि बेला राजावादी र गणतन्त्रवादीबीच सडकमै मुढभेट हुने अवस्था देखिन्छ । कि गणतन्त्रवादी र राजावादी मिल्नु प¥यो वा कुनै विन्दुमा सहमतिमा आउनु प¥यो । हैन भने मुलुकमा जालझेल भइरहने अवस्था छ । हुन त सडकमा उत्रिएका राजावादीले प्रजातन्त्र मास्छु भनेको देखिदैन । उनीहरुले खाली राजासहितको प्रजातन्त्र खोजेको देखिन्छ । त्यसो त राप्रपासहितका दलले हिन्दु राज्यको पनि जुन माग उठाएका छन्, त्यसमा पनि देशको प्रमुख दल नेपाली काँग्रेस भित्रका कतिपय नेताहरुको पनि सहमति देखिन्छ ।
विगतमा कांग्रेस–कम्यूनिष्टमा पानी बाराबारको अवस्था थियो । त्यति मात्र होइन ततकालीन समयमा काँग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा माओवादी अध्यक्ष प्रचण्डलाई टाउको मोलसम्म तोके । तर समयाव्रmममा प्रजातन्त्रवादीको हातबाट फुस्केको सत्ता पुनरवहाली गर्न काँग्रेसलाई समेत माओवादीको साथ र सहयोग चाहियो । अहिले पनि साथ र सहयोग चाहिने अवस्था यथावतै छ । त्यति मात्र होइन माओवादीसँग सहकार्य गरेरै काँग्रेस चुनावमा भाग लियो, देशको पहिलो पार्टी भयो । यदि माओवादीसँग सहकार्य नगरि चुनावमा भाग लिने हो भने काँग्रेस फेरि पहिलो पार्टी नहुने आँकलन गरिदैछ । अहिलेसम्म हेर्दा सत्ताका लागि सहकार्य गरे पनि निर्वाचनमा काँग्रेस, एमाले मिलेर भाग लिने अवस्था छैन । अहिलेकै अवस्था २०८४ सम्म रह्यो भने कुनै पनि दलको वहुमत आउने अवस्था छैन ।
हुन त माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले काँग्रेस–एमालेको सत्ता गठबन्धन तोड्न भरमगदुरको प्रयास गरिरहेको देखिन्छ । तर प्रचण्डको प्रयास फलिभुत भएको छैन । अहिले सम्म हेर्दा प्रधानमन्त्री केपी शर्माओलीपछि निर्वाचन अघि काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने पक्का पक्की छ ।
हुन त सत्ताका लागि फरक फरक भए पनि गणतन्त्र बचाउन देशका प्रमुख ठुला तीन दल काँग्रेस, एमाले र माओवादी केन्द्रमा विवाद देखिदैन । तर जनताले साच्चै चाहे भने र लाखौं जनता सडकमा उत्रिए भने काँगे्रस कम्यूनिष्टहरु टुलुटुलु हेर्नु पर्नै पनि हुन सक्छ । हुन त यदाकदा जनताहरु अहिले भन्दा त राजा ठिक थियो भन्ने स्वरहरु पनि सुनिन थालेको छ ।
यसै मेसोमा भन्नु पर्दा देशमा गणतन्त्र आए पछि भ्रष्टाचारले अग्ररुप लियो । के मन्त्रि, के नेता सबै भ्रष्टाचारमा चुलुम्ब डबे । मौका पाएसम्म भ्रष्टाचार गर्न गणतन्त्रवादीहरु नचुकेको कुरा जगजायर छ । यदि गणतन्त्रवादीहरु देश विकासमा जुटेको भए, एक रुपैंया पनि भ्रष्टाचार नगरेको भए, आफ्ना कार्यकर्तालाई हदैसम्म इमान्दार बनाएको भए, आफ्नो