शिक्षा विधेयकको प्रतिवेदनप्रति शिक्षक महासंघको असन्तुष्टि

काठमाडौं । यति बेला चर्चाको शिखरमा रहेको शिक्षा विधेयकबारे विभिन्न टिकाटिप्पणी भइरहेको छ । यसक्रममा आफ्ना पेशागत मागहरुमा संसदीय उपसमितिले वेवास्ता गरी प्रतिवेदन तयार पारेको भन्दै नेपाल शिक्षक महासंघले असन्तुष्टी व्यक्त गरेको छ । सरकारले संसदमा दर्ता गरेको विधेयकका विवादित विषयमा सहमति जुटाउन गठित उपसमितिले आफ्नो प्रतिवेदन पेश गरेको थियो । प्रतिनिधि सभा अन्र्तगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उक्त उपसमितिले बुझाएको प्रतिवेदन विधेयकभन्दा पनि पश्चगामी भएको महासंघले आरोप लगाएको छ ।
शिक्षकको भावना विपरीत प्रतिवेदन तयार गरेको आरोप लगाउँदै महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाले गत मंगलबार बिहानै जारी गरेको विज्ञप्तीमा अब समितिमा छलफलबाट शिक्षक कर्मचारी विरोधी प्रबन्धहरु हटाएर विगतका सबै सहमति अनुसार हुबहु राखेर प्रतिवेदन तयार गर्न माग गरिएको छ ।
अब संसदीय समितिको छलफलबाट शिक्षक कर्मचारी विरोधी प्रबन्ध नहटाएर जुनसुकै बेला आन्दोलन हुन सक्ने भन्दै तयार रहन विद्यालयका शिक्षक कर्मचारीहरुलाई अपील पनि गरिएको छ ।

LEAVE A REPLY