‘भूतपूर्व गोर्खा सैनिककामागबारे बेलायत सकारात्मक’ देखियो ः विपीन दुवाडी उपप्रमुख नेपाली राजदुतावास

Gurkhas from the 1st Batallion The Royal Gurkha Rifles perform a Khukuri fighting demonstration at Sir John Moore Barracks in Folkestone, England, Thursday July 19, 2007. The 1RGR will be deployed to Afghanistan in autumn 2007. The MOD has announced improved pensions for Gurkhas and a review of the mechanism for increasing Gurkha pensions. (AP Photo/Kirsty Wigglesworth)

काठमाडौँ । बेलायतीसरह समान पेन्सनलगायत भूतपूर्व गोर्खा सैनिकका मागहरूका सम्बन्धमा करिब एक वर्षपछि बेलायती पक्षसँग वार्ता भएको छ। बिहीबार लन्डनमा भएको छलफलमा बेलायतले सकारात्मक जवाफ दिएको नेपाली राजदूतावासका उपप्रमुख विपिन दुवाडीले बताए।
उपप्रमुख दुवाडी, संयुक्त अधिराज्यको रक्षा मन्त्रालयका अधिकारी तथा भूतपूर्व गोर्खा प्रतिनिधि संलग्न वार्तामा बेलायतले मागका बारेमा सकारात्मक प्रतिक्रिया दिँदै पर्याप्त गृहकार्य गरेर अर्को बैठक बस्न सहमति जनाएको हो।
“बेलायती पक्ष सकारात्मक छ,” उपप्रमुख दुवाडीले भने, “पेन्सन लिने कति भूपूगोर्खा छन्, कति रकम आवश्यक पर्छरु लगायत विषयमा अध्ययन गरी अर्को वार्तामा बस्ने सहमति भएको छ।”
गोर्खा भूतपूर्व सैनिक सङ्घका सभापति कृष्णकुमार राईले विगतका वार्ताहरूमा भूतपूर्व गोर्खाका हितका विषयमा मात्र छलफल हुने गरेकोमा यसपटक समान पेन्सनका सम्बन्धमा पनि वार्ता भएको र पर्याप्त गृहकार्यसहित अर्को बैठक गर्नेगरी छलफल टुङ्गिएको जानकारी दिए।

LEAVE A REPLY