काठमाडौं । यतिबेला कांग्रेस नेता मोहम्मद अफताब आलम चर्चामा छन् । जिउँदो मानिसलाई इँटाभट्टामा जलाएको आरोपमा जिल्ला अदालत रौतहटमा सजाय भोग्दै आएका कांग्रेस नेता आलमसहित चार जनाले उच्च अदालत जनकपुर इजलासबाट बुधबार सफाई पाएका छन् ।
पाँच वर्ष आठ महिना आठ दिन कारागार जीवन बिताएका आलम छुट्ने फैसला आएको हो ।
२०६४ चैत्र २८ गते भएको पहिलो संविधानसभा निर्वाचनको अघिल्लो दिन बम विस्फोटमा परी घाइते भएकाहरुलाई जिउँदै इटाभट्टामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेको थियो । तर बुधबार उच्च अदालत जनकपुरको अस्थायी इजलास वीरगञ्जले फैसला उल्ट्याउँदै अनौठो निर्णय दिएको छ । उच्चको यो फैसलाको सर्वत्र आलोचना भइरहेको देखि अब सर्वोच्चले उच्च अदालतको चमतकारिक फैसलालाई सच्याउने विज्ञहरुले बताएका छन् । आलमको पक्षमा जुन फैसला भयो, त्यसमा कांग्रेस जनले खुशी व्यक्त गरेको भए पनि अन्यत्र विरोध भइरहेको छ । तर जुन रुपमा पार्टीहरुबाट फसलाको विरोध हुनुपर्ने हो, त्यो भने भएको देखिदैन ।







