होनहार व्यक्तित्वको खाँचो

आनीबक्ष पियूषी
होनहार व्यक्तित्वको पर्दैछ खाचो ।
उन्नती प्रगतिको लागि हुन्छ साँचो ।।
जुन मुलुकमा जति मात्रामा होनहार व्यक्तित्वहरु रहन्छन्, त्यहाँ उन्नती प्रगति पनि उल्लेख्य हुँदै जान्छ । मुलुकको मात्र नभै समाजको, परिवारको समेत आकर्षक उन्नती प्रगति हुने गर्छ । यसर्थ होनहार मानव व्यक्तित्व तयार गर्नु र हुनु भनेको सम्बन्धित क्षेत्रविद्वत वर्ग, राज्य, अभिभावक, शिक्षक एवं स्वयं विद्यार्थीहरु०को अथक प्रयासको प्रतिफल नै हुनुपर्दछ । यसो हुँदा तलका प्रस्तुत अर्थ र गुणहरुको आधारमा परिक्षण गर्ने र आफु पनि हुने कोसिस गरौंः–
अर्थः
— होनहार . रोज्जा मानिस, परन्तुमा योग्य र सक्षम बन्ने लक्षण भएको, जेहेन्दार, निपुण, प्रतिभाशाली, ज्यादै सिपालु
गुणहरुः
— ज्ञानी . व्यापक ज्ञान चक्षु भएको
— पवित्र भावना . उज्यालो मन ं सफा चित्त ।
— परिश्रमी . परिश्रम गर्न मन पराउने ।
– निरागी . कुनै रोग नभएको
— योग्य . आफ्नो योग्यताले आइपरेको समस्या समाधान गर्न सक्ने ।
— सक्षम . आफुले जानेको सीप सफलतापूर्वक गरेर देखाउन सक्ने ।
— लगनशील . आफ्नो मुख्य कामलाई नबिगारी गर्ने ।
— इमान्दार . अरुले गरेको विश्वास नगुमाउनु ।
— साहसी . राम्रो काम गर्न आट गर्ने ।
— दयालु . अरुलाई परेको अप्ठ्यारोमा सहयोग पुर्याउने ।
— सृजनशील . धेरै जसो मानिसलाई काम लाग्ने कुराहरुको खोजी गर्ने ।
— रचनाशील . मानिसलाई मात्र नभै प्राणी जगतलाई समेत काम लाग्ने कुराहरु बनाउन सक्ने ।
— दृष्टिसाधक . दूरदृष्टि र सुक्ष्म दृष्टि राख्न सक्ने ।
— योजनाविद् . आफुले गर्नुपर्ने काममा सफलता हाँसिल गर्न योजना बनाउने ।
— अध्ययनशील . आफुले जान्नै पर्ने कुरा पत्ता लगाउन अध्ययन गरी रहने ।
— सहयोगी . जहाँ जसलाई आपत परेको छ, त्यहाँ उसलाई चोखो मनले सहयोग पुर्याउने ।
— कृतज्ञ . अरुले गरेको सहयोगमा गुन मान्ने ।
— विवेकशील . मानवीय दृष्टिकोणले असल र खराब काम कुरा छुट्याएर गर्न सक्ने ।
— बुद्धिमान . आफुलाई होस् वा अरुलाई आइपरेको समस्यामा युक्ति निकालेर समाधान गर्न वा गराउन सक्ने ।
— मितव्ययी . आफुसँग भएको चिज फारु तिनो गरेर चलाउन जान्ने ।
— सहिष्णु . अर्काले आफुप्रति गल्ती कमजोरी गरेर सताए पनि सहँदा हुनेसम्म सहिदिने ।
— सम्पन्न . मानव जीवनमा चाहिने र हुन सक्ने चिजबिचहरुले कुनै खाँचो नभएको अवस्था ।
— योगदानी . आफ्नो समाजको लागि र राष्ट्र अनि मान्यता समेतकै लागि ठूलठूला काम गरेर सहयोग पुर्याउने ।
— ओजश्वी . संसारमा जताततै कुनै खोट नभएको ठूलठूला कामहरु गरेर देखाउन सक्ने ।
— कत्र्तव्इ परायण . आफ्नो हैसियतबाट गर्नुपर्ने काम पुराका पुरा गरि छाड्ने ।
— फरासिलो . कुनै कुरा नलुकाएर जस्तो गरी बोल्ने ।
— आत्मोद्दारक . आफ्नो र अरुको समेत आत्मोद्दार गर्न सिपालु ।
— आज्ञाकारी . आफ्ना अग्रजहरुले भनेको मान्ने ।
— नैतिकवान . सबैले राम्रो भनेको कुरालाई नउल्ट्याउने, नियमसँग चल्ने ।
— ज्ञिजासु . राम्राराम्रा काम कुरा जान्न इच्छा गर्ने ।
— अन्वेषक . नयाँ नयाँ तत्वहरु खोज्दै रहने ।
— दृष्टान्तक . मानिसको भलो हुने काम गरि देखाउने, कुरा भनि सुनाउने ।
— अवसादरहित . काम, क्रोध, लोभ, मोह, मात्सर्य, दम्भ जस्ता विकारहरु नभएको व्यक्तित्व ।

LEAVE A REPLY