मन्त्रिपरिषद् बैठकले प्रत्येक वर्ष असोज १५ गतेलाई ‘राष्ट्रिय चलचित्र दिवस’ मनाउने निर्णय गरेको छ।
, असार १३गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयअनुसार यो घोषणा गरिएको हो ।
नेपाल चलचित्र विकास बोर्डको २५औं वार्षिकोत्सवको अवसरमा आज यसको औपचारिक जानकारी गराएको छ
यसअघि असोज १ गतेलाई राष्ट्रिय चलचित्र दिवस मनाउने भनिएको थियो । अहिले भने चलचित्र विकास बोर्डको सिफारिसमा मन्त्रिपरिषदले असोज १५ लाई चलचित्र दिवस मनाउने निर्णय गरेको हो ।









