काठमाडौं । यतिबेला गृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक अत्यन्त चर्चामा छन् । कारण भिजिट भिसा प्रकरण । यसैक्रममा गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो कुनै संलग्नता नरहेको दाबी गरेका छन् । केही दिन अघि पत्रकार सम्मेलन गरी गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणमा आफ्नो संलग्नता नरहेको बताएका छन् । ‘भिजिट भिसा प्रकरणमा मेरो संलग्नता देखाएर जसरी समाचारहरु आएका छन् । र सामाजिक सञ्जालमार्फत जसरी विचारहरु अभिव्यक्ति आएका छन् । त्यो असत्य कुरा हो । बेठीक कुरा हो । त्यसमा मेरो कुनै संलग्नता छैन ।’ गृहमन्त्री लेखकले भने । गृहमन्त्री लेखकले आफुमाथिको आक्रमण राजनीतिक पूर्वाग्रह प्रेरित रहेको दावी पनि गरे । ‘मेरो विरुद्धमा नियोजित र षड्यन्त्रमुलक ढंगले आक्रमण गरिएको छ । यो आक्रमण राजनीतिक पूर्वाग्रह प्रेरित छ भन्ने अनुभूति गरेको छु ।’ उनले भने, गृहमन्त्री लेखकले भिजिट भिसा प्रकरणबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको र आफु सघाउन तयार रहेको बताए । ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट हुने अनुसन्धानलाई खुला मनले स्वागत गर्छ । सघाउन म तयार छु ।’ लेखकले भने ।