सिद्धान्तमा प्रतिवद्ध भएकौ भए, कर्मचारीलाई विश्वासमा लिएर राज्य संचालन गरेको भए आज देश यति बेला यसरी अस्तव्यस्त हुने थिएन । गणतन्त्रवादीहरुले जति बचाउ गरे पनि जनतामा गणतन्त्रवादीप्रति आव्रmोस छ । उनीहरुले स्वभाविक विकल्पका रुपमा राजसंस्थालाई लिएका छन् । राप्रपा, राप्रपा नेतालमा नलागेका पनि आन्दोलनमा उत्रिएको देख्दा स्वतन्त्र जनता मात्र हैन हिजो काँग्रेस कम्यूनिष्टमा लागेका पनि राजावादी आन्दोलनमा सरिक हुन थालेका
छन् । गणतन्त्रवादीले सत्ता संचालन गर्दा भ्रष्टाचार गरेर दर्जनौ दर्जन काण्ड घटाए । अझ पनि यस्ता श्रृखला देखिएनै रहेको देखिन्छ ।
हिजोको गणतन्त्रवादीको आन्दोलनमा जनता थिए भनेर गणतन्त्रवादीहरु अहिले पनि हौसिरहेको देखिन्छ । तर वागमतीमा धेरै पानी बगिसकेको छ । राजावादी र गणतन्त्रवादीहरु बराबर जस्तो देखिन थालेकोछ । अन्तिम लडाईमा कुन शक्ति बलियो हुन्छ त्यो अहिले अनुमान मात्र गर्ने हो भन्न सकिने अवस्था छैन ।
गणतन्त्र आए पछि जनताले के पाए त रु काठमाडौंलाई हेरेर मात्र पुग्दैन काठमाडौं बाहिरका जनता फुसको घरमा बाँस बसिरहेका छन् । आज खाए भोलि के खाउको अवस्था छ । नून, तेल, चामलसमेत पाएका छैनन् । गणतन्त्रवादीले जति धाक लगाए पनि राजधानी बाहिरका जनताको जिवनस्तर उस्केको छैन । त्यसो त त्यसो दुई छाक खान पनि जनतालाई धौ धौ छ । गरिब जनता गाउँमा बसेर १८ वर्षे गणतन्त्रको यहि उपलब्धी भनेर प्रश्न गदैछन् । राजाको शासन फारेर अब हामी गरिब जनता पाल्छौ भनेर आएका गणतन्त्रवादीहरुको जति नै पटक सरकार फेरिए पनि जो जो प्रधानमन्त्री भए पनि गरिब जनता दुई छाक खान नपाएर अझै रोइ रहेको अवस्था छ ।
राजा एक्लै चल्छु भन्दा राजसंस्था ढल्यो । अहिले गणतन्त्रवादीहरु पनि एक्लै चल्छु भनिरहेका छन्, जनता महँगीको मारमा छन् । मँहगी नियन्त्रण गर्न बनेको सम्यन्त्र मुकदर्शक छन् । मँहगीको कुरा बताई साध्यै छैन । जुन सुकै वस्तुमा मुल्यवृद्धि भइरहेछ । नून, तेल चामल जस्ता जनतालाई अति आवश्यक वस्तुमा समेत महँगीले जनतालाई पिरोलिरहेको छ ।
प्रत्येक वर्ष बजेट आउछ, धनिलाई राहात हुन्छ । धनिको मुख हेरेर बजेट बनाइछ । गरिब जनता जहिले पनि हेरेको हेरैं छन । यस वर्ष वृद्ध भत्ता समेत ७० वर्ष पुगे पछि पाइने
भयो । त्यहि बृद्धभत्ताले गुजारा चलाई रहेकालाई यस वर्षको बजेटले नजर अन्दाज गरियो । वृद्ध भत्ता अझ बढाउनु पर्नेमा वृद्ध भत्ता पाउने उमेर झन घढाइयो । यहि हो गणतन्त्र रु
जति पटक बजेट आउछ, बजेटको आकार बढ्छ, विकास गर्ने भनिन्छ तर विकास कहि कतै भएका पाइदैन १० वर्ष लागेर गरे

LEAVE A REPLY