चलचित्र विकास बोर्डद्वारा नेपाली चलचित्र ‘आमा’को पोस्टर हुलाक टिकटमा ल्याएको घोषणा

काठमाण्डौ, चलचित्र विकास बोर्डले आफ्नो २५ औेंं रजतजयन्ती मनाउने क्रममा चलचित्र ‘आमा’को पोस्टर हुलाक टिकटमा अंकित गरी प्रचलनमा ल्याउने घोषणा गरेकोछ । असार १६ गते राजधानीमा भव्य तथा सभ्यरुपमा रजत जयन्ती मनाउने क्रममा कोर्डले सो घोषणा गरेको हो ।
‘आमा’ नेपाली चलचित्र उद्योगको पहिलो चलचित्र हो ।विकास बोर्डको रजतजयन्तीको अवसरमाहुलाक सेवा विभागले रु. १० दरका दुईवटा टिकट प्रकाशन गरी चलचित्रको ऐतिहासिक महत्वलाई विश्वव्यापी बनाउन प्रयास गरेको छ।

‘आमा’ वि.सं.२०२१ असोजमा प्रदर्शन भएको नेपालको पहिलो चलचित्र हो। हिरासिंह खत्रीले निर्देशन गरेको यस चलचित्रमा शिवशंकर खत्री र भुवन चन्दले मुख्य भूमिका निर्वाह गरेका थिए ।
सो चलचित्रबाट नै नेपाली चलचित्र उद्योगको सुरुवात भएको मानिन्छ।
हुलाक सेवा विभागले रु। १० दरका दुईवटा टिकट प्रकाशन गरेको छ। जसमा चलचित्र ‘आमा’का नायक र नायिकाको तस्वीर अंकित छ। टिकटको प्रथम दिवसीय आवरणमा विशेष ढाँचा प्रदान गरिएको छ।
टिकट अनावरण समारोहमा अभिनेत्री भुवन चन्द, चैत्य देवी, बसुन्धरा भुसाल, सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङ, बोर्ड अध्यक्ष दिनेश डिसी र हुलाक सेवा विभागकी महानिर्देशक मनमाया भट्टराई पंगेनीले संयुक्त रूपमा सहभागिता जनाएका थिए।
हुलाक सेवा विभागकी शाखा अधिकृत चन्द्रा थापाले टिकटको टाचा तयार गरेकी हुन्। महानिर्देशक पंगेनीले भनिन्, ‘यो टिकटले ‘आमा’को ऐतिहासिक महत्वलाई विश्वभर पुर्‍याउनेमा हामी विश्वस्त छौं।’
उनले थपिन्, ‘म पनि एक संगीतकर्मी हुँ, गीत लेख्छु र गाउँछु। त्यसैले यो क्षण मेरो लागि पनि विशेष छ। हामी राष्ट्रिय विभूति र महत्वपूर्ण चिजहरूलाई हुलाक टिकटमा समावेश गर्छौं।’
यो टिकटले नेपाली चलचित्रको प्रवर्धनमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।
तयसै गरी बोर्डले आफ्नो रजत जयन्ती मनाउने क्रममा ६० वर्ष यता सर्वाधिक कमाई गरेका २५ वटा चलचित्रको सुची सार्वजनिक गरी सची भित्र परेका चलचित्रका निर्माता, कलाकार लगायतलाई सम्मान पति गरेको छ । सूचीभित्र पर्ने पहिलो नम्बरमा चलचित्र पूर्णबहादुरको सारङ्गी रहेको छ । बोर्डका अनुसार उसले १७ लाख टिकट विक्री गरी ४६ करोड, ८७ लाख रुपैंया भन्दा बढी आम्दामी गरेको छ । तयसै गरी कबड्डी ४ ले २१ करोड ४० लाख रुपैयाँ पन्दा बढी कमाई गरेको छ ।त्यसै गरी तस्रो सर्वाधिक कमाई गर्ने चलचित्र १२ गाउँले १९ करोड ९२ लाख बढी काई गरेको छ । यसै गरी दीपक राज गिरी र दीपाश्री निरौलाको चलचित्र छक्का पञ्जा ४ ले १७ करोड ५३ लाख बढी कमाई गरेकोछ । त्यसै गरी सर्वाधिक कमाई गर्नेमा चल चित्र “ जारी ” रहेको छ । उसले १७ करोड, ४७ लाख भन्दा बढी आर्जन गर्न सफल भएको छ । छैटौं नम्बरमा रहेको छक्का पञ्जाल१ले १६ करोड १० लाख बढी कमाएको छ । त्यसै गरी सातौं नम्बरमा परेको महाँजात्राले १५ करेड ६७ लाख बढी कमाई गरेको छ । आठौं नम्बरमा परेको छक्का पञ्जा५ ले१५ करेड २० लाख , नवौं नँम्बरमा परेको कोहिनुरले १४ करोड ७५ लाख ् १०औं नम्बरमा परेको छक्का पञ्जा२ले १४ करोड ५१ लाख कमाई गरेको बोर्डले जनाएको छ ।

LEAVE A REPLY