एमालेमा भण्डारीलाई रोक्ने प्रपञ्च रचिदै

काठमाण्डौ । नेकपा एमालेमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा आउन नदिने प्रपञ्च गरीदै छ । हालै बसेको एमालेको पोटिब्यूरो बैठकमा संशोधित विधान मस्यौदा सार्वजनिक गरी वरिष्ठ उपाध्यक्ष पद हटाउने, उमेर सीमा पनि हटाइने प्रस्ताव पेश गरिएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा जारी बैठकमा उपाध्यक्ष तथा विधान संशोधन समिति संयोजक विष्णुप्रसाद पौडेलले उक्त मस्यौदा पेश गरेका हुन् ।
नयाँ प्रस्तावमा १९ सदस्यीय पदाधिकारी संख्यालाई घटाएर १५ जनामा सीमित गर्ने सुझाव छ । संशोधित संरचना अनुसार वरिष्ठ उपाध्यक्ष पद हटाइनेछ भने अध्यक्ष, महासचिव, एक उपमहासचिव, पाँच उपाध्यक्ष र सात सचिव रहने व्यवस्था प्रस्ताव गरिएको छ ।
यस बाहेक, केन्द्रीय कमिटीलाई २५१ सदस्यमा सीमित गर्ने र त्यसको एक तिहाइ ८३ जना पोलिटब्युरो सदस्य रहने प्रावधान पनि मस्यौदामा समावेश गरिएको छ । महत्वपूर्ण परिवर्तनको रूपमा सचिवालयको व्यवस्था हटाउँदै १५ सदस्यीय पदाधिकारी समूहलाई नै स्थायी कमिटीको रूपमा मान्ने प्रस्ताव गरिएको छ ।
यसअघि पार्टी विधानमा रहेको ७० वर्षे उमेर सीमा र दुई कार्यकालको सीमा पनि संशोधन मस्यौदाबाट हटाइएको छ – जसले दीर्घकालीन नेतृत्वको बाटो खुला बनाउने संकेत देखिन्छ । पार्टीभित्र नेतृत्व संरचना, जिम्मेवारी र संगठनात्मक स्वरूपलाई थप सुदृढ गर्न यो मस्यौदा ल्याइएको नेताहरूको भनाइ छ ।

LEAVE A REPLY